भर्खरै :

भारतको लागि ‘कम्फोर्टेबल’ समीकरण !

नेकपा नेता पुष्पकमल दाहालले शुक्रबार एउटा टेलिभिजन अन्तर्वार्तामा ‘दाहाल–नेपाल समूह, नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीबीच सत्ता समीकरण भए भारतलाई सजिलो (कम्फोर्टेबल) हुने’ बताए । प्रतिनिधिसभा पुनःस्थापनासँगै बढेको राजनीतिक अस्थिरताको जोखिमबीच दाहालको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ । यसअघि भारतका पूर्वविदेश सचिव तथा नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरणले भारत ओलीको विकल्पमा भरपर्दो नेतृत्वको खोजीमा लागेको बताएका थिए । दाहालको पछिल्लो अभिव्यक्तिले उनी भारतसमक्ष प्रधानमन्त्रीको लागि आफ्नो योग्यता प्रस्तुत गर्दै गरेको देखिन्छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको फैसला गरेलगत्तै देशमा एकाएक अमेरिकी सहस्राब्दी परियोजना (एमसीसी)को चर्चा चुलिएको छ । एमसीसी एसियामा सैनिक प्रभाव विस्तार गर्ने संरा अमेरिकाको रणनीतिक कार्यक्रम हो । भारत स्वयम् संरा अमेरिका नेतृत्वको मोर्चामा आबद्ध भइसकेको परिस्थितिमा नेपालमा संरा अमेरिकी रणनीतिक प्रभाव विस्तारको सो कार्यक्रम पारित गराउनु उसको पनि चासोको विषय बनेको छ । प्रतिनिधिसभा पुनः स्थापनासँगै देशमा सुरु भएको सत्ता फेरबदलको धमिलो राजनीतिको फाइदा उठाउने ध्याउन्नामा यतिखेर भारत लागेको देखिन्छ । नेपालको सत्ताको खेलमा भारतले आफ्नो हात सधैँ माथि पर्ने गरेका उदाहरण इतिहासका घटनाबाट पनि पुष्टि हुने गर्दछ ।

देशभन्दा सरकार कदापि ठूलो हुनसक्दैन । देश नरहे न सरकार र शासन रहन्छ । जब देश नै पराधीन बन्छ भने सरकार र शासकहरू पनि कठपुतलीमात्र हुन्छन् । कठपुतलीहरूको कुनै जीवन हुँदैन । उनीहरूको कुनै स्वाभिमान र प्रतिष्ठा हुँदैन । मालिकले चलाएसम्म कठपुतलीको जीवन चल्छ । जुन दिन मालिकलाई अर्को कठपुतलीको रहर लाग्छ, अहिलेका ती कठपुतलीहरू फ्याकिन्छन् । दाहाल ‘संविधान रक्षा’ गर्न भनी आन्दोलन गरेर अहिले देशलाई नै बन्धकी राख्ने अर्को कृत्य गर्न उद्यत्त देखिँदैछन् ।

राणा शासनका अन्तिम दिन भारतका तत्कालीन प्रधानमन्त्री नेहरूले एकातिर राणालाई सत्ता जोगाइदिन वाचा गर्ने र अर्कोतिर काङ्ग्रेस–राजालाई सरकारमा लाने आश्वासन दिएर दुवैतर्फ आफ्नै पल्ला भारी गरेको इतिहास धेरै पुरानो होइन । रोटी आधा–आधा दिने नाममा बाँदरले दुई कागका रोटी सबै सिध्याइदिएको कथाजस्तै विभाजित नेपाली राजनीतिमा आफ्नो हात माथि पार्न भारतले चलखेल सुरु गरिरहेको देखिन्छ । लामो समय भारतकै संरक्षणमा राजनीति गर्दै आएका पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिबाट यो अनुमानलाई थप पुष्टि गरेको छ ।
विशेषतः आफ्नै हस्तक्षेपकारी व्यवहारको कारण भारतीय शासक वर्ग नेपाली जनताबीच बदनाम छ । नेपालमाथि प्रतिकूल परिस्थितिमा नाकाबन्दी थोपरेको र नेपाली भूमि जबरजस्ती मिचेर भौतिक संरचना बनाउने भारतको व्यवहारले नेपालमा भारत प्रतिकूल भावना बढ्दो छ । तर, नेपाललाई आफ्नो प्रभाव क्षेत्र ठान्ने बेलायती उपनिवेशवादको विरासत बोकेको भारतीय शासक वर्ग नेपालको राजनीति आफ्नो हातबाट बाहिर गएको वा स्वतन्त्र भएको चिनाउन सक्दैन । त्यसकारण आज भारत नेपालमा आफूप्रति बफादार शासकको खोजीमा लागेको छ । शुक्रबारको अन्तर्वार्तामार्फत तीन दलको समीकरणको सरकार बने भारतको हित हुनसक्ने भनी दाहालले दिल्लीलाई आश्वास्त पार्न खोजेको देखियो ।
देशभन्दा सरकार कदापि ठूलो हुनसक्दैन । देश नरहे न सरकार र शासन रहन्छ । जब देश नै पराधीन बन्छ भने सरकार र शासकहरू पनि कठपुतलीमात्र हुन्छन् । कठपुतलीहरूको कुनै जीवन हुँदैन । उनीहरूको कुनै स्वाभिमान र प्रतिष्ठा हुँदैन । मालिकले चलाएसम्म कठपुतलीको जीवन चल्छ । जुन दिन मालिकलाई अर्को कठपुतलीको रहर लाग्छ, अहिलेका ती कठपुतलीहरू फ्याकिन्छन् । दाहाल ‘संविधान रक्षा’ गर्न भनी आन्दोलन गरेर अहिले देशलाई नै बन्धकी राख्ने अर्को कृत्य गर्न उद्यत्त देखिँदैछन् । हिजो नेपालको परराष्ट्र नीति भारतको चाहनाबमोजिम हुने भनी सम्झौता गरेका दाहाल अब फेरि अर्को देशघातको खाका बुन्दै गरेको आभास उनका अभिव्यक्तिबाट छर्लङ्ग भएको छ । देश बन्धकी राखेर सरकारको लागि ¥याल चुहाउँदै हिँड्ने नेतृत्वप्रति जनता सदैव सजग बन्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *