भर्खरै :

महिलाहरू सामन्ती र पुँजीवादी प्रवृत्तिबाट पीडित

हिजोआज महिलाहरू समाजमा पुरुषसरहकै अधिकारका लागि सङ्घर्षरत छन् । त्यो स्वाभाविक पनि छ । केही महिलाहरू महिलावादी बनेर अतिरञ्जनापूर्ण भाषण गर्ने गर्छन् । तर, एक दुई जनाले भाषण गरेरमात्र समाजमा परिवर्तन नआउने देखिएको छ । महिलाहरूलाई समान अधिकार दिन नचाहने सामन्ती सोचाइ र प्रवृत्तिका मानिसहरू महिलालाई विशेष वा माथिल्लो स्थान दिएको दाबी गर्छन् । आज हरेक धर्मका ठेकेदारहरू आफ्नो धर्ममा महिलाको स्थान उच्च रहेको प्रचार गर्छन् तर व्यवहारमा ती महिलाहरूलाई दोस्रो दर्जाको व्यवहार भइरहेको हुन्छ । त्यतिमात्र होइन, बिस्तारै बिस्तारै ती महिलाहरूलाई महिला पुरुषभन्दा कमजोर र महिलाहरू दोस्रो दर्जाका हुन् भन्ने मानसिकता निर्माण गर्ने प्रशिक्षण दिन थालिन्छ ।
अहिले पनि केही आफूलाई धर्मप्रिय ठान्ने महिलाहरू रुढीवादी सोचका पछाडि छन् । अर्कोतिर आफूलाई आधुनिक दाबी गर्ने पुँजीवादी विचारका मानिसहरू अरू मानिसहरूलाई जस्तै महिलाहरूलाई पनि प्रयोगको एक वस्तु वा खरिद बिक्री हुनसक्ने चीज ठान्ने अमानवीय सोचाइ राख्छन् । नेपाली महिलाहरू एकातिर त्यही रुढीवादी सोचाइका कारण अगाडि बढ्न सकिरहेका छैनन् भने अर्कोतर पुँजीवादी विचारका मानिसहरूले गर्ने दुव्र्यवहार र उत्पीडन व्यहोर्नु परिरहेका छन् । महिलाहरू सामन्ती र पुँजीवादी प्रवृत्तिबाट पीडित छन् । त्यसैले महिलाहरूको हितका लागि र महिलाहरूलाई अगाडि बढाउन लागिरहेकाहरूले सर्वप्रथमत समाजमा विद्यमान सामन्ती र पुँजीवादी सोचाइहरूसित लड्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *