भर्खरै :

मातृभूमिको लागि तिनीहरूले सबैभन्दा सुन्दर उमेरमा बलिदान दिए

वसन्त चाडको वातावरण अझै समाप्त नभएको बेला एउटा समाचारले सबै चिनियाँहरूलाई चकित तुल्याएको छ । “चीन र भारतको सीमा विवादमा चारजना चिनियाँ सिपाहीको मृत्यु भएको थियो । “फेब्रुअरी १९ तारिख गलवान उपत्यकामा भएको द्वन्द्वसम्बन्धी भिडियो चीनले पहिलो पटक सार्वजनिक गरेको छ । द्वन्द्वमा एकजना चिनियाँ रेजिमेन्टल कमान्डर गम्भीर घाइते हुनुका साथै चारजना सैनिकको मृत्यु भयो ।
चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार, सन् २०२० जूनमा विदेशी सेनाले चीनसँगको सहमति भङ्ग गरेर सार्वजनिकरूपमा सीमा रेखा पार गरेर पाल खडा गरेको थियो । रेजिमेन्टका प्रमुख छि फापाउले सदिच्छापूर्वक कुनै हतियार नलिई विदेशी सेनासँग वार्ता गर्नुभएको थियो । उहाँले नदीको अगाडि उभिएर आफ्नो हात फैलाएर भारतीय सैनिक रोक्नुभयो । तर, भारतीय सैनिकले उहाँलाई स्टील पाइप, छडी र ढुङ्गाद्वारा प्रहार गरेका थिए । छि फापाउको टाउकोमा गम्भीर चोट लाग्यो ।
त्यो द्वन्द्वमा अरू चार जना सैनिकको मृत्यु भयो । तीमध्ये कतिपयकी श्रीमती गर्भवती थिइन् । बच्चाले बुबालाई कहिल्यै पनि देख्न नपाउने भए । कोही सैनिकको उमेर २४ वर्षको थियो । त्यसमध्ये कान्छो १९ वर्षका थिए । मातृभूमिको रक्षा गर्न उनीहरूले सुन्दर उमेरमै बलिदानी दिए ।
द्वन्द्वलाई तीव्र पार्न नदिन र दुई देश तथा दुई सेनाबीचको सम्बन्ध कायम राख्नका लागि चीनले प्रथम समयमै हतियारको अवस्था सार्वजनिक गरेको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमको जानकारीमा मात्र द्वन्द्वको अर्को पक्षलाई ‘विदेशी सेना’ को शब्दबाट उल्लेख गरेको छ । यसमा ठूलो देशको रूपमा चीनको सहिष्णुता र उत्तरदायित्व झल्किएको छ ।
सन् २०२० जूनमा भएको चीन र भारतबीचको सीमा द्वन्द्वमा भारतले सहमति तोडेर एकपक्षीयरूपमा उक्साएको हो । यसको जिम्मेवारी पूर्णरूपमा भारतले लिनुपर्छ । त्यो द्वन्द्वमा विदेशी भएर धेरै हताहत भएर मैदान छोडेर भागे । भारतका अनुसार २० जनाको मृत्यु भयो ।
शान्ति र विकास समयको मुख्य माग हो । जनसङ्ख्याको हिसाबले चीन र भारत विश्वका पहिला दुई देश हुन् । दुबै मुलुकको जनसङ्ख्याको हिसाब गर्दा विश्वको जनसङ्ख्याको आधा पुग्छ । भारत र चीनको बाँकी विवादको समाधान गर्ने बौद्धिक क्षमता चीनसँग छ । चीनले सधँै शान्ति र वार्ताको माध्यमबाट क्षेत्रीय विवादको उचित समाधान गर्ने र सीमा क्षेत्रको शान्ति र स्थिरताको सुरक्षा गर्ने आशा राखेको छ । यद्यपि, कुनै अव्यावहारिक उत्तेजना भएमा चीनसँग त्यसलाई हटाउने पर्याप्त क्षमता र विश्वास पनि छ ।
विदेशी सैनिकहरू रोकेको छविबाट प्रत्येक सैनिक एउटा सीमा रेखा हो भन्ने पुष्टि हुन्छ । प्रत्येक सिपाहीको पछाडि अर्बौँ चिनियाँ जनताको समर्थन र प्रेम हुन्छ । चीनले शान्तिलाई माया गर्छ । तर, शान्ति हुनका लागि दुबै पक्षको संयुक्त प्रयास आवश्यक छ । सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *