भर्खरै :

चिनियाँ खोपको बदनाम गर्ने प्रयास निष्प्रभावी

हाल विश्वमा अनेकौँ किसिमका कोरोना खोपहरू सार्वजनिक भएका छन् । ती खोपहरूले महामारीविरुद्धमा आशा ल्याएका छन् । तर केही मुलुकहरूको ‘खोप राष्ट्रवाद’ र खोपलाई राजनीतीकरण गर्ने कुराले विश्वको महामारीविरुद्धको सहयोगलाई अवरोध पु¥याउँदै छ ।
मार्च ७ तारिख चीनका दुई अधिवेशनको पत्रकार सम्मेलनमा चीनको राज्य परिषद्का सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले चीनको खोप वा विदेशको खोप जबसम्म सुरक्षित र भरपर्दो हुन्छ तबसम्म खोप राम्रो खोप हो भन्ने क्षमता रहने मुलुकहरूसँग प्रयास गरी खोपलाई ‘जनताको खोप’ बनाउन आह्वान गर्नुभएको छ ।
हालसम्म विश्वमा दस करोडभन्दा बढी मानिसमा कोरोना भाइरस सङ्क्रमित भएको छ । बीस लाख व्यक्तिको मृत्यु भइसकेको छ । खोपको अनुसन्धान तथा विकास विश्वको अग्रस्थानमा रहेको मुलुकको रूपमा चीनको कारबाही महामारीलाई पराजित गर्ने महत्वपूर्ण शक्ति बन्दै छ ।
‘खोप सार्वजनिक उत्पादित–वस्तुको पहिलो विशेषतालाई पालना गर्नु’, ‘खोपको अन्तर्राष्ट्रिय सहयोगको पहिलो क्षेत्रमा उभिनु’, ‘खोपको निष्पक्ष वितरणमा प्राथमिकता’ भन्ने कुरा चीनले कोरोना भाइरस खोप क्षेत्रमा गरेको सकारात्मक प्रयास हो ।
चीनका थप १७ वटा खोपहरू क्लिनिकल परीक्षणका चरणमा रहेका छन् । ६० वटा मुलुकमा चिनियाँ खोप वितरण गरिसकिएको छ । चीनले ६९ वटा विकासोन्मुख मुलुकलाई निःशुल्क खोपको सहायता दिएको र ४३ वटा मुलुकलाई खोप निर्यात गरेको छ । चीनले विभिन्न मुलुकका शान्ति सुरक्षा व्यक्तिलाई सहयोगस्वरुप खोप उपलब्ध गराएको छ भने ओलम्पिक खेलकुदमा सहभागी हुने खेलाडीहरूलाई खोप उपलब्ध गराएको छ । चीनले व्यावहारिक कारबाहीमार्फत विश्वसमक्ष गरेको बचनबद्धतालाई व्यवहारमा उतारिरहेको छ ।
अमेरिकी सार्वजनिक स्वास्थ्य विशेषज्ञ रे यिपले मूल्याङ्कन गर्दै अमेरिका र युरोपले आफ्नै स्वार्थमात्र हेरिरहेका बेला चीन चमकदार कवच लगाउने शूरवीरजस्तै अगाडि गएको बताउनुभयो । संयुक्त अरब एमिरेट्सबाट आउने ट्विटर प्रयोगकर्ताले धेरै मुलुकहरूले चीनको खोप पर्खैँदै आएका र कुनै पनि व्यक्तिले चीनको खोपको बदनाम गर्ने नकारात्मक समाचारको विश्वास नगरेको बताउनुभयो ।
मानवतावाद र साझेदारी मित्रता समेटिएको चिनियाँ खोपले विश्वको विभिन्न ठाउँमा पठाउन गति प्रदान गर्दै छ । धेरै मुलुकहरू संलग्न हुने ‘कोरोना भाइरस खोपको कार्यान्वयन योजना’ ले बीस मुलुकलाई दुई करोड कोरोना खोप उपलब्ध गराएको छ । क्षमता रहेका मुलुकहरू उक्त योजनामा संलग्न हुनसक्ने, ‘जनताको खोप’ ले मानवलाई कोरोना भाइरसलाई पराजित गर्न मद्दत दिनसक्ने अपेक्षा गरिएको छ । –सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *