भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुर, २५ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले कक्षा १० र कक्षा १२ को बोर्ड परीक्षाको मिति तय गरेको छ । २०७७ सालको कक्षा १० को अन्तिम परीक्षा एसईई आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने भएको छ भने कक्षा १२ को अन्तिम परीक्षा जेठको २६ गतेदेखि असार ४ गतेसम्म गर्ने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामराज खकुरेलका अनुसार फागुन २५ गते बसेको बोर्ड बैठकले उक्त मिति तय गरेको हो । परीक्षा तालिका गोरखापत्रमार्फत सार्वजनिक हुनेछ ।
कोभिड–१९ का कारण पर्याप्त कक्षा सञ्चालन नभएको अवस्थामा विभिन्न पाठ समायोजन गर्न लगाइए पनि परीक्षा साविकबमोजिम नै प्रश्न सोधिने भएपछि शिक्षक र विद्यार्थीमा केही दबाब पर्ने देखिएको छ ।
मावि तहसम्मको शिक्षाको अधिकार स्थानीय तहको मातहतमा हुने संवैधानिक व्यवस्था र तीन तहको सरकारको अधिकार क्षेत्र बाँडफाँड गर्दा कक्षा १० को परीक्षा प्रदेश तहमा राखिए पनि सरकार अधिकार विकेन्द्रित गर्न नचाहिरहेको अवस्था देखिएको छ ।
Leave a Reply