भर्खरै :

‘सिन्च्याङ कार्ड’ ‘अधिकारको खेल’ कहिले बन्द

‘सिन्च्याङ कार्ड’ को प्रयोग गरी चीनलाई दमन गर्नु नै केही पश्चिमा मुलुकका राजनीतिज्ञहरूको सामान्य तरिका हो । अमेरिकी पूर्व र वर्तमान परराष्ट्रमन्त्रीले एकपछि अर्को गरी सिन्च्याङमा ‘जाति हत्या’ को धारणा व्यक्त गरेपछि हाल क्यानाडाका केही राजनीतिज्ञले निर्वाचन वर्षमा ‘सिन्च्याङ कार्ड’ को प्रयोग गर्दै सिन्च्याङमा जाति हत्या गरिएको भन्दै अतिरञ्जित बनाएका छन् । जसले पश्चिमा राजनीतिज्ञहरूबीच ‘अधिकार खेल’ को सबैभन्दा खराब गतिविधि सिर्जना गरेको छ ती राजनीतिज्ञहरूमध्ये सिन्च्याङ जनताप्रति वास्तविक चासो गर्नेहरू छन् किनभने सिन्च्याङसम्बन्धी अलिकति छानबिन वा अनुसन्धान गर्नेले सिन्च्याङको वास्तविक अवस्थाको जानकारी पाउन सक्छन् ।
६० वर्षयता सिन्च्याङको कुल आर्थिक मात्रा २०० गुणाले बढेको छ । प्रतिव्यक्तिको जीडीपी ४० गुणाले बढेको छ । औसत पूर्वानुमान आयु ३० बाट ७२ वर्ष पुगेको छ । सन् २०१० देखि सन् २०१८ सम्म युगुर जातिको जनसङ्ख्या १ करोड १ लाख ७० हजारबाट १ करोड २७ लाख २० हजार पुगेको छ । हान जातिको भन्दा २ प्रतिशतले बढेको छ । धेरैजसो डाटा र फोटो भिडियोले सिन्च्याङको वास्तविक विकासको जानकारी दिएको छ । किन पश्चिमा राजनीतिज्ञहरूले यी वास्तविक तथ्यलाई ध्यान दिएको छैन अमेरिकाको ‘कूटनीति’ पत्रिकाले लेखेको छ, गति हत्यासँग विशाल राजनीतिक प्रभाव रहेको छ । यदि कुनै मुलुकमा जाति हत्या निश्चित भएमा अमेरिका र अन्य मुलुकले सो मुलुकलाई सजाय दिनेछ ।
पश्चिमा राजनीतिज्ञ र सञ्चार माध्यमको भनाइमा देखिएको जाति हत्याको सबै स्रोत एक भगवानको निर्देशनमा चीनविरुद्ध भएको जर्मन नागरिक एड्रियन जेन्जद्वारा सार्वजनिक एक प्रतिवेदनबाट आएको हो । उक्त प्रतिवेदनमा केही वर्षयता सिन्च्याङका केही क्षेत्रका अल्पसङ्ख्यक जातिको जनसङ्ख्याको वृद्धि दर घटेको भन्दै सिन्च्याङमा जाति हत्या भएको धारणा उल्लेख गरेको छ । तापनि, यस प्रतिवेदनद्वारा उद्धरण गरिएको तथ्याङ्कअनुसार सिन्च्याङको युगुर जातीय जनसङ्ख्या सन् २०१० देखि २०१८ सम्म ठूलो परिमाण वृद्धि भएको छ । सन् २००५ देखि २०१५ सम्म युगुर जातीय जनसङ्ख्याको वृद्धि दर हान जातिभन्दा स्पष्टरूपमा बढेको छ । धेरै विरोधाभाससहित यस्तो प्रतिवेदन पश्चिमा राजनीतिज्ञ र सञ्चारमाध्यमको गेम कार्ड बनेको छ । वास्तवमा सन् २०१७ मा चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन व्युरोले सार्वजनिक गरेअनुसार केही वर्षयता सिन्च्याङले सिन्च्याङको चिकित्सा तथा स्वास्थ्य कार्यका लागि केही अर्ब चिनियाँ युआनको लगानी लगाएको छ । सन् २०१८ सम्म सिन्च्याङको गर्भवती महिला र बच्चाको मृत्य दर ५० प्रतिशतले घटेको छ । मेडिकल पत्रिका ‘द लान्सेट’ ले चीनको उक्त उपलब्धिलाई ‘एक महान् सफल कथा’ को रूपमा व्याख्या गरेको छ ।
सन् २०१९ मा सिन्च्याङले २० करोड चिनियाँ तथा विदेशी पर्यटकलाई स्वागत गरेको थियो । १०० भन्दा बढी मुलुक र १२०० भन्दा बढी कूटनीतिज्ञ, पत्रकार, धार्मिक समूहले सिन्च्याङको भ्रमण गर्दै प्रत्यक्षरूपमा सिन्च्याङको वास्तविक अनुहारको अनुभव गरेका छन् । शिक्षा र प्रशिक्षण केन्द्रबाट स्नातक भएका समस्त जनताले समाजमा फर्केर सुखमय जीवन बिताउँदै आएका छन् भने ‘जाति हत्या’ कहाँबाट आयो ? मन्दिरमा मुस्लिम जनताले शान्त र भक्तिपूर्वक पूजाआजा गर्दछन् भने ‘जाति हत्या’ कहाँबाट आयो ? खेतमा कपास टिप्ने किसानहरूले आफ्नो हातले दुई महिनामा बीस हजारभन्दा बढी युआनको आम्दानी सिर्जना गर्दछन् भने ‘जाति हत्या’ कहाँबाट आयो ? सिन्च्याङका विभिन्न जाति एकताबद्ध भएर आफ्नो हातले सुन्दर जीवन सिर्जना गरिरहेका छन् । सिन्च्याङ गएका हरेकले उक्त समृद्धि दृश्यको अवलोकन गर्दछ भने ‘जाति हत्या’ कहाँबाट आयो ?
सिन्च्याङको विकास उपलब्धिबाट चीनको सत्तारुढ पार्टीको सही नीति निर्देशन प्रमाणित भएको छ । विभिन्न जातिले एकताबद्ध भएर संयुक्त प्रयास गर्ने विशाल शक्ति प्रतिबिम्बित भएको छ । हामीले गर्वका साथ र जिम्मेवारीपूर्वक विश्वसमक्ष बताउन सक्छौँ । सिन्च्याङ ऐतिहासिकरूपमा सबैभन्दा राम्रो विकास अवधिमा छ । सिन्च्याङका विभिन्न जातीयहरूसँग यसप्रति आधिकारिक मूल्याङ्कन गर्ने सबैभन्दा ठूलो अधिकार रहेको छ । कुनै पनि कुचेष्ठा र झूटा कुराले उक्त वास्तविकतालाई परिवर्तन गरेको छैन । सुन्दर तथा समृद्धि सुन्दर सिन्च्याङ विश्वका जनतालाई सिन्च्याङको अवलोकन गर्न स्वागत गर्दछ ।
केही पश्चिमी सञ्चारमाध्यमले सिन च्याङमाथि हिलो छ्याप्ने कार्यको पर्दाफास
फ्रान्सका प्रसिद्ध लेखक माक्सिमे भिभासले हालै ‘युगुर जातिको झूटो समाचारको अन्त्य’ शीर्षकमा एउटा नयाँ पुस्तक प्रकाशन गर्नुभएको छ । सो पुस्तकमा भिभासले सिन च्याङमा बस्दा आफ्नो अनुभवमार्फत सिन च्याङका बारेमा केही पश्चिमी सञ्चारमाध्यमले बनाएको झूटको भण्डाफोर गर्नुभएको छ ।
भिभासले सिन च्याङमा बस्दा युगुर जातिका धेरै मान्छे र धेरै मस्जिद आफूले देखेको पुस्तकमा लेख्नुभएको छ । सिन च्याङको विद्यालयमा उहाँले एक जना शिक्षकले हान र युगुर जातिको भाषा सिकाएका देखेको उल्लेख गर्दै युरोपमा यस्तो दृश्यबारे कुनै सोच–विचार नगरिको किटानी गर्नुभएको छ । युरोपमा सिन च्याङको ‘जातीय नष्ट’ भन्ने अफवाह प्रचलित गराइको भन्दै सिन च्याङ पुगेपछि यस्तो अफवाह नभएको फेला पर्ने उहाँले औँल्याउनुभएको छ ।
सिन च्याङको पाँच पटक यात्रा गरेका बेलायती सेवाबाट अवकाश लिएका प्रहरी जेरी गरैको पनि उस्तै अनुभव छ । उहाँले पश्चिमी सञ्चारमाध्यमको तुलनामा आफ्ना आँखाको बढी विश्वास गरेको बताउनुभएको छ ।
भिभास र गरैले अन्तर्राष्ट्रिय समुदायका गण्यमान्य व्यक्तिहरूको झैँ धारणा व्यक्त राख्नुभएको छ ।
हालै आयोजित ‘चिनियाँ कम्युनिस्ट पार्टीको कथा’ सम्बन्धी सिन्च्याङको विषयक प्रचारप्रसार सम्मेलनमा ८० भन्दा बढी मुलुकका लगभग २ सय विदेशी राजनीतिक पार्टी, अन्तर्राष्ट्रिय संस्था, सामाजिक सङ्गठन, सञ्चार माध्यम र थिङ्कयाङ्कका ३ सत्न्दा बढी विदेशी अतिथिहरूले आफ्नो अनुभवमार्फत सिन च्याङमा आफूले देखेको कुरा र सिन च्याङको विकासबारे जानकारी दिनुभएको हो ।
झूटले सत्यलाई ढाक्नसक्दैन, सिन च्याङको ढोका स्थायीरूपमा खुला रहन्छ । केही पश्चिमी सञ्चारमाध्यमले सिन च्याङको बारेमा बनाएको झूट एउटा हास्यास्पद नाटकमात्र रहेको उहाँको भनाइ छ ।
स्रोतः सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *