भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – ५

(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’(Next To Stalin Notes of A Bodyguard) को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
महान् देशभक्तिपूर्ण युद्ध सुरु भयो । युद्ध सुरु भएलगत्तै बोल्शोई थिएटर रित्तो भयो । नाट्य टोलीका अधिकांश कलाकारहरू कुईबिशेभमा गए । एक हजारभन्दा बढी कलाकारहरू लडाइँमा परिचालित सांस्कृतिक टोलीमा सामेल भए । अरू केही कलाकार प्रतिरक्षाअन्तर्गत निर्माण क्षेत्रमा काम गर्नतिर लागे । अनि कोही लालसेनामा भर्ती भए । सरकारका पदाधिकारीहरूको सुरक्षा गर्न तीस जना सिपाहीसहितको एउटा टोलीको नेतृत्व गर्ने जिम्मेवारी मलाई सुम्पियो । सरकारका अधिकारीहरू मस्को वा लडाइँको मोर्चातिर जाँदा उनीहरूको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो थियो ।
स्तालिन युद्धसँग डराउँथे र युद्ध स्तालिनको वशको कुरा थिएन भनी लामो समयसम्म अनेकन कथा हालियो, झूट र खुलमखुला असत्यको प्रचार गरियो । यसै सन्दर्भमा एउटा घटनाको चर्चा उपयुक्त हुनसक्छ । ५ मेको दिन क्रेमलिनमा एउटा बैठक बसेको थियो । लडाइँबाट डराएका अधिकारीहरूमध्ये एक जना अधिकारीले केन्द्रीय समितिका सदस्यको लागि एउटा हतियारबन्द रेल तयारी अवस्थामा गोप्य स्थानमा राखिएको जानकारी दिए । यस्तो कुरा सुनेपछि स्तालिनले उनलाई झपार्नुभयो ।
“कस्तो नचाहिने कुरा गर्नुभएको ¤ सोभियत सङ्घको सीमाभित्र शत्रु पसेको बेला को सुरक्षित हतियारबन्द रेलको कुरा ¤”, स्तालिनले भन्नुभयो । उहाँको यो अभिव्यक्तिबाट हामीले केही निष्कर्ष निकाल्न सक्छौँः
“जर्मनीले सोभियत सङ्घमाथि युद्ध थालेको समाचार स्तालिनलाई सबभन्दा पहिला मार्सल झुकोबले दिएका थिए । भर्खर बिहानको ३ बजेको थियो । स्तालिन क्रेमलिनस्थित आफ्नो कार्यालयमा आइपुग्नुभयो । स्तालिनपछि त्यहाँ झुकोब र तिमोशेन्को पनि आए । जर्मनीका युद्धकविमानहरू आकाशमा उड्दै गर्दा पनि स्तालिन मस्कोका सडकमा खुलारूपमा नियमित यताउता गइरहनुहुन्थ्यो । जनताले आफूलाई आफ्नै बीच देखोस् भन्ने उहाँको सोचाइ थियो । आफ्नो नेता आफ्नै वरपर राजधानी मस्कोमै बसेर प्रतिरक्षाको नेतृत्व गरिरहेको सन्देश उहाँ जनतालाई दिन चाहनुहुन्थ्यो । उहाँ गोर्की सडक, जेम्लियोनोभ उपत्यका र स्मोलेन्स्की चोकमा रहेका मोर्चामा बरोबर पुगिरहनुहुन्थ्यो । ती मोर्चामा खटिएका सिपाहीहरूले उहाँका ती भ्रमणले ठूलो प्रभाव पारेको हुन्थ्यो ।
युद्धका सुरु–सुरुका दिनहरूमा बिहान ४ बजेतिर स्तालिन कलुझकी चोकमा पुग्नुहुन्थ्यो । त्यहीं वरपर हामी काँच फुटेका आवाज सुन्न सक्थ्यौँ । एम्बुलेन्सहरू लास बोकेर यताउता दौडिरहेको सुनिन्थ्यो । घाइते नागरिक र सिपाहीहरूलाई पनि सुरक्षित स्थलतर्फ लगिँदै थियो । हातमा केटाकेटी बोकेका रुँदै गरेका महिलाहरूबाट हामी घेरिएका हुन्थ्यौँ । उनीहरूलाई हेर्दै आँखाभरि आँसु राखेर स्तालिनले भ्लासिकलाई भन्नुभएको थियो, “हामीले यी केटाकेटीलाई देशको भित्री भागमा सुरक्षितरूपमा पु¥याउनुपर्छ ।” सबै जना लालसेनाले जर्मन फासीवादीहरूलाई कहिले रोक्ने भनी सोध्न र सुन्न आतुर थिए । स्तालिन आफूसँग भएका सबै शब्दहरूको प्रयोग गरी ती जनताको मन बलियो पार्नुहुन्थ्यो ।
“एक दिन पक्कै खुसीको दिन आउनेछ । हामी सडकमा नाच्दै हिँड्ने दिन अवश्य आउनेछ”, स्तालिन भन्नुहुन्थ्यो ।
जर्मन विमानले ध्वस्त बनाएका गोर्की सहरमा हामी पुग्यौँ । हातमा हातेप्रकाश बोकेर स्तालिनको छेउमा एउटी महिला आइन् र स्तालिनलाई गाली गर्न थालिन्ः
“यस्तो खतरनाक समयमा तपाईँ यसरी सडकमा हिँडिरहनु हुन्छ र कमरेड स्तालिन ? शत्रुले सजिलै तपाईँमाथि वम वर्षा गर्नसक्छन् ¤”
स्तालिनले जवाफमा आफ्ना दुवै हातमात्र फैलाउनुभयो । हो, पक्कै पनि तिनी महिला ठीक थिइन् । स्तालिन हामीसँग कुबिन्कामा हुनुहुन्थ्यो जहाँ चार सत्न्दा बढी विमानहरू आकाशमा उडिरहेका थिए । ती विमानहरूले लगातार बम खसाल्दै थिए । अनि हाम्रा लडाकुहरू उनीहरूलाई ताकेर गोली हान्दै थिए । शत्रुलाई सफलतापूर्वक पछाडि धकेलिसके पछि स्तालिनले जर्मन विमान खसाल्न सफल लडाकुहरूको नाम सोध्नुभयो । उहाँले जर्मनीका विमानहरू खसाल्न सफल लडाकु भिक्टर तालाखिनलाई भेट्नुभयो ।
शत्रुलाई स्तालिनको आवास ‘डाचा’ कहाँ छ भन्ने कुरा राम्ररी थाहा थियो । हामीसँगै स्तालिनले पनि सधैं आफ्नो ज्यान जोखिममा राख्नुभयो । जर्मनहरू स्तालिन र उहाँसँगै हिँड्ने टोलीलाई मार्न दिलोज्यानले लागेका थिए । स्तालिन र उहाँको टोली डाचामा भएको पूर्वजानकारीका आधारमा यस्ता हमला हुन्थे । स्तालिनले डाचामाथि भएका यस्ता हमलाको नजिकबाट हेर्नुभएको थियो । डाचामाथि खसालिएका कति बम विस्फोटन भए भने कति विस्फोटन भएनन् । हामीले तिनलाई निष्क्रिय बनायौँ । ती बम त्यहाँ विस्फोटन भए डाचा वरपर बसेका सबै जना मारिने थिए ।

स्तालिनले केही भन्नुभएन । उहाँ चुप लाग्नुभयो । तर, बेरिया र अरू केही अधिकारीले सिर्जना गरेको अदृश्य ‘तनाव’ प्रति उहाँलाई चित्त नबुझेको प्रस्ट उहाँको अनुहारमा देखिन्थ्यो । सबैजना निस्के । कोठामा स्तालिन र अङ्गरक्षकको रूपमा ममात्र बाँकी थियौँ । साँझ लेनिन स्मारकका सुरक्षाकर्मी फेरियो । भ्लासिक, रुमिआनत्सेभ र म स्तालिनसँगै लेनिनको पार्थिव शरीरसामू चुपचाप उभियौँ । हामी श्वास पनि दबाएर मसिनो स्वरमा बोल्दै थियौँ । त्यहाँबाट उहाँ क्रेमलिनतिर जानुभयो ।

सेप्टेम्बर २९ देखि अक्टोबरसम्म क्रेमलिनले बेलायती र अमेरिकी नेताहरूको सम्मेलनको आयोजना ग¥यो । ज्यादै प्रतिकूल र जोखिमपूर्ण समयमा पनि विदेशी पाहुनाको लागि हामीले सानो सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थियौँ । त्यो कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी मेरो थियो ।
अक्टोबर १५ मा स्चेर्बकोभ र बेरियाले एनकेडीभी र मस्कोका विभिन्न जिल्लाका सचिवहरूको बैठक बोलाए । त्यहाँ बेरियाले चलाखीपूर्वक घोषणा गरे, “जर्मनीका ट्याङ्कहरू अडित्सोभो आइपुगेको छ । लडाइँको मोर्चासँग हाम्रो सम्पर्क बिच्छेद भइसकेको छ । केन्द्रीय कमान्डको निर्देशनअनुसार हामीले सबै महत्वपूर्ण कलकारखाना, उद्योग र अन्य महत्वपूर्ण संरचना वरपर विस्फोटक बिछाउनुपर्नेछ । हरेक जिल्लामा मस्कोको रक्षाको लागि ५ सय सदस्य छोड्नु, ज्येष्ठ नागरिक र केटाकेटीलाई सुरक्षित स्थानमा लाने व्यवस्था गर्नु । सबै जगेडा उत्पादन जनतालाई बाँडिदेऊ । शत्रुको हातमा ती उत्पादन नपरून् ।”
डाचा वरपर सबैतिर माइन बिछयाइएको थियो । हामीलाई त्यसबारे खबर गरियो । तर, स्तालिन कसरी त्यहाँबाट बाहिर निस्कनुभयो, हामीलाई थाहा भएन । डाचाबाट निस्केर उहाँ कसरी कालिनिन मोर्चा र अन्य ठाउँमा पुग्नुभयो, कसैलाई पनि थाहा भएन ।
त्यत्तिबेला स्तालिन कहाँ हुुनुहुन्थ्यो ? स्तालिनका चालक मित्रिउखिनले भनेका थिए, “क्रेमलिनबाट स्तालिन पोलिटव्युरो सदस्यहरूलाई भेट्न डाचा जानुभयो । रुमनिआत्सेभले डाचामा पानी र आगो केही नभएको र जताततै माइन बिछ्याइएको जानकारी दिए । तर, स्तालिनले ‘क्रेमलिन द्वार’ खोल्न निर्देशन दिनुभयो । ओर्लोभले द्वार बन्दै राखे । स्तालिनले फेरि अर्को निर्देशन दिनुभयो, “तुरुन्तै त्यहाँका सबै विस्फोटक हटाइहाल्नुस् । बुझ्नुभयो ?”
ओर्लोभले द्वार खोलेर डाचाभित्र गएर उज्यालोको लागि आगो बाले । भित्र पसेर स्तालिन काममा लागिहाल्नुभयो । बैठकका विषयको तयारी गर्न थाल्नुभयो । बाहिर भने निर्माणतर्फका सिपाहीहरू माइन निकाल्न खाल्डो खन्दै थिए ।
अक्टोबर १६ मा स्तालिन मस्कोका सडकमा हिँड्दै गर्दा उहाँले मानिसहरूसँग खानलाई रोटी, पिठो, मासु र मकारोनी देख्नुभयो । ती सबै खाद्य वस्तु राज्यको भण्डारबाट जनतालाई बाँडिएको थियो । उहाँले त्यहाँ जनतालाई केही भन्नुभएन । तर, क्रेमलिन पुग्नेबित्तिकै एउटा बैठक डाक्नुभयो । बैठकमा उहाँले सोध्नुभयो, “मस्कोमा यस्तो अराजकता कसले मच्चाउँदै छ ?”
सबै जना चुपचाप थिए । बेरियाको पनि मुख बन्द थियो । शारुखिनले निकै थोरै शब्दमा भएको घटनाबारे जानकारी दिए । स्तालिनले स्चेर्बकोभलाई रेडियोमा गएर जनतालाई ‘हामीले लडाइँ जित्ने र सबै कुरा चाँडै नै ठीकठाक हुने भएकोले बजारमा फर्किन अनि सबै पसल खोल्न र सामान्य तरिकाले जीवन अघि बढाउन’ आह्वान गर्न निर्देशन दिनुभयो । त्यसपछि स्तालिनले जी.झकोब, पी. अर्टेमेएभ, बी. शापोश्निकोभ, ए.भोजनेसेन्स्की, एन.कुत्सोभ र एम. कलिनिनलाई बोलाउनुभयो । मोलोतोभलाई सबै विदेशी कूटनीतिक नियोगलाई कुइबिशेभमा सार्न निर्देशन दिनुभयो । अन्ततः क्रेमलिनका कमान्डर जनरल स्पिरिदोनोभ आए । स्तालिनले उनलाई सोध्नुभयो, “तपार्इँको के छ सुझाव ? बेरिया सबै कुरा कुइबिशेभमा सार्नुपर्ने भनिरहनुभएको छ ।”
“त्यहाँभन्दा युराल वा साइबेरियातिर सार्नु उपयुक्त हुन्छ । त्यहाँ सुरक्षित हुनसक्छ”, कमान्डरले भने ।
स्तालिनले केही भन्नुभएन । उहाँ चुप लाग्नुभयो । तर, बेरिया र अरू केही अधिकारीले सिर्जना गरेको अदृश्य ‘तनाव’ प्रति उहाँलाई चित्त नबुझेको प्रस्ट उहाँको अनुहारमा देखिन्थ्यो । सबैजना निस्के । कोठामा स्तालिन र अङ्गरक्षकको रूपमा ममात्र बाँकी थियौँ । साँझ लेनिन स्मारकका सुरक्षाकर्मी फेरियो । भ्लासिक, रुमिआनत्सेभ र म स्तालिनसँगै लेनिनको पार्थिव शरीरसामू चुपचाप उभियौँ । हामी श्वास पनि दबाएर मसिनो स्वरमा बोल्दै थियौँ । त्यहाँबाट उहाँ क्रेमलिनतिर जानुभयो ।
साँझ भारी हिमपात भयो । स्तालिन बाटोमै रोकिनुभयो । बाटो त्यो ठाउँ छोडेर अन्यत्र जान खोजिरहेका मानिसहरू, सिपाही र उनीहरूका झोलाझम्टाले भरिभराउ थियो । स्तालिनले त्यो भीडमा एक जना महिला देख्नुभयो जो धौ धौ गरेर आफ्नो गाडा घचेटिरहेकी थिइन् । गाडामा उनका नाममात्रका केही सामान थिए । स्तालिनले आफू सवार गाडी रोक्नुभयो । बाहिर निस्कनुभयो र केही बेर गम खानुभयो ।
मध्यरातमा पोलिटब्युरोका सबै सदस्यहरू डाचामा भेला भए । त्यो उच्चस्तरीय बैठकमा स्तालिनले डाचाको रेखदेख गर्ने महिला इस्टोमिनालाई बोलाउनुभयो र सोध्नुभयो, “भ्यालेन्टिना भासिलेभ्ना, के तपार्इँ मस्को छोड्ने तयारी गरिरहनुभएको छ ?”
“कमरेड स्तालिन ¤ मस्को मेरी आमा हुन्, मेरो घर हो । यसको रक्षा हुनुपर्छ”, इस्टोमिनाले पोलिटव्यरो बैठकमा निर्धक्क भनिन् ।
“सुन्नुभयो, मस्कोका जनता के भन्छन् ?”, पोलिटब्युरोका सबै सदस्यहरूका अनुहार नियाल्दै स्तालिनले भन्नुभयो ।
सबैजना मौन थिए । भोलि बिहान क्रेमलिनतिर जाने क्रममा मस्कोको प्रतिरक्षाबारे आफ्ना चालक क्रिभचेन्स्कोभले प्रस्ट शब्दमा भन्नुभयो, “म सधैँ रुसी जनतासँग मस्कोमै बस्दै आएको छु र सधैँ मस्कोमै रहनेछु । नमरुञ्जेल हामीले मस्कोको रक्षा गर्नुपर्छ ।”
क्रेमलिनमा सुरक्षाकर्मीहरूको सङ्ख्या दिनानुदिन घट्दै थियो । सेनाको मुख्यालयको रक्षा गर्न बेरियाले अधिकांश सुरक्षाकर्मीलाई त्यहाँ खटाएका थिए । स्पास्की द्वारबाहेक क्रेमलिन पस्ने सबै द्वारमा अवरोध गर्ने जनरल स्पिगोभले निर्णय गरेका थिए । बाटोमा जस्तोसुकै अवरोध भए पनि स्तालिनले हामीलाई सधैँभरि हार्दिकतापूर्वक व्यवहार गर्नुभयो । मस्कोको मुखमै शत्रु आइपुग्दा पनि स्तालिन निकै सौम्य र सन्तुलित रहनुभयो । उहाँ सबैको लागि प्रेरणा बनिरहनुभयो ।
आवश्यक परे तत्काल सोभियत सङ्घको सरकार अन्यत्र सार्न चार वटा विशेष सैनिक रेल तयारी अवस्थामा थिए । मस्कोको छेउमा रोगाश्को–सिमोनोभ्स्कीमा ती रेल राखिएका थिए । म ती रेलको व्यवस्थापनमा संलग्न थिएँ । तर, ती रेल सबै बेरिया र एनकेभीडीको नेतृत्वमा थिए । अर्को सालको जनवरी महिनासम्म ती रेल त्यहीं रहे । स्तालिनको लागि व्यवस्था गरिएको ‘विशेष रेल’ सहरको अर्को हिस्सामा रोखिएको थियो । त्यहाँ ठूलो परिमाणमा निर्माण सामग्रीको भण्डारण गरिएको थियो ।
स्तालिनको लागि व्यवस्था गरिएको त्यो रेलमा जर्मनी विमानले दुई वटा बम खसालिएको थियो । उनीहरू त्यो रेल कहाँ लुकाइएको थियो, पत्ता लगाउन सफल भएका थिए ।

पाठकलाई मैले यहाँ स्तालिनको ‘कायरता’ सम्बन्धी झूटबारे प्रकाश पार्न खोजेको हुँ । केही उदाहरण हेरौँ । स्तालिनको आवास ‘सेमेनोभ्स्कोए’ को भूभागमा जताततै विस्फोटक पदार्थ बिछ्याइएको र आकाशमा आउने शत्रुका विमानमाथि हमला गर्ने हातहतियार तम्तयार राखिएको भए पनि स्तालिन त्यो ठाउँमा आइरहनुभयो । त्यो ठाउँ छोड्ने विचार गर्नुभएन । एनकेभीडीले शत्रुले खसालेको एउटा बम भुइँमा खसेको तर विस्फोट नभएको भनी सजग तुल्याएको थियो । कदाचित त्यो विस्फोटन भए डाचामा पनि विस्फोटक बिछ्याउने प्रस्ताव गरिएको थियो । स्तालिनले यो प्रस्ताव सुनिसकेपछि भन्नुभयो, “तपार्इँहरू ट्याङ्क र माइन विशेषज्ञहरू हुनुहुन्छ । जाऔँ, तिनलाई कसरी निस्तेज बनाउन सकिन्छ, हेरौँ ।”

बेरियाको नेतृत्वमा ‘डाचा’ का कमान्डर सोलोभेएभले स्तालिनका फर्निचर र अन्य सामानहरू त्यहाँबाट ओसारेर रेलमा थुपार्न लगाएका थिए । जब यो कुरा स्तालिनलाई थाहा भयो, निकै रिसाउनुभयो ।
“मेरा फर्निचर र कागजपत्र खोइ कहाँ गए ?”, स्तालिनले भन्नुभयो ।
“हामी कुइबिशेभ छोड्ने तयारीमा छौँ कमरेड स्तालिन ।”
“अहँ ¤ हामी यहाँबाट जाँदैनौँ । सुन्नुभयो ? हामी अन्तिम विजयसम्म मस्कोमै हुनेछौँ ।”
अक्टोबर १६ मा सुस्लोभ योजनाअनुसार सबै काम भइरहेको छ–छैन भनी सोधखोज गर्न आए । स्तालिनसँग त्यत्तिबेला भएको कुराकानीबारे उनले भने, “स्तालिनले मलाई तत्काल त्यो रेलमा गएर सबै फर्निचर र अन्य सामान फिर्ता डाचामा ल्याउन भन्नुभयो । उहाँ निकै रिसाउनुभएको थियो ।”
हामीले त्यत्तिबेला सबै थरी मानिसहरू देख्यौँ । कति मानिस आफ्नै स्वार्थवस स्तालिन मस्को छोडेको चाहन्थे । तर, उनीहरू सबैले एउटै कुरा गरेको सुन्यौँ–स्तालिनको निर्णय । स्तालिनको मस्कोमा रहने प्रस्ट निर्णय । अहिले एरोड्रोम रहेको विमानस्थलमा त्यत्तिबेला चार वटा डगलस विमान तैनाथ थिए । कर्णेल ग्राचेभ स्तालिनको विमानको क्याबिनमा बसेका थिए । उनीहरू सबै कदाचित मस्कोमाथि शत्रुले कब्जा जमाए आफू दोषमुक्त हुन खोजिरहेका थिए ।
पाठकलाई मैले यहाँ स्तालिनको ‘कायरता’ सम्बन्धी झूटबारे प्रकाश पार्न खोजेको हुँ । केही उदाहरण हेरौँ । स्तालिनको आवास ‘सेमेनोभ्स्कोए’ को भूभागमा जताततै विस्फोटक पदार्थ बिछ्याइएको र आकाशमा आउने शत्रुका विमानमाथि हमला गर्ने हातहतियार तम्तयार राखिएको भए पनि स्तालिन त्यो ठाउँमा आइरहनुभयो । त्यो ठाउँ छोड्ने विचार गर्नुभएन । एनकेभीडीले शत्रुले खसालेको एउटा बम भुइँमा खसेको तर विस्फोट नभएको भनी सजग तुल्याएको थियो । कदाचित त्यो विस्फोटन भए डाचामा पनि विस्फोटक बिछ्याउने प्रस्ताव गरिएको थियो । स्तालिनले यो प्रस्ताव सुनिसकेपछि भन्नुभयो, “तपार्इँहरू ट्याङ्क र माइन विशेषज्ञहरू हुनुहुन्छ । जाऔँ, तिनलाई कसरी निस्तेज बनाउन सकिन्छ, हेरौँ ।”
सोलोभेएभ र स्तालिनसँगै गएर कुर्कुराले टेक्दै होशियारीपूर्वक पाइला चाल्नुभयो । तर, सबै कुरा ठीकठाक भयो । त्यत्तिबेला डाचाको आकाशमा शत्रुका दुई वटा विमान घुमिरहेका थिए । शत्रुका विमान खसाल्न तैनाथ सिपाहीहरूले गोली हाने । गोली, बम त आकाशबाट असिनाजस्तै खसालिएको थियो । स्तालिनलाई भित्र जान अनुरोध गरियो । तर, उहाँ अरू सुरक्षाकर्मीहरूसँग बस्नुभयो । स्तालिनले भन्नुभयो, “भ्लासिक ¤ नडराउनुहोस् । हाम्रो बम र अरूका बम पनि हाम्रो नजिक खस्ने छैनन् ।”
नोभेम्बर ७ आउँदै थियो । मस्को क्षेत्रको लालसेनाका पूर्वकमान्डर जनरल पी. अर्मेनेभले प्रस्टसँग आफूलाई भेट्न स्तालिनले बोलाउनुभएको घटना सम्झनुहुन्छ ।
“तपाईँ लालचोकमा परेडको लागि तयारीमा जाँदै हुनुहुन्छ ?”, स्तालिनले सोध्नुभयो ।
तिनताक लालचोकमा नोभेम्बर ७ को परेड आयोजना गर्ने विषयमा विरोध भइरहेको थियो । पोलिटब्युरोका केही सदस्यहरू त्यसको विरोधमा थिए । सबैजसो ट्याङ्क र सिपाहीहरू लडाइँको मोर्चामा भएको हुनाले परेड आयोजना गरे कुनै ट्याङ्क र सेना नहुने तर्क गरिएको थियो । तर, यी कमजोर मुटु भएका ‘देशभक्तहरू’ ले सेनापतिको चित्त भने त्यो कुरामा बुझाउन सकेका थिएनन् ।
“मेरा प्रिय कमरेडहरू, तपाईँहरूले सायद यतिबेला यो परेडको ऐतिहासिक र राजनीतिक महत्वबारे बुझ्नुभएको जस्तो लागेन”, सेनाका जनरलहरूतिर आफ्नो पाइप औँल्याउँदै स्तालिनले भन्नुभयो ।
“यतिबेलाको परेडले लडाइँको मोर्चामा लडिरहेका सिपाही र जनतालाई उत्साहको सञ्चार गर्नेछ । अनि, समुद्रपारका पुँजीपति वर्गले वोल्शेविकहरूसँग अझै पनि गठ्ठाघरमा प्रशस्त बारुद र गोली भएको सोच्नेछन् । जर्मनहरूले मस्को नजिक केही पनि राम्रा कुरा भेटाउनेछैनन् । त्यसको अर्थ हामीले नै उनीहरूलाई मद्दत गर्नुपर्ने हुन्छ । त्यही भएर हामीले परेडको आयोजना गर्नुपर्छ । ट्याङ्क र सेना त हामी पाउनेछौँ । हामीले परेडको गोप्य ढङ्गले तयारी गर्नुपर्छ । परेडको औपचारिक सुरुवातबारे नोभेम्बर ६ मा हुने बैठकको औपचारिक कार्यक्रममा मात्र खुलासा गर्नेछु”, स्तालिनले भन्नुभयो ।
“तर, यदि परेडमै शत्रुको विमानले बमबारी गरे के होला ?”, स्तालिनले बैठकमा भन्नुभयो, “पहिलो कुरा त मस्कोमा एउटा पनि शत्रुको विमान पस्न दिइनेछैन । दोस्रो, यदि शत्रुका विमान पसिहाले र बम वर्षा भइहाले घाइतेलाई उपचारमा लगिनेछ । तर, परेड भने अघि बढाइनेछ ।”
नेपाली अनुवाद :बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *