भर्खरै :

जनप्रदर्शनमा सरिक गराउन पनि लोभलालच !

जनप्रदर्शनको आधारमा कुनै दल ठूलो, सच्चा र मूल पार्टी हुँदैन । सरकारी कमी कमजोरीको पक्षमा जनप्रदर्शन गर्नु, विरोध गर्नु, धर्नामा बस्नु एउटा पाटो हो । शक्ति प्रदर्शनलाई नै कुनै दलको सच्चाइ ठान्नु खोटो विचार हो । सत्तारुढ दल नेकपाको दुवै पक्षले पालै पालो राजधानीमा शक्ति प्रदर्शन गरे । शक्ति प्रदर्शनलाई देखाएर दुवै पक्षले नेकपा आफै पार्टीको रहेको दाबी गरे । शक्ति प्रदर्शनलाई देखाएर नै एक पक्षले संसद विघटन ठीक भएको सन्देश बाँड्यो भने अर्को पक्षले संसद पुनःस्थापना हुनैपर्ने दाबी ग¥यो ।
शक्ति प्रदर्शन गर्न सत्तारुढ दल नेकपाको ओली पक्षले धेरै पैसा खर्च ग¥यो । सरकारी स्रोत र साधन दुरूपयोग ग¥यो । गाउँ–गाउँ र बस्तीबस्तीबाट सर्वसाधारण जनता राजधानीको जनप्रदर्शनमा सरिक गराउन नेता कार्यकर्ताहरूले अनेक लोभ बाँडे । ओली पक्षको भन्दा जनसभामा बढ्ता मान्छे देखाउन दाहाल–नेपाल पक्ष पनि सर्वसाधारण जनतालाई लोभलालच बाँड्न पछि परेन । लोभकै आधारमा सर्वसाधारण हर्षबहादुर केसी राजधानी छिरे, पसे र जुलुस र सभामा सामेल भए । दुवै पक्षले बहुमत जनता आ–आफ्नो पक्षमा रहेको दाबी गरे ।
जुलुस र सभामा सरिक गराउन मीठामीठा सपना बाँड्ने, लोभलालच देखाउने दलका नेताहरूले साँच्चै निर्वाचन भएको भए कति पैसा बाँड्थे, सरसामान बाँड्थे, भोज खुवाउँथे र मान्छेको मन बिगार्थे । ठूलठूला पार्टीका नेताहरूले विगतमा पनि यसरी लोभलालच देखाएर, पैसाको खोलो बगाएर जितेका थिए । पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने नेकाले भन्दा कम्युनिस्ट भनिने दल नेकपाले बढी पैसा खर्च गरेको थियो । पैसा बाँडेर, भोज खुवाएर, सामान बाँडेर र अन्य लोभ देखाएर निर्वाचनमा जित्ने दलको यस्तै प्रयासले राजनीतिप्रति जनताको वितृष्णा बढेको हो । निर्वाचनमा होस् या अन्य कुनै जनसभा, सम्मेलन, गोष्ठी या भेलामा दलले कार्यकर्ता, समर्थक या जनतालाई राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपले सुसूचित पार्नुपथ्र्यो, सङ्गठित गर्नुपथ्र्यो । दलका नेता कार्यकर्ता तथा सर्वसाधारण जनता सिद्धान्त र विचारबाट सुसूचित नभएकै कारण नेकपा विभाजित भएको हो । लोभलालच देखाएर जितेको कुनै दलले देश र जनताको सेवा गर्ला भन्ने विश्वास कसरी गर्ने ? जनसभामा सहभागी सर्वसाधारण जनताको अभिव्यक्तिले नेकपाको दुवै पक्षका नेताहरूको क्रियाकलाप मन भाँड्ने खालको देखिन्छ । पैसामुखी र लोभमुखी राजनीमिा अल्झिएको नेकपाका दुवै पक्षका नेताहरूले सिद्धान्त र विचारको आधारमा राजनीति नगरेको थाहा हुन्छ । आमूल परिवर्तनको बाटो छोडेका नेकपाका नेताहरूले पुँजीवादी बाटो लिएकोमा के आश्चर्य ¤ त्यही भएर नेमकिपाले नेकपालाई भाइकाङ्ग्रेस संज्ञा दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *