भर्खरै :

कला–संस्कृति संरक्षण गर्न नयाँ पुस्ता सक्षम हुनुपर्ने

प्रगति सामुदायिक सिकाइ केन्द्रको आयोजनामा गत फागुन २ गतेदेखि सुरु भएको उद्घोषण तथा सार्वजनिक भाषणकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम शनिबार एक समारोहबीच सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको कला–संस्कृति संरक्षण गर्न नयाँ पुस्ता सक्षम हुनुपर्ने धारणा राख्नुभयो ।
भनपाले सम्पदा पुनः निर्माणमा एनजीओ÷आईएनजीओलाई निषेध गरेको जानकारी दिँदै सामुदायिक सिकाइ केन्द्रहरूमार्फत विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वतर्फ केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले युवा–विद्यार्थीले कानुनी ज्ञानबारे जानकारी राख्नुपर्ने बताउँदै इमानदार हुनु र जिम्मेवार बहन गर्नु पनि राजनीति नै भएको बताउनुभयो ।्
तालिमका प्रशिक्षक ज्ञानसागर प्रजापतिले शैक्षिक योग्यतासँगै संस्कार र अन्य सीप पनि सिक्न आवश्यक छ भन्नुभयो ।
प्रशिक्षकहरू नीरज लवजु, तुल्सीहरि प्रजापति, रवीन्द्र कुसीसमेतले प्रशिक्षण दिएको एकहप्ते तालिमका प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि जोशीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । आयोजक केन्द्रका अध्यक्ष रवीन्द्र कुसीको सभापतित्वमा सम्पन कार्यक्रममा सम्राट प्रजापति तथा प्रशिक्षार्थीहरू रोजी प्रजापति, निका प्रजापति, उज्ज्वल हँेग्वजु र वृन्दा प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *