भर्खरै :

चीनविरूद्धको युद्ध – ५

४) मोलमोलाइको असफलता – चीनविरुद्ध मिश्रित युद्धकला
अहिले चीनविरुद्ध अमेरिकी रणनीतिलाई तीन मुख्य खम्बाका रूपमा चित्रण गर्न सकिन्छ । ती हुन् : मिश्रित युद्धका लागि आधारशीला निर्माण, घूसपैठ र ध्वंस । संरा अमेरिका अहिले भारत, जापान, अस्टे«लिया र दक्षिण कोरियालाई मिलाएर सैनिक गठबन्धन निर्माणमा सक्रिय छ, जसलाई क्वाड भनिएको छ । त्यसको उद्देश्य छिमेकी देशहरूमा सैनिक र राजनीतिकरूपमा हस्तक्षेप गर्नु र चीनको भूराजनीतिक प्रभाव विस्तारलाई खुम्च्याउन दबाब सिर्जना गर्नु हो । अमेरिकी रणनीतिका अरू दाउपेचहरूलाई निम्नानुसार चर्चा गर्न सकिन्छ ।
– बाल्कनाइजेसन ः प्रत्यक्ष र गुप्त हमलाहरूको माध्यमले संरा अमेरिकाले चीनका पृथकतावादी आन्दोलनहरूलाई सहायता पु¥याइरहेको छ, विशेषगरी हङ्कङ, सिन्च्याङ र तिब्बतमा अमेरिकी चलखेल जारी छ । ‘बेल्ट एन्ड रोड पहलकदमी’ मा सिन्च्याङको केन्द्रीय भूमिकालाई बुझेर अमेरिकी रणनीतिले सिन्च्याङलाई अति महत्व दिइरहेको छ ।
– आर्थिक विध्वंस : आफ्नो देशमा चिनियाँ लगानी निषेध गरेर संरा अमेरिकाले निश्चित चिनियाँ उद्योगहरूमाथि तारो बनाएर व्यापार युद्ध सुरु गरेको छ । चिनियाँ अर्थतन्त्रको चामत्कारिक विकासलाई रोक्ने अमेरिकी कोसिस चालु छ तर त्यसैले कैयौँ मोर्चाहरूमा उसको छविमाथि ग्रहण पनि लागेको छ ।
म यहाँ हाइब्रिड वारफेयर (मिश्रित युद्धकला) का मुख्य–मुख्य बुँदाबारे चर्चा गर्नेछु । त्यसो त स्थान र समयको भिन्नताअनुसार स्थिति केही फरक पर्नसक्छ तर एउटा स्थायी तत्वका रूपमा पश्चिमा सञ्चारमाध्यमभरि अघोषितरूपमा चीनविरोधी भावना रहेको छ । अहिले चीनविरोधी पत्रकार बन्नु (उनीहरू आफूलाई खुलारूपमा चीनमाथिको निगरानीकर्ता भन्न रूचाउँछन् ।) अमेरिकी पत्रकारहरूको मुख्य पेशागत विकासको मार्ग बनिरहेको छ । अहिले हामी केही त्यस्ता पत्रकारहरू देख्छौँ, जसको समग्र पेशागत परिचय नै चीनलाई बढीभन्दा बढी खराबरूपमा प्रस्तुत गर्नुमा टिकेको छ । उनीहरू प्रायःजसो सीआईए र अमेरिकी विदेश मन्त्रालयले सिकाएको सुगा रटाइलाई नै ‘पत्रकारिता’ ठानिरहेका छन् । ती तथाकथित पत्रकारहरू सामाजिक वृत्तका अन्य क्षेत्रमा पनि संलग्न छन् र तीमध्ये केही अध्ययनशील व्यक्तिहरू सीएफआरजस्तो अमेरिकी विदेश नीति निर्धारणको थिङ्क टयाङ्कहरूका सदस्य पनि रहेका छन् ।
– सन् २००७ देखि हालसम्म : चारपक्षीय सुरक्षा वार्ता वा क्वाड अलायन्स (गठबन्धन)
सन् २००७ मा जापानले आफूसहित अस्ट्रेलिया, भारत र संरा अमेरिकासहितको एउटा गठबन्धन निर्माण ग¥यो । त्यसको व्यावहारिक उद्देश्य भनेको चीनको भूराजनीतिक प्रभाव विस्तारलाई रोक्नु हो । जब यस चार पक्षीय गठबन्धनका सदस्य राष्ट्रहरूमा सरकार बदलियो र चीनलाई तारो बनाउन अस्वीकार भयो, चिनियाँ अधिकारीहरूले तुरुन्तै उक्त चारपक्षीय बैठकहरूको महत्व बुझे र प्रत्येक राष्ट्रसित त्यसबारे आपत्ति जनाए । त्यसैको सिलसिलामा क्वाडको सुरुआतमा २००७ मा मालावार सैनिक अभ्यासको दायरा विस्तार भएको थियो । त्यसमा जापान, अस्ट्रेलिया र सिङ्गापुरलाई पनि सामेल गरेको थियो । मालावार सैनिक अभ्यास १९९२ देखि संरा अमेरिका –भारत द्विदेशीय संयुक्त युद्ध अभ्यासको रूपमा सुरु भएको थियो । हिन्द महासागरमा हुँदै आएको उक्त सैनिक अभ्यास २००७ मा पहिलोपटक चीनलाई लक्षित गर्दै जापानको ओकिनाबा टापु वरपर भएको थियो
क्वाडको गठनपछिदेखि त्यसले हरेक वर्ष फरक–फरक गतिविधि गर्दै आएको छ । यहाँ उल्लेखनीय कुरा यो छ कि अस्ट्रेलियामा २००८ मा प्रधानमन्त्री केभिन रूडको सरकार रहँदा अस्ट्रेलिया क्वाडबाट पछाडि हटेको थियो तर २०१७ मा अस्ट्रेलिया पुनः गठबन्धनमा फक्र्यो । २०१७ र २०१९ को बीचमा क्वाडको गतिविधि निकै बढ्यो र त्यसको स्टेयरिङ कमिटीको बैठक नै पाँच पटक बस्यो ।
सन् २०१०–२०१२ : चीनमा रहेको सीआईए सञ्जाल उदाङ्गो र नष्ट
द न्युयोर्क टाइम्सले विस्तृत समाचार प्रकाशित गरेअनुसार २०१० र २०१२ को बीचमा चीनले प्रणालीगतरूपमै आफ्नो देशभित्र गुप्तचरी गरिरहेका सीआईएका गुप्तचर सञ्जाल पत्ता लगायो र नष्ट पा¥यो । तीमध्ये केही गुप्तचर कारबाहीको क्रममा मारिए भने दर्जनौँलाई जेलमा हालियो । एक प्रतिवेदनअनुसार सीआईएले चीनमा गुप्तचरी गर्नुलाई उच्च प्राथमिकतामा राखेको थियो । चीनको आक्रामक कारबाहीले चीनभित्रको सीआईएको गुप्तचरी र विध्वंसको अभियान कैयौँ वर्ष पिछडियो । त्यसपछिदेखि संरा अमरिका र चीनबीच ठूलो गुप्तचरी युद्ध सुरु भयो । त्यसपछि संरा अमेरिकाले चीनका सूचनाहरू पाउनका लागि व्यापक सीआईए नेतृत्वको कम्प्युटर ह्याकिङ कारवाहीहरू अगाडि बढायो ।
२००८–२०१९ (हालसम्म ?): चीन सरकार र चिनियाँ उद्योगहरूविरुद्ध व्यापक सीआईए ह्याकिङ कारवाही
मार्च २०२० मा सञ्चारमाध्यमहरूले कोभिड–१९ को त्रास फैलाइरहेको समयमा प्रख्यात चिनियाँ सुरक्षा निकाय ‘क्विहु–३६०’ ले घोषणा ग¥यो कि त्यसले २००८ देखि चीनमा गुप्तचरी गर्न सीआईएले गुप्त ह्याकिङ कारवाही चलिरहेको पत्ता लगाएको छ । भाउल्ट–७ ह्याकिङ टुल्स सार्वजनिक भइसकेपछि सीआईएले चीनका सरकारी निकायहरूका साथै नागरिक उड्डयन, पेट्रोलियम, इन्टरनेट कम्पनीहरूका साथै वैज्ञानिक अनुसन्धान केन्द्रहरूका कम्प्युटरहरू ह्याकिङ गरेको खुलासा भयो । क्विहु सुरक्षा निकायले त्यस हमलाका केही सम्भावित उद्देश्य अनुमान गरेको छ : “सीआईएले विगत ११ वर्षदेखि घुसपैठ गरिरहेको हाम्रो अनुमान छ ।” सीआईएले चीनको र विश्वका अरू कैयौँ देशका गुप्त व्यापारिक जानकारीहरू सङ्कलन गरिसकेको छ । यतिखेर सीआईएले अहिलेको अहिल्यै विश्वको उड्डयनको स्थिति, यात्रुहरूबारेको सूचना, व्यापार दर र अरू सम्बन्धित सूचना निकाल्न सक्ने सम्भावनालाई नकार्न सकिँंदैन । यदि अनुमान सत्य हो भने यी सबै महत्वपूर्ण र गुप्त सूचनाहरू सङ्कलन गरेर सीआईएले के अनपेक्षित कामहरू गर्न सक्छ ? यसबाट के त्यसले सबै महत्वपूर्ण व्यक्तित्वहरूका भ्रमणका योजनाहरू थाहा पाउन, षड्यन्त्र गर्न र त्यसपछि राजनीतिक वा सैनिक दमनको धम्की दिनसक्दैन ?
– सन् २०१८ : ब्लुमबर्गको ‘ठूलो ह्याक’ लेख
हतियारको रूपमा प्रयोग भइरहेका सबैभन्दा अनौठा र खुला कारवाहीका रूपमा झूटा प्रचार गर्ने सञ्चारमाध्यममध्ये ब्लुमबर्गले पनि २०१८ मा पूर्णतया झूटा लेखरचना प्रकाशित गरेको थियो । उसले ठूला अमेरिकी कम्पनीहरूले प्रयोग गर्ने हार्डवेयरहरूमा गुप्तचरी गर्ने चिप्स (मोबाइलको सिमकार्ड र मेमोरी कार्डजस्तोे) राखेको आधारहीन आरोप लगाएको थियो । झूटो आरोपसहितको उक्त लेखरचनाप्रति धेरैले खेद व्यक्त गरेका थिए । त्यस लेखका एक सहलेखक जोर्डन रोवर्टसनले उक्त लेख प्रकाशित भएदेखि केही लेखेका छैनन् । वास्तवमा यो आधुनिक मिडिया र विशेषगरी प्राविधिक पत्रकारिताको सबैभन्दा ठूलो रहस्य रहेको छ । मेरा अनुमानमा कसैगरी षड्यन्त्र रचियो, सीआईएबाट चीनमाथि प्रहार गराइयो । उक्त लेख लेख्नका लागि पुष्टि नभएका सूचनाहरू उपलब्ध गराइयो । त्यस्तै ब्लुमबर्गजस्तै ठूला सञ्चारमाध्यमहरू धैर्यपूर्वक चीनको बारेमा व्यापक झूटले भरिएका लेखरचना प्रकाशित गर्न चाहिरहेका छन् । यही नै साँचो अर्थमा चीनविरोधी सञ्चार कारबाहीको यथार्थ अवस्था हो ।
–२०१४ देखि हालसम्म : हङकङको प्रदर्शनमा संरा अमेरिकाको संलग्नता
‘अक्युपाइ सेन्ट्रल’को नाममा हङकङमा २०१४ देखि पृथकतावादी प्रदर्शन सुरु भयो र २०१९ मा त्यसलाई देखिने गरी चर्काइयो । हङकङ पृथकतावादीहरूको उक्त प्रदर्शनमा अमेरिकी संलग्नताबारे चीनका मात्र होइन विश्वका धेरै सञ्चारमाध्यमहरूले पनि प्रमाणसहित समाचार प्रकाशित गरेका थिए । २०१४ मा ‘पिपुल्स डेली’ को एक रचनामा चीनले नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी (सीआईएको वैधानिक संस्था) का उपाध्यक्ष लुइसा ग्रेभेमाथि प्रदर्शनकारी नेताहरूसित बैठक गरेको आरोप लगाइएको थियो । त्यस्तै अहिले ग्रेभे नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीले प्रायोजन गरिरहेको ‘उइघुर मानवअधिकार परियोजना’ को निर्देशक रहेकी छन् र चीनको पश्चिमी स्वशासित प्रान्त सिन्च्याङको पृथकतावादलाई मद्दत गरिरहेकी छन् । संरा अमेरिकी सरकारका प्रचारमाध्यम ‘रेडियो फ्री एसिया’ र ‘भ्वाइस अफ अमेरिका’ले आचारसंहिता र सेन्सको नियमलाई मेटेरै खुलारूपमा हङकङका पृथकतावादीहरूको समर्थनमा समाचार र कार्यक्रमहरू प्रशारण गरेका थिए । हङकङमा पृथकतावादी प्रदर्शन चरममा पुगेको अवस्थामा सीसीटीभीले एक फेटोग्राफ प्रशारण गरेको थियो जसमा अमेरिकी कूटनीतिज्ञ जुली इडेहले जोशुआ वङ र नाथन ल जस्ता प्रदर्शनकारी नेताहरूसित भेटिरहेकी थिइन् ।
सन् २०१९ मा संरा अमेरिकाले तथाकथित ‘हङकङ मानवअधिकार तथा प्रजातन्त्र कानुन’ पारित गरेर हङकङलाई लिएर संरा अमेरिकाले चीनको आन्तरिक मामिलामा अभद्र हस्तक्षेप ग¥यो । उक्त ऐन अमेरिकी संसद्मा २०१४ मै पेश गरिएको थियो । उक्त ऐनले हङकङमा मानव अधिकारको हनन भएको र अन्य विषयलाई लिएर संरा अमेरिकी सरकारलाई चीनमाथि नाकाबन्दी लगाउने तथा संरा अमेरिका र हङकङबीच व्यापार सम्बन्धको समीक्षा गर्ने अधिकार प्रदान गर्छ ।
– सन् २०१८ देखि हालसम्म :सिन्च्याङमा अमेरिकी विध्वंस
संरा अमेरिकामा रहेका तथाकथित मानव अधिकार सङ्गठनहरू, द एनईडी, अमेरिकी राजनीतिकर्मीहरू र अमेरिकी मिडियाहरूले २०१८ मा चीनको सिन्च्याङ प्रान्तलाई तारो बनाएर व्यापक मनोवैज्ञानिक कारबाही थालनी गरे । यो कारबाहीमा एनईडीको सहयोगमा विश्व उइघुर सम्मेलनको नाममा केही पृथकतावादी उइघुरहरूलाई जम्मा गरेर तथा चीनले उइघुर मुस्लिमहरूलाई –कन्सनट्रेसन क्याम्प (सामूहिक बन्दीगृह) मा राखेको आरोप प्रचार मुख्य हो । ती दावीहरू भने पूर्णतया आधारहीन छन् किनभने चीनले सिन्च्याङमा हुनसक्ने कट्टरपन्थीकरणलाई रोक्न बन्दीगृहको विकल्पको रूपमा सीप तालिम केन्द्र र आवासीय विद्यालयहरू सञ्चालन गरेको हो । सिन्च्याङका बारेमा गरिएका झूटा प्रचार खण्डन गर्न चीन सरकारले विस्तृत श्वेतपत्र पनि प्रकाशित गरिसकेको छ । अमेरिकी मिडियाहरूले उल्लेख नगरेको एउटा तथ्य १९९० को दशकमा सिन्च्याङ अलकायदामा आबद्ध ‘तुर्किस्तान इस्लामिक पार्टी’ लगायत कैयौँ आतङ्कवादी सङ्गठनहरूको चलखेलको भूमि बनेको थियो । २०१७ सम्मै त्यहाँका नागरिकविरुद्ध कैयौँ आतङ्ककारी हमलाहरू भएका थिए । त्यसपछि बाध्य भएर चीनले कट्टरपन्थीकरणविरुद्धको बृहत् अभियान सञ्चालन गरेको थियो । २०१७ पछि भने देखिनेगरी कुनै आतङ्ककारी हमला भएको छैन ।
यहाँ उल्लेखनीय तथ्य के छ भने विश्व उइघुर कङ्ग्रेसले अहिले सीआईए सञ्चालित संस्था एनईडीबाट मनग्य आर्थिक सहायता पाउँदै छ । विश्व उइघुर कङग्रेसको पूर्ववर्ती संस्था विश्व उइघुर युवा कङ्ग्रेसले २०१९ मा अमेरिकी सरकारबाट डेमोक्रेसी अवार्ड (प्रजातन्त्र पुरस्कार) प्राप्त गरेको थियो । विश्व उइघुर युवा कङ्ग्रेसलाई चीनले भने २००३ देखि नै आतङ्ककारी सङ्गठनको सूचीमा राख्दै आएको थियो । अर्को शब्दमा चीनले आतङ्ककारी सङ्गठन घोषणा गरेका सङ्गठनहरूलाई संरा अमेरिकी सरकारले सक्रियतापूर्वक आर्थिक तथा अन्य सहयोग गरिरहेको छ ।
माथि उल्लेख भइसकेकै छ, सिन्च्याङ अमेरिकी साम्राज्यवादको प्रहारको तारो बनिरहेको छ किनभने ‘बेल्ट एन्ड रोड परियोजना’ मा यस क्षेत्रको ठूलो महत्व छ र चीनलाई मध्य एसिया र पश्चिममा युरोपसम्म जोड्ने मार्गहरू यही क्षेत्र भएर जाने गर्छन् । स्मरण रहोस् अहिले सिन्च्याङको राजधानी उरूम्चीबाट इरानको राजधानी तेहरानसम्म सीधा रेलसेवा सञ्चालनमा आइसकेको छ ।
– २००९ देखि हालसम्म :दक्षिण चीन सागर र अमेरिकी जलसेनाको उत्तेजनात्मक कारबाही
दक्षिण चीन सागरसम्बन्धी विवाद एकातिर लामो समयदेखि समाधान हुन नसकेको एउटा अन्तर्राष्ट्रिय मुद्दा रहेको छ भने अर्कोतिर संरा अमेरिका यस विवादमा चीनविरुद्ध सामेल भइरहेको छ । अमेरिकी जलसेनाका बेडाहरूले लगातार प्रशान्त महासागरका पश्चिमी तटहरूमा जस्तो गरिरहेको र त्यहाँ आफ्ना सेनाका आधार शिविरहरू सक्रिय राखेको अवस्थामा संरा अमेरिकाले दक्षिण चीन सागरमाथि चीनको सार्वभौमसत्तालाई मान्दैन र त्यहाँ आफ्नो स्वार्थ खोजिरहेको छ भनी निश्चितरूपमा भन्न सकिन्छ । अमेरिकी जलसेनाको प्रशान्त महासागरदेखि मलाका जलडमरू पार गरेर हिन्द महासागर र पर्सियाली खाडीसम्मको आक्रामक गतिविधिले पूर्वी एसिया र समग्र एसियामै युद्धको आह्वान नजिकिंँदै आएको अनुभूत हुन्छ ।
–२०१८ देखि हालसम्म : हुवावे र जेडटीईविरुद्ध प्रविधि युद्ध
चीनको आर्थिक वृद्धिलाई रोक्ने दाउपेचको एक भागका रूपमा संरा अमेरिकाले चीनका हाइटेक (उच्च प्रविधि) क्षेत्रजस्तो उच्च मूल्यका उद्योगहरूमाथि तारो बनाइरहेको छ । अगस्ट २०१८ मा अमेरिकी सङ्घीय सरकारले हुवावे र जेडटीईजस्ता चिनियाँ कम्पनीहरूलाई आफ्नो देशमा प्रतिबन्ध लगाउने प्रावधानसहितको एनडीएए घोषणामा हस्ताक्षर ग¥यो । त्यस्तै डाहुआ टेक्नोलोजी, हाइटेरा र हिकभिजनजस्ता चिनियाँ कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगायो । त्यसमा एउटै कारणका रूपमा ‘सुरक्षा चासो’ लाई दिइएको थियो । ती कदमको उद्देश्य प्रस्ट छ ः चीनको सबैभन्दा सफल हाइटेक उद्योगहरूलाई बाँकी विश्वसित अलग्याउने । हुवावे विश्वमै सबैभन्दा ठूलो स्मार्ट फोन निर्माता कम्पनी हो र कैयौँ मापदण्डका आधारमा चीनको सबैभन्दा महत्वपूर्ण कम्पनीमध्ये एक हो । सन् २०१८ मा जब संरा अमेरिकाको इसारामा क्यानाडामा हुवावेका प्रमुख कार्यकारी अधिकृत मेङ वाङचाउलाई नाटकीयरूपमा पक्राउ गरियो, चीन र पश्चिमाहरूबीचको तनाव चुलियो । मेङ वाङचाउमाथि इरानमाथिको प्रतिबन्ध तोडेकोलगायत ५५ वटा अभियोग लगाइएको थियो ।
–२०१८ देखि हालसम्म : चीनविरुद्ध अमेरिकी व्यापार युद्ध
संरा अमेरिकी पुँजी र चीनबीचको मोलमोलाइ असफल भएको सबैभन्दा सुनिने सङ्केत सायद ट्रम्पले २०१८ मा सुरु गरेको व्यापार युद्ध हो । चीनको आर्थिक सुधार भएदेखि पहिलोपटक अमेरिकी सरकारले यति व्यापकरूपमा चीनको ‘अनफेयर सिस्टम्स’ बारे गुनासो गरेको हो । संरा अमेरिकाले चीनविरुद्ध थालेको व्यापार युद्धका क्रममा याद गर्नुपर्ने एउटा महत्वपूर्ण विषय उसले चीनको समाजवादी प्रणालीबारे गरेको वास्तविक आपत्ति हो । संरा अमेरिकाले चनिविरुद्ध गरेका अधिकांश गुनासो चीनले राज्य क्षेत्रलाई बलियो बनाउन चालेको कदम र आईपी ट्रान्सफर, एसओईहरूप्रति विशेष व्यवहार आदिजस्ता संयन्त्रहरूको स्थापनाप्रति लक्षित छन् । व्यापार युद्ध यथार्थमा चीनलाई आफ्नो समाजवादी व्यवस्था त्याग गर्न बढाइएको दबाब हो ।
हुन त व्यापार युद्धलाई मत्थर पार्ने हिसाबले संरा अमेरिका र चीनबीच ‘पहिलो चरणको सम्झौता’ भइसकेको छ तर त्यस सम्झौताको वास्तविक कार्यान्वयन र अगाडिको सम्झौता अझै अनिश्चित छ । दोस्रो चरणको वार्ता र सम्झौता संरचनागत विषयमा केन्द्रित हुने बताइएको छ तर अहिलेसम्म वार्ता सुरु हुने कुनै छाँटकाँट देखिएको छैन । कोभिड– १९ को सङ्कटले पनि व्यापार युद्ध र सम्झौता वार्ताहरू पछाडि सार्दै लान बहाना मिलिरहेको छ ।
संरा अमेरिकामा डेमोक्रेटिक पार्टीले पनि राष्ट्रपति ट्रम्पले थालेको व्यापार युद्धको विरोधमा स्पष्टरूपमा कुनै गतिविधि गरेको थिएन बरु ‘चीनलाई जिम्मेवार बनाउने अभियान’ र ‘चीनको अनफेयर व्यापारिक व्यवहार’ को विरोधका लागि संरा अमेरिकाले गठबन्धन निर्माण गर्नुपर्छ भनी जोड दिएको थियो । राष्ट्रपतिमा निर्वाचित हुनुपूर्व जो बाइडेनले ‘पहिलो चरणको सम्झौता’ का बारेमा भनेका थिए : “यसले वास्तविक मुद्दाहरूलाई विवादको जडसम्म पुगेर वास्तवकै समाधान गर्दैन, औद्योगिक अनुदानहरू, राज्य सञ्चालित उद्योगहरूलाई सहयोग, साइबर चोरी र व्यापार तथा प्रविधिको क्षेत्रमा चीनको लालचयुक्त व्यवहारहरू सुधार्नमा सहायक छैन ।” चीनविरुद्धको व्यापार युद्धमा संरा अमेरिकामा दुई शासक पार्टीहरूबीच सहमति नै रहेको छ ।
-The war on China_
– Izak Novak Blog (January 2, 2020)
अनुवाद : प्रकाश
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *