भर्खरै :

अझै धेरै छन् गर्न बाँकी काम

हामी अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ । यस पावन अवसरमा सम्पूर्ण महिलाहरूमा हार्दिक बधाइ तथा शुभकामना !
नेपालको अन्तरिम संविधान २०७२÷७३ लगायत नेपालमा प्रचलित नीति तथा कानुन अन्य देशको तुलनामा महिला अधिकारको अवस्था राम्रै भए पनि लैङ्गिक असमानता, महिलामाथि हुने बलात्कार, हिंसा र दुव्र्यवहार, यातना मानव बेचबिखनका घटनाहरू बढ्दै गएको पाइन्छ । विभिन्न किसिमका कुप्रथाले महिलालाई मानव नै होइन भन्ने बोध गराएको अवस्था छ । जनसङ्ख्यामा महिला बढी तर राज्यका हरेक निकायको प्रमुख पदमा पुरूष बढी छन् । कानुनमा महिला अधिकार परिवर्तन भएका छन् । तर, महिलालाई आफ्नो अधिकार परिवर्तन भएको कुरा अनुभूति छैन । त्यसकारण सबभन्दा पहिले महिलालाई नै शिक्षित बनाउनु आवश्यक छ ।
समान अधिकार, पहुँच तथा महिला सशक्तीकरणविना कुनै पनि देशको विकास हुनसक्दैन । त्यसैले यसप्रति सबै सरोकारवाला निकायको ध्यान केन्द्रित हुन जरूरी छ । हामीलाई थाहा छ, जहाँका महिला सशक्त हुन्छिन् त्यहाँ विकास भएको पाइन्छ र ती देश शक्तिशाली राष्ट्रको रूपमा चिनिएको छ ।

महिलालाई गर्भपतनको अधिकार, सम्पत्तिको अधिकार र महिलामाथि हुने हिंसाविरूद्ध बोल्ने अधिकार पाउनुपर्छ । महिलाकेन्द्रित नीति, कानुन, योजना, संरचना र कार्यक्रम गरी उपलब्ध स्रोत तथा साधनको प्रयोग गरेर महिलाको जीवनस्तर माथि उठाई सन्तुलित र सुखी समाज निर्माण गर्नुपर्छ । 

हामीले अझ धेरै काम गर्न बाँकी छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको पूर्ण प्रत्याभूतिबिना महिला अधिकार संरक्षण हुने गर्दैन । महिलालाई हेर्ने दृष्टिकोणमा जसरी परिवर्तन हुनुपर्ने हो त्यसरी आउन सकेको छैन, त्यसमा परिवर्तन ल्याउनुपर्छ । शिक्षाको अभाव, परम्परावादी सोच र रूढीवादी चिन्तनको कारण कानुनमा जति परिवर्तन भए पनि महिलाको अवस्था सहज छैन । नेपालका अधिकांश महिलाको जीवन दुःखदायी नै छ । महिलामात्रै होइन पुरूषमा पनि शिक्षाको कमीका कारण महिलालाई हेर्ने दृष्टिकोण नकारात्मक छ ।
महिलालाई गर्भपतनको अधिकार, सम्पत्तिको अधिकार र महिलामाथि हुने हिंसाविरूद्ध बोल्ने अधिकार पाउनुपर्छ । महिलाकेन्द्रित नीति, कानुन, योजना, संरचना र कार्यक्रम गरी उपलब्ध स्रोत तथा साधनको प्रयोग गरेर महिलाको जीवनस्तर माथि उठाई सन्तुलित र सुखी समाज निर्माण गर्नुपर्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *