भर्खरै :

‘चिनियाँ नमुनाले’ विश्व गरिबी निवारणका लागि गरेको योगदान

इतिहासमा मानव जातिले गरिबीसँग धेरै पटक युद्ध गरे तापनि श्रेष्ठता प्राप्त गर्न धेरै कठिन थियो । तर, आज यो अप्ठ्यारो समस्याको समाधान विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक चीनमा भइसकेको छ ।
फेबु्रअरी २५ तारिख चीनले पूर्ण गरिबी उन्मूलन गरी पूर्वनिर्धारित समत्र्न्दा दस वर्षअगाडि नै ‘संयुक्त राष्ट्र सङ्घको दिगो विकाससम्बन्धी कार्यसूची’ मा तोकिएको गरिबी निवारणको लक्ष्य पूरा गरेको छ । विशेषगरी विगत ८ वर्षयता करिब दस करोड चिनियाँ नागरिकले गरिबीबाट मुक्ति पाएका छन् । यो हरेक वर्ष प्राप्त सबैभन्दा ठूलो उपलब्धि हो ।
विश्वको जनसङ्ख्यामध्ये चिनियाँले मात्र २० प्रतिशत स्थान लिएको छ । यो उत्तरोत्तर प्रगति ‘चीनका लागि मात्र नभई विश्वका लागि पनि ठूलो उपलब्धि हो’ ।
विश्व बैङ्कको पूर्ण गरिबीको मापदण्डबमोजिम, अहिलेसम्म विश्वका ७० करोडभन्दा बढी जनसङ्ख्या पूर्ण गरिब अवस्थामा रहेका छन् । कोरोना महामारीले गरिबी निवारण प्रक्रियालाई सुस्त पारेको छ । यस्तो पृष्ठभूमिमा १ अर्ब ४० करोड जनसङ्ख्या भएको मुलुकले धेरै कठिनाइलाई जितेर समयमै पूर्ण गरिबी उन्मूलन गरेको कुरा विश्वको गरिबी मुक्ति प्रक्रियाका लागि विशाल योगदान हो । यतिमात्र नभई सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रूपमा चीनले सफलताका साथ पूर्ण गरिबी निवारण गरेको कुराले गरिबीलाई जित्ने विश्वको विश्वासलाई ठूलो हौसला प्रदान गरेको छ ।
विश्वका कुनै पनि देशले यस्तै छोटो समयमा यति धेरै मान्छेलाई गरिबी अवस्थाबाट मुक्त गर्न सकेको छैन, तथापि चीनले सफलताका साथ गरेको छ । चिनियाँ नमुनाबाट अरु देशले विस्तृतरूपमा विश्लेषण गरी र सिक्न सक्नेछन् ।
–सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *