यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सन् १९१७ जुलाई २६ देखि ३ अगस्तसम्म बोल्शेविक पार्टीको छैटौँ महाधिवेशन गुप्तरूपमा भयो । त्यसको १० वर्षअघि बेलायतमा पाँचौँ महाधिवेशन भएको थियो । त्यस महाधिवेशनमा १५७ प्रतिनिधि थिए । त्यसमध्ये १२८ जना बैठकमा आफ्नो राय दिन र मतदान पनि दिन पाउने पूर्ण सदस्य थिए भने २९ सदस्य बैठकमा बोल्न पाउने तर निर्णय गर्दा मतदानमा मत दिन नपाउने उम्मेदवार सदस्य थिए । त्यसबेला पार्टीको झन्डै २ लाख ४० हजार सदस्य र ४१ वटा पार्टी प्रकाशन थिए, तीमध्ये २९ रुसी भाषाका र १३ वटा प्रकाशनहरू अन्य भाषाका थिए । ‘क्रान्ति र सशस्त्र विद्रोह’ जस्ता शब्दहरू जनताको मुखमै झुन्डिएको थियो । त्यसकारण, पुँजीवादी र निम्न–पुँजीवादी प्रचार माध्यमहरूले बोल्शेविक पार्टीको सा¥है खेदो गर्दै थिए ।
महाधिवेशनमा स्तालिनले शान्तिकाल समाप्त भएको र क्रान्ति अनि सङ्घर्षको काल सुरु भएको घोषणा गर्नुभयो । बुखारिन र त्रोत्स्कीवादीहरूले माक्र्सवादको कोरा सिद्धान्त छोडेर रचनात्मक माक्र्सवादको बाटोमा लाग्नुपर्ने र पश्चिमा देशहरूमा सर्वहारा क्रान्तिपछि मात्रै रुसमा समाजवादी क्रान्तिको पाइला चाल्नुपर्ने बताउँथे ।
बैठकमा बुखारिन र त्रोत्स्कीहरूले मजदुर वर्गको नेतृत्वमा हुने क्रान्तिलाई किसान र पुँजीपतिवर्गले समर्थन नगर्ने तर्क गरे ।
स्तालिनले त्यस दृष्टिकोणको विरोधमा प्रस्ताव राख्नुभयो– “रुसका धनी किसानले साम्राज्यवादी र पुँजीपति वर्गको समर्थन गर्छन् तर गरिब किसानहरू भने मजदुरवर्गसँग मित्रता चाहन्छन्, क्रान्तिको विजयको निम्ति लडाइँलाई समर्थन गर्छन् ।”
बुखारिन र त्रोत्स्की प्रेओब्राजेन्स्कीले स्तालिनको त्यस प्रस्तावको विरोध गरे । तर, बैठकले स्तालिनको प्रस्ताव पारित ग¥यो । साथै, बैठकले सामन्तहरूको भूमि जफत गर्ने र सम्पूर्ण जग्गा–जमिन, बैङ्क एवम् ठूला–ठूला उद्योगधन्दा राष्ट्रियकरण गर्ने तथा उत्पादन र वितरणमा मजदुरहरूको नियन्त्रण हुने प्रस्ताव पारित ग¥यो ।
क्रान्तिको समर्थन नगरी तटस्थ रहने मेन्सेविक दृष्टिकोणलाई मजदुर सङ्घ (ट्रेड युनियन) ले निन्दा ग¥यो र त्यसले बोल्शेविक पार्टीको मजदुर युनियन क्रान्तिको निम्ति लडाकु सङ्गठन बन्ने बतायो ।
कामेनेभ, राइकोभ र त्रोत्स्कीहरू लेनिनलाई क्रान्तिविरोधी अदालतमा हाजिर गराउने तथा ज्यान सजाय दिलाउने पक्षमा थिए ।
स्तालिनले बैठकमा लेनिनलाई प्रतिगामी अदालतमा हाजिर गराउने पक्षको चर्को विरोध गर्नुभयो । त्रोत्स्कीहरू वास्तवमा पार्टीको हितमा होइन बरु पार्टीलाई भित्रभित्र ध्वस्त पार्न खोजिरहेका थिए ।
लेनिन र केन्द्रीय समितिको बैठक
७ अक्टोबर १९१७ को दिन लेनिन गुप्तरूपमा फिनल्यान्डबाट पेट्रोग्राद पुग्नुभयो र १० अक्टोबरको दिन पार्टीको केन्द्रीय समितिको बैठक बसेर केही दिनभित्र सशस्त्र विद्रोह गर्ने महत्वपूर्ण ऐतिहासिक निर्णय गराउनुभयो । जर्मनीमा जलसेनाको विद्रोह र क्रान्तिपछि अन्तर्राष्ट्रिय परिस्थितिमा हेरफेर आउने तथा करेन्स्कीको पुँजीवादी अस्थायी सरकारले पेट्रोग्राद जर्मनीको हातमा सुम्पने सम्भावना देखिएको थियो । किनभने, सोभियत वा प्रतिनिधिसभामा बोल्शेविकहरूको बहुमत थियो ।
यसकारण, केन्द्रीय समितिको बैठकमा कामेनेभ र जिनोजित्र्ले त्यस ऐतिहासिक क्रान्तिको विरोधमा र पुँजीवादी संसदीय गणतन्त्रको पक्षमा मतदान गरे । राज्यसत्ता हातमा लिई समाजवादी क्रान्ति गर्नको निम्ति मजदुर वर्ग पर्याप्त मात्रामा परिपक्व भइनसकेकोमा जोड दिए ।
तर, बैठकमा त्रोत्स्कीले देखिने गरी प्रस्तावको विरोधमा मत दिएनन् र सोभियतसभाको दोस्रो महाधिवेशन सुरु हुनुभन्दा पहिले विद्रोह गर्नु हुन्न भनी जोड दिए । त्यसको अर्थ हो– विद्रोहलाई ढिलो गरी अस्थायी सरकारलाई पहिले नै सूचना दिनु वा पार्टीलाई विश्वासघात गर्नु ।
विभिन्न प्रकारले कामेनेभ, जिनोजित्र् र त्रोत्स्कीले विश्वासघाती भूमिका खेलिरहँदा लेनिन ६ अक्टोबरमै स्मोल्नीमा पुगिसक्नुभएको थियो । १६ अक्टोबरको दिन केन्द्रीय समितिले स्तालिनको नेतृत्वमा एउटा पार्टी केन्द्र बनाई आवश्यक क्षेत्रमा सशस्त्र टोलीहरू पठाइसकेको थियो ।
प्रतिक्रियावादी सेनाले गरेको विद्रोहलाई लालसेनाले दबायो । कामेनेभ, जिनोजित्र्, राइकोभ आदिले सोभियत सत्ताको विरोध गर्दै ‘संयुक्त समाजवादी सरकार’ को माग गरे । १५ नोभेम्बर १९१७ मा बोल्शेविक पार्टीले ती दलहरूको माग अस्वीकार ग¥यो । १८ अक्टोबरको दिन विद्रोह गर्ने बोल्शेविक पार्टीको निर्णयलाई मेन्सेविक समाचारपत्र ‘नयाँ जीवन’ (नोभाया जिस्न) लाई कामेनेभ र जिनोजित्र्ले सूचना दिएका थिए । लेनिनले त्यसलाई विश्वासघात भन्नुभयो । आफ्नै पार्टीको विरोधमा सूचना पु¥याएको हुँदा केन्द्रीय समितिले जिनोजित्र् र कामेनेभलाई निष्कासन गर्नुपर्ने प्रश्न रोडज्यान्को र करेन्स्कीले उठाउनुभएको थियो ।
१९ अक्टोबरको दिन अस्थायी सरकारले सोभियतहरूकै दोस्रो महाधिवेशनको बेला बोल्शेविक पार्टीको केन्द्रीय समिति वा सदरमुकामलाई ध्वस्त गर्न पेट्रोग्राद सेनालाई आदेश दिएको थियो । त्रोत्स्कीले पनि सोभियतहरूकै दोस्रो महाअधिवेशनको दिन विद्रोह हुने सूचना करेन्स्की सरकारलाई दिएका थिए । तर, अस्थायी सरकारका सबै सैन्य परेड र तयारीलाई बोल्शेविक पार्टीले ध्वस्त पा¥यो ।
अक्टोबर क्रान्ति योजनाअनुसार सफल
बोल्शेविक पार्टीको प्रकाशन ‘मजदुरको बाटो’ (रोबोची बुट) लाई दबाउन २४ अक्टोबरकै बिहान (पुरानो पात्रअनुसार ६ नोभेम्बरको दिन) अस्थायी सरकार अर्थात् करेन्स्की सरकारले हमला सुरु ग¥यो । कामरेड स्तालिनको निर्देशनअनुसार लाल रक्षकहरू र क्रान्तिकारी सिपाहीहरूले शत्रु सेनाको सशस्त्र गाडीहरूलाई प्रत्याक्रमण गर्दै धपाए । ११ बजे बिहान ‘मजदुरको बाटो’ पत्रिका निस्कियो र ‘अस्थायी सरकारलाई फाल !’ भन्ने आदेशका साथ लाल रक्षकहरू र क्रान्तिकारी सेनाको दस्ता पार्टी केन्द्रको आदेशअनुसार स्मोल्नी पुगे ।
२५ अक्टोबर (७ नोभेम्बर) को बिहानै क्रान्तिकारी सैनिक टुकडी र लाल रक्षकहरूले रेलवे स्टेसन, हुलाक, टेलिफोन कार्यालय र मन्त्रालयहरू तथा राष्ट्र बैङ्क कब्जा गरे । बोल्शेविक सशस्त्र टोलीहरूले ‘शितल निवास’ अर्थात् अस्थायी सरकाको (सिंहदरबार) को आकाशमा गोलाबारी गर्दै कब्जा गरे । अस्थायी सरकारका प्रधानमन्त्री करेन्स्कीको भागा–भाग भयो । नयाँ युगको जन्म भयो ।
२६ अक्टोबर (८ नोभेम्बर) १९१७ को दिन सोभियतहरूको दोस्रो महाधिवेशन बस्यो र युद्धमा सामेल देशहरूलाई ‘शान्तिको आह्वान’ ग¥यो । बेलायत, फ्रान्स र जर्मनीका सचेत मजदुर वर्गलाई त्यस अपिलको समर्थन गर्न आह्वान ग¥यो ।
दोस्रो सोभियतको महाधिवेशनले राजा–महाराजा, सामन्त र जमिनदारहरूको भूमि बिना मुआब्जा जफत गरेको र ती भूमि किसान एवम् मजदुरहरूले उपयोग गर्ने अधिकार दिएको घोषणा ग¥यो । किसानमाथि थोपरिएको सबै ऋण माफ गरियो । निजी गरिएका खनिज, नदी–नाला, पोखरी, वन–जङ्गल आदि प्राकृतिक स्रोतहरू सबै जनताको सम्पत्तिको रूपमा घोषणा गरियो ।
सोभियत महाअधिवेशनले पहिलो सोभियत सरकारको मन्त्रीपरिषद्को घोषणा ग¥यो र त्यसको पहिलो सभापतिमा लेनिन चुनिनुभयो ।
भर्खरको सोभियत सरकारलाई साम्राज्यवादीहरूले चारैतिरबाट हमला गरी ध्वस्त पार्न चाहन्थे । बेलायत र फ्रान्सले सोभियत सरकारसँग वार्ता गर्न अस्वीकार ग¥यो भने सोभियत सरकारले जर्मनी र अस्ट्रियासँग वार्ता गर्ने निर्णय ग¥यो । ३ डिसेम्बर १९१७ को दिन वार्ता भयो र ५ डिसेम्बरको दिन सन्धिमा हस्ताक्षर भयो ।
जर्मनी साम्राज्यवाद जार साम्राज्यवादको पोल्यान्ड, युक्रेन र बाल्टिक देशहरू हात पार्न चाहन्थ्यो । सोभियत सरकार आफू बलियो हुन शान्तिको आवश्यकता अनुभव गर्दै थियो, त्यसको निम्ति समय र अवसर चाहन्थ्यो ।
तर मेन्सेविक समाजवादी क्रान्तिकारीहरू जस्ता विश्वासघातीहरूले ‘देश बेचुवा सन्धि’ भन्दै चर्को विरोध गरे । सोभियत प्रतिनिधि मण्डलको सभापति त्रोत्स्कीले पार्टीको आदेशविपरीत १० फेब्रुअरी १९१८ मा ब्रेस्ट–लितोभ्स्क शान्ति (Brest -Litovsk Peace) को सन्धिको विरोध गरे । त्यो एक विश्वासघात थियो ।
Leave a Reply