नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, १ असार । भक्तपुरको तचपाल टोल निवासी एक वृद्धाले आफ्नै घरको भ¥याङमा झुण्डिएर आत्महत्या गरेकी छिन् । तचपाल निवासी करिब ६५ वर्षकी लक्ष्मी ज्याख्वले बिहीबार विहान करिब ११ बजे आफ्नै पटुकाको पासो लगाई आत्महत्या गरेकी हुन् । आत्महत्या गर्नुअघि उनले घरको झ्याल ढोका बन्द गरेर चुकुल लगाएकी थिइन् । लामो समयसम्म झ्याल ढोका नखुलेपछि शंका लागी परिवार र स्थानीयको सहयोगमा नेपाल प्रहरीको टोली प्लाईले बेरेको भित्ता फोडेर भित्र पसेको थियो । भूकम्पले क्षति पु¥याएको दुईतल्ले घरमा उनी भ¥याङमै पटुकाको पासो लगाई झुण्डिएको अवस्थामा थिइन् ।
ज्याख्वका श्रीमानसहित एक छोरा एक बुहारी र २ नातिनातिनी छन् । भूकम्पले घर क्षतिग्रस्त भएपछि परिवारसहित उनी मालपोत कार्यालय, भक्तपुर नजिकैको तुमचोमा बस्दै आएको भनपा वडा नं ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले जानकारी दिनुभयो । नयाँ घरमा सरेपनि खानेपानी लिन सधैं समयसमयमा पुरानो घर आउने गरेको स्थानीयवासी बताउँछन् । ज्याख्वको आत्महत्याले परिवार र टोलवासी शोकमग्न भएको छ । आत्महत्या गर्नुको कारणबारे केही खुलिसकेको छैन । अहिले नेपाल प्रहरीको टोलीले लासको मुचुल्का उठाउने प्रक्रिया अगाडी बढाएको छ ।





Leave a Reply