भर्खरै :

कोभ्याक्स विश्वका २० देशमा दुई करोड मात्रा पठाइयो

जेनेभा, ६ मार्च (सिन्ह्वा) । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरू पठाइएको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले नेतृत्व गरेको कार्यक्रमअनुसार यो सहायताको खोप हो । यो कोभ्याक्सको मात्राका खोपहरू विश्व स्वास्थ्य सङ्गठनले अनुदानस्वरुप विश्वका देशहरूलाई उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो ।
यी खोपहरू यसै हप्ताको सुरुआतदेखि खासगरी अफ्रिकाका देशहरूमा पठाइएको हो । यो अनुदानको खोप वितरण गर्ने कार्यक्रम खासमा घानाबाट सुरु भएको थियो । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस आधनम गेब्रियससले सो कुराको जानकारी दिनुभएको हो । उहाँले आगामी हप्ता पनि यो खोप वितरणको कार्यक्रम रहेको बताउनुभयो ।
आगामी हप्ता पनि बढीजसो अफ्रिकी देशलाई नै यो खोप दिइने छ र आगामी हप्ता यो कार्यक्रमअन्तर्गतका करिब १ करोड ४० लाख मात्रा खोपहरू अरु विभिन्न ३१ देशलाई उपलब्ध गराइने छ ।
खोप वितरण अहिले निकै सानो सङ्ख्यामा रहेको तर यसलाई पछि बढाइने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभएको छ अहिलेसम्म त यो खोप विश्वका यो कार्यक्रमअनुसारका खोप वितरण गरिएका देशका २ देखि ३ प्रतिशत मात्र नागरिकलाई यो खोपको मात्रा पुगेको पनि उहाँले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनले विश्वमा खोप खरिद गर्नसक्ने अवस्था नरहेका अथवा खोपमा पहुँच नपुगेका गरिब देशहरूलाई सुरुमा यो खोप अनुदानमार्फत दिइने गरी वितरणको कार्यक्रम बनाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *