भर्खरै :

संसद्को सातौँ अधिवेशन

आजबाट प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरू हुँदै छ । पुस ५ गते प्रधानमन्त्रीले ताजा जनादेशको लागि चुनावको घोषणा गरेका थिए । यद्यपि, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रमको निर्णयलाई उल्टाइदिएपछि आज पुनःस्थापित तल्लो सदनको बैठक बस्न लागेको हो । रूपमा प्रतिनिधिसभा पुनःस्थापित भए पनि यसको मूल आन्तर्यमा भने परिवर्तन भइसकेको छ ।
बहुमत प्राप्त सत्तारूढ दल नेकपा विभाजित भएर दुई दल बनेका छन् । नेकपाको एउटा खेमा आज सरकार जोगाउन र अर्को खेमा सरकार ढाल्नेतर्फ उद्यत्त छ । एउटा खेमा सरकारका उपलब्धिको बखान गरिरहेको छ भने अर्को दल सरकारको खेदो खनिरहेको छ । प्रतिपक्ष राजनीतिमा कच्चा देखिएको प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस हिजोको संसद्मा जति कमजोर देखिएको थियो, आज पुनःस्थापित सदनमा राजनीतिकरूपमा बलियो बनेको छ ।
प्रतिनिधिसभाले गर्नुपर्ने जिम्मेवार थुप्रै छन् । विधेयक, कानुन संशोधनलगायत निर्दिष्ट कामको सूची लामै छ । तर, आजबाट बसिने प्रतिनिधिसभाको अधिवेशनको मूल ध्यान भने ती जिम्मेवारीमा केन्द्रित हुने अवस्था छैन । बरू, सरकारको प्रतिकार गर्ने र सरकारमाथि हमला गर्ने खेलमै यो अधिवेशन केन्द्रित हुने देखिएको छ । नेकपाका दुवै खेमा विगत केही दिनयता सांसदहरूका टाउका गिन्तीमा लागेका छन् । देशको राजनीति दुई खेमामध्ये कुनले वैधानिक पाउने, प्रमविरूद्ध अविश्वास प्रस्ताव आदि वरपर नै घुमिरहेको छ ।
 

कतिपय मानिसहरू शासकहरूका यस्ता चालामाला देखेर कम्युनिस्ट सिद्धान्त र दर्शनमाथि नै हिलोछ्याप्ने काम गरिरहेका छन् । विशेषतः नेपाली काङ्ग्र्रेसका कतिपय नेताहरू यो परिस्थितिलाई कम्युनिस्टहरूको बदनाम गर्ने मौका बनाउन खोजिरहेका छन् । नक्कली सुनको खोट देखाएर सुन नै खराबी भन्नु मूर्खतामात्र हो । अहिले सत्तारूढ नेकपाका नेताहरूका खोटा र विकृतिपूर्ण गतिविधिलाई औँल्याएर कम्युनिस्ट दर्शन र वैज्ञानिक समाजवादमाथि नै हिलोछ्याप्नु पनि मूर्खता, अल्पज्ञता र पूर्वाग्रह हो । नेकपा कम्युनिस्ट पार्टी होइन, त्यसकारण उसले गर्ने गल्तीलाई कम्युनिस्ट सिद्धान्त र राजनीतिसँग जोड्न मिल्दैन । नेकपा कम्युनिस्ट नाम गुथेर जनतालाई झुक्याएर पुँजीवादी राजनीति गर्ने दल हो ।

शासकहरूबीच सत्ताको झगडाले देशको विकास र जनताले भोगिरहेका समस्याहरूको समाधान खोज्ने प्रयास ओझेल पर्ने देखिएको छ । कोभिड–१९ को महामारीले देशको अर्थतन्त्र थिलथिलो अवस्थामा पुगेको छ । देशभरका सबै उद्योग–कलकारखाना अझै पूर्ण क्षमतामा सञ्चालनमा आएको छैन । पर्यटन उद्योग, शिक्षा क्षेत्रमा महामारीले पारेको चोट तुरुन्तै निको हुने अवस्थामा छैन । कामभन्दा बढी कुरा गर्ने राजनीतिक नेतृत्वको कारण जनता वाक्क छन् । यस्तो परिस्थितिमा बस्न लागेको संसद् बैठकले जनताका यी तमाम समस्याबारे छलफल र बहस गर्ने जनअपेक्षा हुनु स्वाभाविक हो । विडम्बना ¤ नेपालको संसद् फेरि पनि हिजोको विकृत इतिहासतिर फर्किने सम्भावना बढ्दै छ । फेरि पनि सांसदहरूको तानातान र किनबेचको विकृतिका छनक देखिंदै छ । रोचक कुरा के हो भने हिजो अर्को दलका सांसदहरूको किनबेच र चोरी हुने गरेको थियो भने अहिले प्रतिनिधिसभाभित्र एउटा दलभित्र यस्तो विकृति फैलिरहेको छ ।
कतिपय मानिसहरू शासकहरूका यस्ता चालामाला देखेर कम्युनिस्ट सिद्धान्त र दर्शनमाथि नै हिलोछ्याप्ने काम गरिरहेका छन् । विशेषतः नेपाली काङ्ग्र्रेसका कतिपय नेताहरू यो परिस्थितिलाई कम्युनिस्टहरूको बदनाम गर्ने मौका बनाउन खोजिरहेका छन् । नक्कली सुनको खोट देखाएर सुन नै खराबी भन्नु मूर्खतामात्र हो । अहिले सत्तारूढ नेकपाका नेताहरूका खोटा र विकृतिपूर्ण गतिविधिलाई औँल्याएर कम्युनिस्ट दर्शन र वैज्ञानिक समाजवादमाथि नै हिलोछ्याप्नु पनि मूर्खता, अल्पज्ञता र पूर्वाग्रह हो । नेकपा कम्युनिस्ट पार्टी होइन, त्यसकारण उसले गर्ने गल्तीलाई कम्युनिस्ट सिद्धान्त र राजनीतिसँग जोड्न मिल्दैन । नेकपा कम्युनिस्ट नाम गुथेर जनतालाई झुक्याएर पुँजीवादी राजनीति गर्ने दल हो । यसले देशमा न समृद्धि ल्याउन सक्छ, न समाजवाद नै । संसद्भित्र आगामी दिनमा नेकपाका नेताहरूबीच हुने छिनाझम्टी, किनबेच, तानातान र हानाहानसँग कम्युनिस्ट सिद्धान्त र समाजवादी आदर्शसँग कुनै लिनुदिनु छैन । यो नेकपाका पुँजीवादी नेताहरूको स्वार्थको लडाइँमात्र हो । योसँग व्यापक कामदार नेपाली जनताको कुनै लिनुदिनु छैन ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *