यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
समुद्री जहाजहरूलाई दिशानिर्देश गर्न ठाउँ–ठाउँमा प्रकाश स्तम्भ (Light House) राखिएको हुन्छ । त्यसैको आधारमा पानीजहाजहरू आफ्नो बाटो पहिल्याउँछन् र गन्तव्यमा पुग्छन् । प्रकाशस्तम्भ नहुँदो हो त अँधेरीमा या असहज अवस्थामा लामो समुद्री यात्रा जारी राख्न र सही मार्ग पहिल्याउन असम्भवप्रायः हुने थियो । हवाई यात्राका लागि ‘राडार’ ले पनि मिल्दोजुल्दो भूमिका निर्वाह गर्दछ भन्नु अन्यथा नहोला ! र, परापूर्व कालदेखि प्रकृतिमा ‘धु्रवतारा’ ले मानव जगतलाई त्यस्तै गुण लगाइरहेको सबैमा ज्ञात होला ! नेपाली राजनीति डबलीमा ‘प्रकाशस्तम्भ’, ‘राडार’, र ‘धु्रवतारा’ को उपमा कसैलाई दिनु उपयुक्त भए त्यो नेमकिपालाई नै मात्र हो भन्नु कदापि अतियुत्ति हुने छैन । नेमकिपाले कमसेकम विगत पाँच दशकदेखि खेल्दै आएको भूमिका र पु¥याएको योगदानको आधारमा यो भन्न सकिन्छ । त्यसका प्रशस्त आधार छन् । यसको पुष्टि गर्ने प्रसङ्गबारे सङ्क्षेपमा यहाँ चर्चा गर्ने प्रयास गरिन्छ ।
एउटा पछिल्लो व्यावहारिक दृष्टान्त
नेमकिपाको स्थापना आजभन्दा ४६ वर्ष अगाडि भयो । यतिखेर विसं २०३१ माघ १० को ऐतिहासिक घटनाको स्मरण गर्दै पार्टी स्थापना दिवसमा विशेष गतिविधि चालु छन् । प्रशिक्षण, अन्तरक्रिया तथा पार्टी प्रकाशन प्रदर्शनी यो वर्षका प्रमुख गतिविधि बन्दै छन् । कोरोना भाइरस निमिट्यान्न भइनसकेको सन्दर्भमा सुरक्षा मापदण्डप्रति हेलचेत्र्mयाइँ नगरी र समय–परिस्थितिको मागबमोजिम स्थापना दिवस कार्यक्रमहरू दोस्रो महिना पनि जारी छन् । स्थापना दिवसको अवसरमा विगतमा पनि पार्टी प्रकाशन प्रदर्शनी गरिएका थिए । यद्यपि, यो पटक अझ बढी व्यापक तथा व्यवस्थित ढङ्गमा हुँदै छन् । अझ बढी प्रभावकारी तथा अर्थपूर्ण बनेको चर्चा छ । यो पटक हिमाल, पहाड र तराईका विभिन्न जिल्लामा पैmलियो ।
राजनीतिक कार्यकर्ता तथा सर्वसाधारणलाई उत्साहित बनाउन, अन्योलग्रस्त बौद्धिक जगतलाई स्पष्टता प्रदान गर्न, विचारशून्यताको डरलाग्दो अँधेरीलाई चिर्न र मौनताको तलाउमा एउटा ढुङ्गाले तरङ्ग पैदा गरेभैmँ अन्तरक्रिया तथा छलफलसहितको पार्टी प्रकाशन प्रदर्शनी तथा बिक्री कार्यक्रम बनेको धेरैले अनुभव गरे । अन्य राजनीतिक दललाई यस खालका रचनात्मक शैली अपनाउन, विचारको बहस गर्न, जनतालाई बौद्धिक कर्मका निम्ति उत्साहित गर्न र दलहरूलाई गैर–राजनीतिक कर्म त्याग्न दबाब परेको महसुस गरिँदै छ । ‘पुँजीवादी दलहरू मोटरसाइकल ¥यालीमा, नेमकिपा पुस्तक बोकी सडकमा !’ ‘शासकहरू मासुभातको राजनीति गर्दै, नेमकिपा पत्रपत्रिका बेच्दै !’ यस्तै आहान सुनिन थालेका छन् । अन्य दल र नेमकिपाबीचको भिन्नताबारे अब लामो गन्थन आवश्यक नहोला कि ? एउटा राजनीतिक सङ्गठन, दल या कार्यकर्ताले गर्नुपर्ने भनेको जनतालाई राजनीतिक चेतना दिएर सङ्घर्ष, आन्दोलन र आमूल परिवर्तनका निम्ति तयार गर्नु होइन र ? पुस्तक, पत्रपत्रिका, पर्चा आदि प्रकाशन गरी शिक्षित पार्ने काम गरी विचौलिया कर्मको खण्डन, विरोध तथा भत्र्सना आवश्यक ठानेरै नेमकिपाले यो अभियान थालेको हो । यतिखेरको आवश्यकता पनि यही नै हो । अन्य दलले यस खालका रचनात्मक गतिविधि गरेको पाइँदैन । यस अर्थमा नेमकिपा अग्रदूत बन्यो । प्रकाशस्तम्भ त्यसकारण पनि हो ¤ अबको राजनीति सिद्धान्तबाट च्यूत बन्नु घातक हुने र थप बर्बाद हुने भएकोले विचार, सिद्धान्त र नैतिकतासहितको राजनीतिबाट विमूख हुन नमिल्ने यथार्थबारे नेमकिपा जनताबीच व्यापक छलफल चलाउँदै छ । राजनीतिक ‘राडार’ या ‘ध्रुवतारा’ को भूमिका भनेको यही नै हो । यो पछिल्लो व्यावहारिक दृष्टान्त हो ।
पछिल्लो राजनीतिक दृष्टान्त
नेपाली राजनीतिमा सत्ताको राजनीति या होडबाजी हुँदा नेमकिपालाई कसैले सम्झँदैन । तर, देशमा आन्दोलन आवश्यक भए, राजनीतिमा कतै अलमल देखिए, सङ्कट आइलागेमा भने नसम्झी नहुने नेमकिपा नै हो । त्यस्तो बखत नेमकिपा र यसको नेतृत्व के भन्छ ? धेरैको सरोकार बन्ने गर्छ । त्यसको मूल कारण नेमकिपाको स्वच्छ छवि, नेमकिपाका अध्यक्ष का. रोहितको क्रान्तिकारी व्यक्तित्व, देशभक्तिपूर्ण छवि, कामदार जनताप्रति इमानदारी, समर्पण एवम् त्याग र निष्ठाको राजनीति हो ।
गत पुस ५ गते सङ्घीय संसद् विघटन भयो । धेरैका निम्ति अप्रत्याशित घटना थियो । देशमा राजनीतिक धु्रवीकरण तीव्र बन्यो । सबैजसो दल विघटनको विपक्षमा उभिए । प्रतिगमन सुरु भएको विश्लेषण गरे । ओली तानाशाही बनेको घोषणा गरे । दिनहुँजसो पक्ष र विपक्षमा सडकमा ठूला–ठूला जुलुस तथा सभा भए । तर, नेमकिपाले संसद् विघटन बाध्यकारी, औचित्यपूर्ण तथा निर्वाचनमा गई ताजा जनादेश लिनु प्रजातान्त्रिक अभ्यास भनी स्पष्ट व्याख्या सहितको विचार राख्यो । त्यसमा सत्ता स्वार्थको अंशमात्र पनि थिएन । भीड हेरेर निर्णय गर्ने या भीडले जता डो¥यायो उतै लाग्ने अवसरवादी चरित्र या कमजोर चिन्तन या धरातल नेमकिपामा कहिल्यै देखिएन । यो पटक त झनै देखिएन ।
संसद् विघटनबारे अध्यक्ष रोहितको धारणा सार्वजनिक भएपछि क्रिया–प्रतिक्रिया आए । धेरैका निम्ति त्यो अनपेक्षित थियो ¤ सत्ता केन्द्रित मानसिकता राख्ने मानिसहरूले का. रोहितले ओलीको समर्थन गर्नुभएको, प्रतिगमनलाई साथ दिनुभएको भनी अपव्याख्या गरे । तर, निष्पक्ष विश्लेषकहरूले भने – “का. रोहितले संसदीय परम्परा र प्रजातान्त्रिक अभ्यासको नियमअनुसार प्रधानमन्त्रीसँग भरेको बन्दूक हुने जुन तर्क राख्नुभयो त्यो अकाट्य छ । साथै, संविधानका शब्द–शब्दमा रुमल्लिनुभन्दा पनि देशको राजनीतिक परिस्थिति, घटनाको पृष्ठभूमि र देशको भविष्यलाई दृष्टिगत गरी अगाडि बढ्नुपर्ने विचार उच्च संवेदनशीलता, परिपक्वता, दूरदृष्टि र दीर्घकालीन हितको पक्षमा छ ।”
देशको बागडोर सम्हाल्न चाहनेले विदेशीसामु कहिल्यै झुक्न नहुने र देश हितका निम्ति अडानमा बस्न सक्नुपर्ने अध्यक्ष का. रोहितको विचार नेपाली भू–राजनीतिक वस्तुस्थितिका लागि गुरुमन्त्र भएको संवेदनशीलहरूको बुझाइ छ । भारतीय विस्तारवादले नेपालको आन्तरिक राजनीतिमा बढाउँदै लगेको हस्तक्षेप र भारतीय एकाधिकार पुँजीले नेपाली बजारमा बढाउँदै लगेको आधिपत्यविरुद्ध आत्मसमर्पण नगरी सङ्घर्ष जारी राख्न सकेमात्र देशको सम्प्रभुता, स्वतन्त्रता, अखण्डता तथा स्वाभिमान जोगिने का. रोहितको विचार यथार्थमा देशभक्त नेपालीको साझा सोच तथा आवाज हो । भारतले नेपालको सन्दर्भमा रणनीति उही तर कार्यनीतिमात्र बदलेको अध्यक्ष रोहितले जुन विश्लेषण गर्नुभयो त्यो हरेक देशभक्त नेपालीलाई सतर्क पार्ने उद्घोष हो । उहाँले सरल भाषामा बदलिँदो परिस्थितिको मूल्याङ्कन गर्नुुभयो – “भारतले दश वर्षे ‘माओवादी’ द्वन्द्वमार्पmत सशस्त्र उपायबाट नेपाललाई आप्mनो नियन्त्रणमा राख्न खोज्यो । तर, त्यो पूर्णरूपमा सफल नभएपछि शान्तिपूर्ण उपायबाट संसद्मा बहुमत ल्याई नेपाल कब्जा गर्ने भारतले कार्यनीति मात्र बदल्यो तर नेपाल खाने रणनीति भने कायम राख्यो ।” उहाँले थप प्रस्ट पार्नुभयो – “प्रचण्डको चेन अफ कमान्ड अभैm दिल्लीमै छ ।”
संसद् विघटनको सन्दर्भमा का. रोहितले दिनुभएको गहन विचारले राजनीतिक क्षेत्रमा विद्यमान भ्रम, अन्योल तथा अस्पष्टता चिर्न मद्दत पु¥यायो । स्वार्थको घृणित झगडाविरुद्ध जनतालाई सजग पार्न नेमकिपाले सङ्घर्ष जारी राख्यो ।
गत फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय सुनायो र फागुन २३ गतेभित्र संसद्को बैठक बोलाउन सरकारलाई निर्देशन जारी ग¥यो । अदालतको निर्णय आउनासाथ दाहाल–नेपाल समूहले अबिर जात्रा गर्दै विजय उत्सव मनायो । नेपाली काङ्ग्रेसले ठाउँ–ठाउँमा दीप प्रज्ज्वलन ग¥यो । तर, नेमकिपाले संसद् पुनःस्थापनासँगै अस्थिरता बढ्ने, सांसद खरीद–बिक्रीसम्मका अवाञ्छित गतिविधि हुने खतरा बढेको भनी सतर्क रहन आह्वान ग¥यो । पुँजीवादी व्यवस्थामा कानुन व्यवसायी, न्यायाधीश, पूर्वन्यायाधीशहरू पनि वर्गीयरूपमा विभाजित हुने र ती कुनै न कुनै वर्गको स्वार्थ या विचारबाट अलग्ग हुन नसक्ने वास्तविकता नेमकिपाले नेपाली जनतालाई अवगत गरायो । अध्यक्ष रोहितले भन्नुभयो– “लेखिएको जति भन्न त केटाकेटीलाई पनि आउँछ । महत्वपूर्ण कुरा दूरगामी राजनीतिक प्रभावलाई ध्यान दिएर अगाडि बढ्नु हो ।” उहाँको सङ्केत अदालतको पछिल्लो निर्णयतर्पm थियो । संविधानमा त्रुटि रहेको र त्यसैको आधारमा निर्णय गर्दा झन् अन्योल बढेको उहाँको भनाइ थियो । सबैले प्रम ओलीको राजीनामाको माग गरिरहँदा उहाँले देशलाई बीच बाटोमा छोडेर हिँड्न नहुने र कसैको दबाबमा राजीनामा दिनु आत्मसमर्पण हुने भनी सजग पार्नुभयो ।
यसप्रकार नेमकिपाले पछिल्लो राजनीतिक सङ्कटमा समेत सत्ता, स्वार्थ, तत्कालको फाइदालाई पटक्कै वास्ता नगरी देश र जनताको दीर्घकालीन हितलाई ध्यानमा राखी निकास दिने काम ग¥यो । त्यसो त नेमकिपाले कहिल्यै भागबण्डा, मोलमोलाइ आदिमा चासोसमेत देखाएन, भाग लिने या खोज्ने त निकै परको कुरा ! नेमकिपाले सधैँ कामदार जनताको आवाज बोल्दै आएको जगजाहेर छ । तल्लो वर्गको प्रतिनिधित्व गर्दै छ । सोही अनुसार मत जाहेर गर्दै आइरहेको छ । कुनै विदेशी प्रभुलाई रिझाउनुपर्ने बाध्यताबाट नेमकिपा निकै टाढा छ । नेपाली जनताकै शक्तिको आधारमा राजनीति गर्न र विदेशी पुँजीको दलाल नबन्न नेमकिपा आह्वान गर्दै छ । नेपाललाई विदेशी सेनाको परेड खेल्ने मैदानमा परिणत नगर्न नेमकिपा सङ्घर्षरत छ । यसले पनि पुष्टि गर्छ नेपाल मजदुर किसान पार्टी विचारको पुञ्ज हो र नेपाली राजनीतिको प्रकाश–स्तम्भ, राडार या धु्रवतारा हो ।
Leave a Reply