अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँसित लेखक पत्रकारहरूको भेटघाट कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले लेखन र पत्रकारिता पनि वर्गीय सोचाइबाट अलग्ग नहुने उल्लेख गर्दै बहुमत कामदार वर्गका जनताको हित र क्रान्तिका निम्ति लेख्नुपर्नेमा जोड दिनुभयो ।
कतिपय लेखक र मानव अधिकारवादी भन्नेहरूमा पनि गलत बुझाइ रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “समाजवादी व्यवस्थामा जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चितता राज्यले गर्ने तर पुँजीवादी प्रजातन्त्रमा त्यस्तो बन्दोबस्त हुने गर्दैन । आफूलाई मानव अधिकारकर्मी दाबी गर्ने कतिपय व्यक्तिहरू समाजवादी व्यवस्थामा मानव अधिकार हुँदैन भन्छन् । मानिसले भोकमुक्त भई इज्जतपूर्वक बाँच्न पाउनु नै सबैभन्दा ठूलो मानव अधिकार हो । शिक्षा, स्वास्थ्य, रोजगार र नागरिक अधिकार त्यसपछि क्रमशः आउने गर्छ ।”
उहाँले अरूका पत्रपत्रिका र लेखहरू पनि पढ्ने बानी गर्नुपर्ने बताउँदै त्यसबाट वर्ग शत्रुले फैलाएका झूटा प्रचारको बेलैमा खण्डन र जवाफ लेख्न सकिने प्रस्ट पार्नुभयो ।
आकर्षक शब्दहरूको थुप्रोले मात्रै लेख–रचना नहुने बरू भन्न खोजेको कुरा सरल र स्पष्टरूपमा लेख्नुपर्ने औँल्याउँदै उहाँले लेखक र पत्रकारहरू अनावश्यक र विवादास्पद शब्द प्रयोगबाट बच्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा ‘श्रमिक’ साप्ताहिकका प्रकाशक एवम् नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले पत्रकारहरूले बदलिँदो समयअनुसार नयाँ नयाँ प्रविधि पनि सिक्दै र प्रयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकारिता पेशा नै चुनौतीपूर्ण र दुःखको पेशा भएको उल्लेख गर्दै उहाँले सत्ताको विपक्षमा आस्थाको पत्रकारिता गर्न अझ बढी धैर्य चाहिन्छ भन्नुभयो ।
सभापतिको आसनबाट पत्रकार समाज नेपालका उपाध्यक्ष उद्धव सुजखुले देश र जनताको हितलाई ध्यानमा राखेर पत्रकारिता गर्दा र लेख रचना लेख्दा जीवनमा मैले केही गर्न सकिनँ भन्ने पछुतो नहुने बताउनुभयो ।
कार्यक्रममा मजदुर दैनिकका सम्पादक नीरज लवजूले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा ‘मजदुर’ दैनिक, ‘श्रमिक’ साप्ताहिकलगायत विभिन्न सञ्चारमाध्यममा पत्रकारिता गरिरहेका पत्रकार र लेखकहरूले आ–आफ्ना अनुभव र सुझावहरू व्यक्त गर्नुभएको थियो ।
Leave a Reply