भर्खरै :

सांसद किनबेच हुने सम्भावना

पुँजीवादी बन्दोबस्तमा सांसद किनबेच अस्वाभाविक होइन । सरकार ढाल्ने र टिकाउने खेलमा यस्ता सांसद किनबेच विगतमा पनि भएकै थियो । सांसद किनबेचमा नेकामात्र होइन आफूलाई ठूलो कम्युनिस्ट भनिने नेकपाले पनि कम्युनिस्ट पार्टीका सांसदहरू किनबेच गरेको इतिहास नभएको होइन । अहिले नेकपाका एक पक्ष केपी ओलीको सरकार ढाल्ने पूर्वाभ्यास गर्दै छ भने केपी ओलीले अबको बाँकी समय पनि आफ्नै नेतृत्वमा सरकार रहिरहने विश्वास दिलाएका छन् । नैतिकताको आधारमा केपी ओलीको राजीनामा माग भइरहेको बेला प्रम ओलीले बाँकी कार्यकाल पनि आफूले नै सरकारको नेतृत्व गरिरहने बताएका छन् ।
दाहाल–नेपाल पक्षधर नेकपाले ओलीको सरकार हटाउन अविश्वास प्रस्ताव दर्ता गर्नुपर्छ । अविश्वास प्रस्ताव दर्ता गर्दैमा पारित हुन्छ भन्ने कुरा होइन । अविश्वास प्रस्ताव पारित भए पनि सरकारको नेतृत्व कसले गर्ने भन्ने प्रश्न उठ्छ । नयाँ सरकार गठन गर्न ओली या दाहाल–पक्षले नेकाको समर्थन आवश्यक हुन्छ । नेका र जसपा नेकपाको स्थिति हेरेर तमासे बनिरहे या सरकारमा सामेल नहुने निर्णय भएमा दाहाल–नेपालको नयाँ सरकार गठन गर्ने सोच धरापमा पर्नेछ या नयाँ सरकार गठन सफल हुनेछैन ।
आफ्नो सरकार जोगाउनको लागि ओली पक्षले पनि अरू दलको समर्थन पाउने र आफ्नै दल बलियो बनाउन सांसदहरूको किनबेच हुने धेरै सम्भावना छ । यो खेल दाहाल–नेपाल पक्षले पनि गर्नेमा शङ्का छैन । नेकपाको आन्तरिक विवाद सत्ता भोगकै हो । नेकपाको एक पक्ष सत्ता जोगाउने प्रयासमा छ भने अर्को पक्ष तुरून्तै हटाउने पक्षमा छ । नेकपाका नेताहरूले बोलीमा सत्ताको निम्ति होइन भने तापनि व्यवहारमा या घटनाक्रमले त्यही देखाइरहेको छ । दाहाल–नेपाल पक्षधर नेकपालाई नेका र जसपाले कुनै निर्णय नदिएपछि दाहाल–नेपाल पक्ष अहिले अन्योलमा परेको छ । यही कारण ओली पक्षधर नेताहरूले संसद् पुनस्र्थापनापछि ओली सरकार झन् बलियो भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *