भर्खरै :

रत्ननगरमा पुस्तक प्रदर्शनी

नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा जिल्ला समिति चितवनले पार्टी प्रकाशन प्रदर्शनीलाई शनिबार पनि निरन्तरता दिएको छ ।
कार्यक्रममा बुद्धिजीवी, राजनीतिज्ञ, मजदुरलगायतले अवलोकन गर्नुका साथै पुस्तक किनेर सहयोग गर्नुभएको थियो । शासक दलहरू एक आपसमा आरोप प्रत्यारोपमा रूमलिरहेको बेला नेमकिपाले पार्टी प्रकाशनहरू जिल्ला–जिल्लामा प्रदर्शनी गर्दै जनतालाई सचेत पार्ने काम गरिरहेको छ ।
प्रदर्शनी अवलोकन गर्दै भरतपुर महानगरपालिका शुक्रनगर स्थायी घर भएका प्रेम सुनुवारले नेमकिपाले गरेको पुस्तक प्रदर्शनीले कम्युनिस्ट सिद्धान्त प्रचार गर्नमा बल पुग्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “जुनसुकै ठाउँमा रहेर पनि कम्युनिस्ट विचारलाई जनतामाझ फैलाउनुपर्छ । आफूलाई कम्युनिस्ट दावा गर्ने नेकपाले जनतालाई भ्रम छर्ने काम गरिरहेको छ ।”
त्यस्तै पुस्तक प्रदर्शनीमा सहभागी राजेश परियारले नेमकिपा सच्चा कम्युनिस्ट पार्टी भएको बताउनुभयो ।
बिहान १०ः३० बजेदेखि सुरू भएको पुस्तक प्रदर्शनी कार्यक्रम दिउँसो ३ः३० बजेसम्म रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *