भर्खरै :

‘दुई अधिवेशन’ मा सी चिनफिङका अभिव्यक्ति

पेइचिङ, १० मार्च । ऐतिहासिक विकासको बाटोमा अघि बढिरहेको समाजवादी देश चीनका राष्ट्रपति सी चिनफिङले यो वर्षको ‘दुई अधिवेशन’ मा धेरै विषयमा गहन विचार दिएर आगामी दिनमा चीनले अघि बढ्ने बाटो देखाउनुभएको छ ।
चीनका ‘दुई अधिवेशन’ भन्नाले राष्ट्रिय जनकाङ्ग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक सल्लाहकार सम्मेलनको राष्ट्रिय समितिको वार्षिक बैठक हुन् । यो वर्षको दुई अधिवेशन बिहीबार समापन हुँदै छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा केन्द्रीय सैनिक आयोगका अध्यक्ष सी चिनफिङ राष्ट्रिय जनकाङ्ग्रेसका सांसदहरूका बैठक र राष्ट्रिय सल्लाहकारहरूका छलफलहरूमा सहभागी बन्नुभयो ।
भित्री मङ्गोलिया स्वशासित क्षेत्र र छिङ्हाई प्रान्तका विधायकहरूको बैठकमा पनि सी सहभागी बन्नुभयो । त्यस्तै जनमुक्ति सेना र जनसशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको विस्तारित बैठकमा पनि भाग लिनुभयो । शिक्षा, चिकित्सा र स्वास्थ्य क्षेत्रका राष्ट्रिय राजनीतिक सल्लाहकारहरूको संयुक्त बैठकमा पनि सी उपस्थित हुनुभयो । चीनको राजनीतिक बन्दोबस्तअनुसार सी आफै पनि राष्ट्रिय जनकाङ्ग्रेसका सदस्य हुनुहुन्छ ।
सन् २०२१ चीनको लागि ऐतिहासिक महत्वको वर्ष हो । यो वर्षदेखि चीन आधुनिक समाजवादी राज्य बनाउने नयाँ लक्ष्यतर्फ अघि बढेको छ । चीनको विकासका लागि अहम् महत्व राख्ने दुई अधिवेशनमा सीले दिनुभएका भाषणका केही महत्वपूर्ण बुँदाबारे यहाँ चर्चा गरौँ ।
हरित कुल गार्हस्थ उत्पादन (जीडीपी)
सीले सधैँ ‘समग्र अवधारणा’ लाई जोड दिने गर्नुभएको छ । पहाड, नदी, जङ्गल, कृषिभूमि, ताल र घाँसेमैदानको संरक्षण नै त्यो समग्र अवधारणाको मूल हो । यो पटक सीले ‘मरूभूमि’ लाई यो सूचीमा जोड्नुभएको छ ।
पहाड, नदी, जङ्गल, कृषिभूमि, ताल, घाँसेमैदान र मरूभूमिको पर्या–पर्यावरणको संरक्षण गर्न उच्च तहको योजना र विस्तारित कदम चाल्नुपर्ने सीले भन्नुभयो ।
‘हरित जीडीपी’को अवधारणामाथि जोड दिँदै सीले असल पर्यावरणीय वातावरण कायम राख्नु बृहत् महत्वको विषय भएको बताउनुभयो ।
जनजातिबीच एकता
सीले चिनियाँ राष्ट्रको उन्नतिको लागि समुदायको भावनालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्तरीय कथ्य र लेख्य चिनियाँ भाषा प्रवद्र्धनको लागि र सरकारी पाठ्यपुस्तकको प्रयोगको लागि आह्वान गर्नुभयो ।
जनजाति समूहसम्बन्धी पार्टीको नीति अझ विस्तारमा विशेषतः युवाहरूलाई बुझाउन पहल गर्नुपर्ने सीको भनाइ थियो ।
जनताको स्वास्थ्यलाई ‘रणनीतिक प्राथमिकता’
सीले जनताको स्वास्थ्य सुरक्षालाई ‘रणनीतिक प्राथमिकता’ दिंदै ठूला रोग र जनताको स्वास्थ्यलाई प्रभावित बनाउने समस्या समाधानमा जोड दिनुभयो ।
“देशको जनस्वास्थ्य सुरक्षा सञ्जाललाई अझ बलियो बनाइनुपर्छ र उच्च गुणस्तरका सार्वजनिक अस्पतालहरूको विकासलाई प्रवद्र्धन गरिनुपर्छ”, सीले जीवनका सबै उमेरका जनतासम्म विस्तारित स्वास्थ्य सेवा पु¥याउनुपर्नेमा जोड दिँदै भन्नुभयो ।
“कोभिड–१९ विरूद्धको लडाईंले फेरि एकपल्ट रोग रोकथाम नै सबभन्दा मितव्ययी र प्रभावकारी स्वास्थ्य रणनीति भएको पुष्टि भएको छ”, सीले रोग रोकथाम र नियन्त्रण प्रणालीमा सुधारमाथि जोड दिंदै भन्नुभयो ।
उहाँले परम्परागत चिनियाँ औषधिको संरक्षण र विकासको लागि आग्रह गर्दैं आधुनिक प्रविधिको क्षेत्रमा फड्को मार्नुका साथै स्वास्थ्यकर्मीहरूलाई थप सुरक्षा, स्याहार र सहायता गर्न आवश्यक भएको बताउनुभयो ।
गुणस्तरीय सार्वजनिक शिक्षा
शिक्षाबारे बोल्दै सीले चीनले उच्च गुणस्तरीय र सन्तुलित आधारभूत सार्वजनिक शिक्षा सेवा प्रणाली विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यालयहरू समाजवादउन्मुख तरिकाबाट गैरनाफामुखी ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै जनतालाई सन्तुष्ट बनाउने शिक्षाको विकास गरिनुपर्ने बताउनुभयो ।
“शिक्षा देश र पार्टीको लागि अपरिहार्य छ”, सीले जोड दिनुभयो ।
उहाँले देशको उच्च गुणस्तरीय विकास र उच्च तहको स्वाधीनतामा योगदान गर्न सक्ने धेरैभन्दा धेरै प्रतिभालाई तालिम दिन मिहिनेत गरिनुपर्ने बताउनुभयो ।
“शिक्षकहरू शिक्षाका मुख्य आधार हुन् । शिक्षकहरूको पेशागत नैतिकता बलियो बनाउन उच्च प्राथमिकता दिइनुपर्छ”, सीले भन्नुभयो ।
उच्च गुणस्तरको विकास र जनताको हित
सीले उच्च गुणस्तरको विकास नै आर्थिक तथा सामाजिक विकासका सबै पक्षको आधारभूत आवश्यकता भएको बताउनुभयो ।
“यो आवश्यकता विकसित क्षेत्रको मात्र आवश्यकता होइन, बरू सबै क्षेत्रमा कार्यान्वयन गरिनुपर्ने आवश्यकता हो”, सीले सबै क्षेत्रमा स्थानीय अवस्थाअनुसार उच्च गुणस्तरको विकास गर्न आग्रह गर्दै भन्नुभयो ।
उहाँले उत्तम जीवन बाँच्ने जनताको भावना पुरा गर्न उच्च गुणस्तरको विकासलाई व्यवस्थित बनाउन आह्वान गर्नुभयो ।
सीले जनहितका कमजोर पक्षलाई बलियो बनाउन, जनताका आधारभूत आवश्यकता पूरा गर्न कुनै सम्झौता नगर्न र आधारभूत जनसेवाको सहजता र गुणस्तरमा सुधार गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले सहरी र ग्रामीण क्षेत्रमा समन्वयात्मक विकास, सबै विषयमा ग्रामीण क्षेत्रको प्रगति, जनहितमा सुधार, सुन्दर, समृद्ध तथा सद्भावपूर्ण नयाँ समाजवादी गाउँ बनाउन स्थानीय निकायलाई आह्वान गर्नुभयो ।
प्रतिरक्षामा तदारूकता
सीले चौधौं पञ्च वर्षीय योजना (सन् २०२१–२०२५) मा राष्ट्रिय सुरक्षा एवम् सेनालाई बलियो बनाउन नयाँ शुभारम्भ गर्नुपर्ने बताउनुभयो ।
सेनाको विकास र प्रतिरक्षामा तदारूकतामा जोड दिइनुपर्ने सीको भनाइ थियो । सीले उच्च क्षमताको रणनीतिक आणविक प्रतिरक्षा र संयुक्त कारबाही प्रणालीको लागि काम गर्न आह्वान गर्नुभयो ।
उहाँले विज्ञान र प्रविधिमा स्वाधीन अनुसन्धान अघि बढाउने प्रयासलाई सघन र मूर्त बनाउन तथा सैनिक विकासको लागि रणनीतिक सहायताको लागि विज्ञान र प्रविधिको भूमिकालाई पूर्ण गतिमा लान आह्वान गर्नुभयो ।
चीनले वर्तमान सुरक्षा व्यवस्थामा ‘अस्थीरता’ र ‘अनिश्चय’ लाई जोड दिँदै सीले समग्र सेना र सुरक्षा निकाय सबै प्रकारको जटिल र कठिन अवस्थाको सामना गर्न तम्तयार रहन, राष्ट्रिय सार्वभौम सुरक्षा र विकासका चासोको दृढतापूर्वक रक्षा गर्न तथा आधुनिक समाजवादी देशको पूर्ण विकासमा टेवा दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *