भर्खरै :

दुई ऐतिहासिक पुस्तिकाबारे

विसं २०४० को दशकमा प्रकाशित ‘मा.ले. समूहको सैद्धान्तिक ठम्याइको एक सिंहावलोकन’ र ‘चौथो महाधिवेशनको सैद्धान्तिक ठम्याइको सिंहावलोकन’ दुई ऐतिहासिक पुस्तिका हुन् । यी दुई पुस्तिकाले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासका केही सन्दर्भ उजिल्याई कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचार र ‘वामपन्थी’ अवसरवादी रोगको खण्डन गर्दछन् । तत्कालीन समयमा माले समूहको राजनैतिक ठम्याइ र बाटो, चौथो महाधिवेशनको सैद्धान्तिक ठम्याइ कति गलत थियो त्यसमा कति केटाकेटीपन थियो भन्ने पुष्टि यी पुस्तिकाले गर्छन् । यी पुस्तिकालाई ऐतिहासिक राजनीतिक दस्तावेजको रूपमा अध्ययन गर्न जरुरी छ । नेपालको कम्युनिस्ट आन्दोलनमा आफूलाई सबैभन्दा ठूलो कम्युनिस्ट, क्रान्तिकारी र वामपन्थी भन्नेहरूका विरामहरू यी पुस्तिकाले उजागर गर्छन् । ती विरामहरू नपल्टाए कम्युनिस्ट आन्दोलनको इतिहास अध्ययन अपुरोमात्र होइन सही पनि हुने छैन । कम्युनिस्ट आन्दोलनभित्रको सही सैद्धान्तिक तथा वैचारिक सङ्घर्ष उजागर गर्ने यी पुस्तिका बजारमा भेटाउन भने मुस्किल छ । नेमकिपाको ऐतिहासिक राजनीतिक दस्तावेज एवम् पुस्तकहरूको सङ्कलनमा यी पुस्तिकाहरू सङ्ग्रहित छन् ।
नेमकिपाको जन्म नेपालको कम्युनिस्ट आन्दोलनमा किन अपरिहार्य थियो ? कम्युनिस्ट आन्दोलनलाई नेपाल मजदुर किसान सङ्घ (रोहित समूहले) कसरी मार्गनिर्देश ग¥यो ? यी प्रश्नहरूको जवाफ पुस्तिकामा छन् । का. रोहितका विचारहरू समयक्रमले सही प्रमाणित ग¥यो ।
माक्र्सवाद–लेनिनवाद तथा माओ त्से तुङ् विचारधाराको सैद्धान्तिक आधारशिलामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र राजनैतिक घटनाक्रमको विश्लेषणसँगै नेपालको कम्युनिस्ट आन्दोलनको विश्लेषण यी दुई पुस्तिकामा छन् । पुस्तिकाहरूले का. रोहितको स्पष्ट सैद्धान्तिक अडान तथा वैचारिक सङ्घर्षको सिलसिला प्रस्तुत गर्छन् । का. रोहितको दूरदृष्टि र सही राजनैतिक विश्लेषणले नेपालको कम्युनिस्ट आन्दोलनलाई धेरै पटक दुर्घटनाबाट जोगाएको दृष्टान्तहरू छन् । माले समूह र चौथो महाधिवेशनको राजनैतिक एवम् सैद्धान्तिक ठम्याइको सिंहावलोकनले कम्युनिस्ट आन्दोलनलाई सही मार्ग प्रदान गर्न सघाएको अनुभूति मिल्छ ।
वर्तमान राजनैतिक वृत्तमा पुरानो माले प्रवृत्ति र चौथो महाधिवेशन प्रवृत्ति हराइसकेको छैन । संशोधनवादी विचार तथा उत्ताउला वामपन्थी विचारका कारण आज पनि कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमै छ । इतिहासका पानाहरू पल्टाई वर्तमान राजनैतिक परिस्थितिको विश्लेषण र अध्ययन गर्दा फलदायी नै होला अर्थात् माले, एमाले, नेकपाको खास प्रवृत्ति बुझ्न इतिहासका यी पानाहरूले सघाउलान् ¤ दुई पुस्तिकाको छुट्टाछुट्टै सङ्क्षिप्त चर्चा गर्नु उपयुक्त होला ¤
नेपालको कम्युनिस्ट आन्दोलनमा आफूलाई चर्को क्रान्तिकारी सम्झने उत्ताउला वामपन्थीहरूको एक जमातले २०२८ सालमा ‘को के’ नाउँको एक समूह खडा गरी नेपालमा क्रान्तिको लागि जबर्जस्त परिस्थिति छ भनी फलाक्दा महेशजीले यस पुस्तिकामार्फत तिनको ठम्याइलाई वामपन्थी दुस्साहसवादको संज्ञा दिनुभयो । त्यो समूहले अरूका जनसङ्घर्षहरूलाई बेकार देख्यो । तिनको विचार, बाटो र तरिका विश्लेषण गरी महेशजीले ती रूसका नरोदवादीहरूकै बाटोमा हिँडेको प्रस्ट पार्नुभयो ।
राजनीतिक आन्दोलनमा गलत ठम्याइ राख्नेहरू क्षणभरका निम्ति चम्किलो देखिए पनि कालान्तरमा पानीको फोकाझँै क्षणभङ्गुर भएर बिलाएको इतिहास नेपालकै राजनीतिक इतिहासमा भेटिन्छ । माले र चौथो महाधिवेशनको सिद्धान्त, नीति तथा व्यवहार त्यस्तै थियो । तिनीहरूको नीति फेराइको लेखाजोखा नै छैन । आफ्नो नीतिमा अडान लिन नसक्ने रोगबाट ग्रसित थिए । आज पनि ती पुरानो रोगबाट ग्रसित नै छन् ।
माले समूहले ‘झापा विद्रोह’ लाई क्रान्तिकारी लाइन मान्यो । पछि त्यो उग्रवाद भयो भन्दै आत्मालोचना ग¥यो । प्रतिक्रियावादी सङ्घ–संस्थामा काम गर्ने नीति बोकेको माले समूहले जनमत सङ्ग्रह र आमनिर्वाचन बहिष्कार ग¥यो । मालेको सैद्धान्तिक तथा राजनीतिक सुझबुझ कति सही या गलत ? यो प्रश्नको सेरोफेरोमा पुस्तिकाले आलोचनात्मक विश्लेषण प्रस्तुत गर्छ । तत्कालीन समयमा नेपाली जनताको अन्तरसम्बन्ध मूल रूपमा सामन्तवादसँग मात्र हो भन्ने ठम्याइ खोटपूर्ण थियो । सामन्तवाद केमा आश्रित छ ? सामन्तवादलाई कसले र केले संरक्षण गर्दै आएको हो भन्ने हेक्का मालेले राख्न सकेन ।
झापाली गुटले राष्ट्रिय क्रान्ति नगरिकन जनवादी क्रान्ति सफल हुँदैन भन्ने खोटपूर्ण तर्क अघि सा¥यो । वास्तवमा अध्यक्ष माओका अनुसार राष्ट्रिय क्रान्ति र जनवादी क्रान्ति एक भिन्न र संयुक्त दुई मुख्य कामहरू हुन् । राष्ट्रिय क्रान्ति र जनवादी क्रान्तिलाई क्रान्तिका दुई फरक–फरक खुड्किलाको रूपमा सोच्नु भूल हो ।
अध्यक्ष माओलाई विश्व क्रान्तिका प्राधिकार मान्ने र माओ त्सेतुङ विचारधारालाई माक्र्सवाद–लेनिनवादभन्दा सर्वोच्च स्थानमा राख्ने तथा आफ्नो देशमा जस्ताको तस्तै व्यवहारमा प्रयोग गर्ने । गुरिल्ला पद्धतिले मात्र सङ्घर्षलाई उठाउन सकिने र त्यसका निम्ति चारू मजुमदारको ‘वर्गशत्रु खत्तम अभियान’ को लाइन समात्ने । मालेका यी दुई ठम्याइ सैद्धान्तिकरूपमै गलत भनी पुष्टि यस पुस्तिकाले गर्छ ।
माक्र्सवाद–लेनिनवादलाई चीनको भूमिमा चिनियाँ परिस्थितिसँग गाँसी, चिनियाँ क्रान्ति सफल पारी माओ त्सेतुङ विचारधाराको जन्म भएको हो । माओ त्सेतुङ विचारधारा अन्य देशका निम्ति व्यावहारिक नहुन पनि सक्छ भनी स्वयम् अध्यक्ष माओले बताउनुभएको छ । त्यसकारण, माओ त्से तुङ विचारधारा माक्र्सवाद–लेनिनवादको सर्वोच्च रूप होइन, विकसित रूप भने जरूर हो । अध्यक्ष माओलाई आफ्नो अध्यक्ष मान्ने भारतका नक्स्लाइटहरू र नेपालका माले गुट अव्यावहारिक मात्र होइनन् गलत प्रमाणित भए । नेपालको कम्युनिस्ट आन्दोलनमा माओ त्से तुङ विचारधारा, चिनियाँ क्रान्ति र नेता माओलाई बदनाम गर्न ‘माओवादी’ हरूको जन्म भएको बिर्सन सकिन्न ।
चारू मजुमदारको ‘वर्गशत्रु खत्तम अभियान’ लाई गुरिल्ला युद्धको महान् लाइनको रूपमा ग्रहण गर्नु व्यक्तिहत्या र अराजकतावादी लाइन थियो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले व्यक्तिहत्या र अराजकतावादी लाइनलाई गलत अर्थात् कम्युनिस्टविरोधी लाइनको रूपमा प्रमाणित गरिसकेको अवस्था थियो । चारू मजुमदारले नरोदवादी विचार अघि बढाएको विश्लेषण पुस्तिकाका लेखक महेशजीले गर्नुभएको छ । साथै, झापाली गुटको व्यक्तिहत्याले सामन्तवादी व्यवस्थाविरोधी आन्दोलन उठाउनुभन्दा पञ्चायती र प्रतिक्रियावादी शक्तिलाई बल प्रदान गरेको लेखक बताउनुहुन्छ । झापा विद्रोह नेपालको कम्युनिस्ट आन्दोलनमा अराजकतावादी गतिविधि, वामपन्थी अवसरवाद तथा दुस्साहसवादको रूपमा बदनाम छ । एक फिलिङ्गो आगोले देशभर डढेलो लगाउने सिद्धान्त फगत पानीको फोकासरी बिलायो ।
हतियार मात्र उठाएर या मान्छेको टाउको मात्र काटेर परिवर्तन सम्भव हुँदैन । सङ्घर्षको तरिका सही हुनुपर्दछ भन्ने विचार पुस्तिकामा छ । का. रोहितको भनाइ उद्धृत छ, “हाम्रा उत्ताउला कम्युनिस्टहरू क्रान्ति र क्रान्तिको जबरजस्ति परिस्थितिको साह्रै फलाको गर्छन् । तर, तिनीहरू सर्वहारावर्ग र सारा कामदार तथा शोषित जनतालाई क्रान्तिका निम्ति तयार गर्ने र कष्टपूर्ण काम कहाँ गर्छन् ? चिनियाँ कम्युनिस्ट पार्टीले पनि क्रान्तिकारीहरूको काम क्रान्तिकारी शक्ति जम्मा गर्न कष्टपूर्ण काममा ध्यान केन्द्रित बनाउनुपर्ने, सङ्घर्ष गर्न सिकाउनुपर्ने, तातै खाऊँ जल्दै मरूँ नीतिले क्षति हुने शिक्षा प्रदान गरेको थियो ।” क्रान्तिको वस्तुगत र मनोगत परिस्थितिको विश्लेषण नगरिए दुर्घटना हुन सक्नेप्रति पनि सचेत बनाएको थियो । वामपन्थी र दक्षिणपन्थी दुवै अवसरवादले क्रान्ति र कम्युनिस्ट आन्दोलनलाई विफल बनाउँछ । पुस्तिकामा सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहाससँग जोडेर नरोदनिक र नरोदवादको विषयमा मिहिन चर्चा गरिएको छ । नरोदवादलाई चारू मजुमदारको लाइन र चारूको लाइनलाई झापाली गुट अर्थात् माले गुटको लाइनसँग जोडेर तुलनात्मक अध्ययन र विश्लेषण महेशजीले गर्नुभएको छ । पुस्तिकामा प्रस्ट उल्लेख छ – “जसरी रूसमा नरोदनिक विचारको विरोध गरेर माक्र्सवाद फस्टाउन सक्यो, त्यसरी नै भारत र नेपालमा व्यक्तिहत्या, आतङ्कवाद, अराजकतावाद, वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादविरुद्ध निर्णायक सङ्घर्ष गरेरमात्र माक्र्सवाद फस्टाउन सक्दछ ।” यो विचार आजभन्दा ४५ वर्षअघि जति सान्दर्भिक थियो आज पनि उत्तिकै ओजपूर्ण छ ।
माले समूहले तत्कालीन नेपाल मजदुर किसान सङ्घ (रोहित समूह) अर्थात् नेपाल मजदुर किसान पार्टीलाई विभिन्न आक्षेप लगाएको थियो । पुस्तिकामा महेशजीले प्रत्येक आरोपको सटिक जवाफ दिनुभएको छ । माले गुट आफै कठमुलावादी र मनोगत प्रवृत्तिबाट ग्रसित भएका थुप्रै दृष्टान्त पुस्तिकाभित्र छन् ।
प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर देश र जनताको सेवा गर्ने लेनिनवादी नीतिलाई मालेले बङ्ग्यायो । का. रोहितले प्रतिक्रियावादी सङ्घ–संस्थामा गएर जनताका लागि काम गर्नु के हो व्यवहारमा उतार्नुभयो । हरेक चुनावलाई जनताको पक्षमा उपयोग गर्नुभयो । स्कूल, कलेज, वर्गीय सङ्गठन, पञ्चायत, अड्डा–अदालत, कल–कारखाना, सहकारी संस्था लगायतमा जनताका प्रतिनिधिहरू रहनुपर्ने विचार का. रोहितको हो । चुनावलाई बहिष्कार गर्नु र २० औँ वर्ष पार्टीलाई जनताबाट अलग राख्ने माले र चौथो महाधिवेशनको ठम्याइ गलत साबित भयो । का. रोहितकै भनाइअनुसार बहिष्कारको नीतिले वर्ग शत्रुलाई सजिलैसित जनतामाथि हुकुम चलाउन दियो । कानुनी सङ्घर्ष नै नकानुनी सङ्घर्षको पूर्वाधार हुने हुँदा निरन्तर जनसेवामा पार्टी जुट्नुपर्ने विचार का. रोहितको हो ।
का. रोहित भन्नुहुन्छ –“संसद् वा चुनाव जनतालाई उठाउने र शिक्षित पार्ने एक माध्यम हो । तर, त्यसमा बढी महत्व दिनाले माक्र्सवाद वा मजदुर वर्गको सिद्धान्त र हितप्रति विश्वासघात हुनेछ ।” २०१७ सालपछि चुनावमा भाग लिने नेमकिपालाई तत्काल विभिन्न आरोप लगाइयो । तर, आखिरमा सम्पूर्ण पार्टी नेमकिपाकै लाइनमा आए । फरक के हो भने ती सिद्धान्तमा टिकेनन् । का. रोहित सिद्धान्तनिष्ठ नेताका रूपमा परिचित हुनुहुन्छ । सिद्धान्तमा अलिकति पनि सहुलियत दिनु हिमालयमा चिप्लेटी खेल्नु जत्तिकै हुने बताउनुुहुन्छ का. रोहित । नेपालमा मालेदेखि एमाले र अहिले नेकपा सिद्धान्तमा निरन्तर चिप्लिरहेको कारण देशले आजको अवस्था भोग्न परेको बुझ्न गाह्रो छैन ।
शान्तिपूर्ण आन्दोलन र संसद्वादबाट क्रान्ति हुन्न, सशस्त्र क्रान्तिबाटै समाजवादी बन्दोवस्त र जनताको व्यवस्था सम्भव छ, विस्तारवादी र साम्राज्यवादी तत्वविरुद्धको अन्तिम युद्ध सम्भव छ । तर, नेपालमा कम्युनिस्ट पार्टी पुँजीवादी संसदीय संस्कार लिएर नै जन्म्यो । उत्ताउला विचार, व्यक्तिहत्या, अराजकतावादी विचार कालान्तरमा संशोधनवाद र दक्षिणपन्थी अवसरवादमा पतन भयो । नेपालको कम्युनिस्ट आन्दोलनका निम्ति दुःखद पक्ष बन्यो । माले समूह र चौथो महाधिवेशनका थुप्रै गलत ठम्याइलाई पुस्तिकाले छ्यासेको छ ।
चौथो महाधिवेशनले किसान वर्गको सवालमा राखेको ठम्याइ गलत र अस्थिर थियो । एकातिर किसानलाई ‘क्रान्तिकारी’ भनियो भने अर्कोतिर आत्मसमर्णवादी पनि भनियो । चौमले सोभियत रूसलाई पतनतर्फ लाने खु्रश्चेभ र ब्रेजनेभलाई संशोधनवादी र सामाजिक साम्राज्यवादी भन्न मिल्दैन भनी दाबी ग¥यो । चीनलाई संशोधनवादको संज्ञा सो महाधिवेशनले दिनु गलत ठम्याइ थियो । वास्तवमा चौथो महाधिवेशनको ठम्याइ संशोधनवादी थियो । कम्युनिस्टहरूले यदि शान्तिपूर्ण र सुगम तरिकाले नै आफ्ना उद्देश्यहरू प्राप्त गर्न सम्भव हुन्छ भने त्यसलाई छोडेर युद्धको कठिन पथ मनपराउनुपर्ने कुनै कारण छैन भन्ने चौमको विचार के संशोधनवादी थिएन ? चौमले हरेक राजनैतिक सङ्घर्षलाई ‘सक्रिय बहिष्कार’ ग¥यो । चौमले २०३६ साल २४ भाद्रको जन–आन्दोलनको हितको पक्षमा गलत समझदारी राखेको पाइन्छ । चौमले सुरुदेखि नै बहुदलको प्रचारप्रसारलाई बाधा पु¥याई निर्दललाई मद्दत गरेको दृष्टान्त पुस्तकमा छ । चौमको प्रतिक्रियावादीसित सत्तासीत सम्झौता र साँठगाँठ रहेको थियो । त्यतिमात्र होइन ‘जनमतसङ्ग्रह’ को सक्रिय बहिष्कारले पनि चौमको लाइन प्रस्टिन्छ । पुस्तिकामा लेखिएको छ –“चौथो महाधिवेशनका वरिष्ठ नेता मोहनविक्रम सिंहकै ठम्याइ मनोगतवादी, सङ्कीर्ण, समूहगत स्वार्थले ग्रसित र अवसरवादी हुन्छ भने अरूको त कुरै छोडौँ ¤”
जनताको व्यापक राजनैतिक चेतनाको विकास नगरी ‘सशस्त्र क्रान्ति’ र छापामार युद्धको नारा दिनु चौमको वामपन्थी अवसरवादी नीति हो । राजनैतिक सङ्घर्षको बहिष्कार गर्नु चौमको दक्षिणपन्थी अवसरवाद हो । चौमको दुवै नीतिले विद्यमान प्रतिक्रियावादी व्यवस्थालाई नै सघाएको भन्ने ठम्याइ यस पुस्तिकाको हो । चौमले पछि आर्थिक सङ्घर्षको नारा दियो । “किसान पार्टी, निम्न पुँजीवादी पार्टी, मजदुर किसान खिचडी पार्टी” भनी चौमले का. रोहित पक्षलाई खुबै गाली दियो । चौमले क्रान्तिको परिस्थिति कहिल्यै देखेन तर रोहित पक्षलाई भने क्रान्तिको परिस्थिति तयार भएको बताउँथ्यो ।
का. रोहित पक्षको सैद्धान्तिक अडान र किसान आन्दोलनको निर्णयात्मक महत्वलाई चौमले स्वीकार ग¥यो । तर, का. रोहितको सिद्धान्त स्वीकारेको भन्न सकेन । चौम र मोहनविक्रम सिंहले चीनलाई ५ वर्षको छोटो समयलाई मूल्याङ्कन गरी चिनियाँ क्रान्तिको प्रक्रिया र कम्युनिस्ट पार्टीको मूल्याङ्कन गर्नु खोटपूर्ण थियो । पत्रपत्रिकाको आधारमा मूल्याङ्कन गर्नु त मनोगतवादी र भावुकताको परिचय दिनुमात्र हो भन्नुहुन्छ महेशजी । पुस्तिकामा लेखिएको छ – “नेपालमा कम्युनिस्ट आन्दोलन सुरु भएको करिव तीन दशक त्यसको सही मूल्याङ्कन नै चौथो महाधिवेशनले गर्न सकेन । जुन आफ्नो सामुन्नेको कुरा हो । आफ्ना अगाडि रहेका विषयलाई त चौथो महाधिवेशनले गहनरूपले अध्ययन गरेको छैन भने चीनको विषयमा गहिरो अध्ययन त्यसमाथि ५ वर्षभित्र गरेँ भन्नु त सूर्यको अगाडि दियो देखाउन खोज्नु मात्र हो ।” यस्ता थुप्रै–थुप्रै गलत समझदारी अर्थात् गलत ठम्याइहरूको सिंहावलोकन पुस्तिकामा पाइन्छ ।
माले गुट र चौथो महाधिवेशनको राजनैतिक तथा सैद्धान्तिक ठम्याइको सिंहावलोकनका लेखक महेशजीप्रति आभार । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका गलत ठम्याइहरूबारे बुझ्न छुटाउन नहुने दुई ऐतिहासिक पुस्तिकाको पुनः प्रकाशनले नयाँ पाठक या पुस्ताकै ज्ञानको घेरा फराकिलो बनाउने निश्चित छ । पुस्तिकाहरू पठनीय मात्र होइनन् राजनीतिक दस्तावेज र सैद्धान्तिक सङ्घर्षको दस्तावेजको रूपमा अत्यन्त सङ्ग्रहणीय पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *