भर्खरै :

भीड नेताको लोकप्रियताको मापदण्ड हुनसक्छ ?

नेपोलियन बोनापार्टको एकजना चम्चाले सभामा आएका मान्छेलाई देखाएर “हजुर कति लोकप्रिय हुनुहुँदोरहेछ” भनेर तेल घसेछ । नेपोलियनले भनेछन्, “यस्तो भीडमाथि विश्वास नगर्नु, यदि मलाई यहाँ झुन्ड्याएर मृत्युदण्ड दियो भने यो भन्दा ठूलो भीड जम्मा हुनेछ ।” सन्दर्भ हो, सभाहरूमा देखिने मान्छेको भीडलाई नेताहरूको लोकप्रियताको मापदण्ड मानेर गफ गर्ने नेपालीहरूको संस्कार । भीडलाई नै कुनै नेता वा पार्टीको लोकप्रियता मापन गर्ने नेताहरूले नेपोलियनको यो भनाइ याद गर्नुपर्छ ।
वर्षामा नाच्दैमा कुनै पनि पन्छी मयुर हुँदैन, भीड जम्मा हुँदैमा इमानदार नेता हुँदैन । चर्को आवाजमा जो मनलागी बोल्छ, वाहियात तर्क र ढिपी गर्छ भीडले उसलाई मनपराउँछ । अन्धो भीड कसैको लागि प्रयोग भइरहेको हुन सक्छ । भीडको कुनै स्थायी विचार र सिद्धान्त हुँदैन । चर्को, उत्तेजक र आक्रामक भाषण दिन सक्नेले आफ्नो स्वार्थमा भीडलाई नचाइरहेका हुन्छन् । सनक र लहडबाट चल्ने हुँदा भीडको मनस्थिति अप्रत्याशित हुन्छ । नेपालमा भीडले नै चुनावी जीत वा हारको निर्णय भएको इतिहास छ । धेरैलाई सम्झना होला, पञ्चायतकालमा काठमाडाँैबाट नानीमैया दाहालले अत्यधिक बहुमतसँगै चुनाव जितेको घटना । भीड जम्मा गर्नसक्नु सही हुनुको प्रमाण होइन बल्कि अहिलेको अवस्थामा भ्रष्ट हुनुको प्रमाण हो ।

हिटलरको सभामा पनि भीड हुन्थ्यो । हिटलरले पनि आफ्नो पार्टीको नाम समाजवादी पार्टी राखेका थिए र उनलाई भीडले नै सत्ताको सिँहासनमा पु¥याएको थियो । इदि अमिनहरू पनि सत्तामा लामो समयसम्म टिकेकै थिए । त्यसलाई जनताको जीत भन्न सकिँदैन । त्यसलाई दुर्घटना भन्न सकिन्छ । यस्ता दुर्घटना संसारमा धेरै भएका थिए र अहिले पनि हुँदै गरेका अनेक उदाहरण छन् । भीड जम्मा पारेर नेपालमा पनि चुनाव जितेकै छन्, पार्टीको नाम कम्युनिस्ट राखेकै छन् जुन एउटा दुर्घटनाबाहेक केही होइन भन्ने कुरा सरकारमा गएका कम्युनिस्ट पार्टीहरूको पछिलो गतिविधिले पुष्टि गरेको छ ।

नेताहरू आफ्नो सभामा आएको भीडलाई नै देखाएर विपक्षहरूलाई उस्तै भीड जम्मा पार्न चुनौती दिन्छन् । सडकमा भीड देखाउन करोडौँ खर्चेर भेँडाबाख्रासरि जनता ओसारिएको हुन्छ । त्यस्तैखाले जमातबाट निर्वाचित भएको जनप्रतिनिधिहरूको पनि त्यसरी नै भेँडाबाख्रासरि थोक मूल्यमा सांसदहरुको खरिद बिक्री हुन्छ । जुलुसमा भीड जम्मा गर्न कति राजनीतिक पार्टीले थैलीको मुख खुला राखेको हुन्छ । खाना, खाजा र बसभाडा न्यूनतम आवश्यकता हुन् । भीड जम्मा पार्न सकिन भने विरोधी पक्षबाट सुन्नुपर्ने खिसीट्युरी असह्य हुन्छ । आर्थिक अनुशासनमा कहिल्यै भूलचुक नगर्ने पार्टीले दोहो¥याइ तेह¥याइ वक्तव्यमात्र निकाली जनतालाई सुसूचित गर्नु पर्ने बाध्यता छ । अर्कोतिर के गरी पाना भरौँ जस्तो भएका मिडियालाई भीड देखाउन पाउँदा उनीहरूलाई पनि सजिलो छ । टेलिभिजनले दर्शक पाएको छ भने पत्रिकाले पाठक पाएको छ । जनतालाई गहन विषयमाथि लेखिएका लेख रचना पढ्न अल्छी लाग्ने पाठकको मनस्थिति बुझेर पनि होला भीडको रङ्गीन फोटो छापेर पत्रिका चलाउन मिडियाले सजिलो उपाय छानेका छन् ।
अर्को विडम्बना ! भीड जम्मा गरेर सरकारमा जानसक्ने ताकत भएका राजनीतिक पार्टीमात्र जनताको नजरमा पर्नेरहेछन् । भलै त्यो पार्टी जति नै बदनाम भएको किन नहोस् । फलको बोक्रा हेरेर वाहवाह गर्ने जमातलाई हेक्का हुनुपर्छ गुदी कुहिएको छ भन्ने कुरा । कठोर आर्थिक अनुशासनमा बसेर सिद्धान्तलाई पालना गर्ने राजनीतिक पार्टीप्रति जनतामा त्यति चासो रहेको पाइँदैन । गलत सङ्गत नगर्नु भनेर सल्लाह दिन अमेरिकी हास्य लेखक मार्क ट्वाइनले सुँगुरसित कुस्ती नखेल्नु भनेर प्रतिकात्मकरूपमा भनेका थिए । तर, नेताहरू क्षणिक लाभको लागि जति नै घृणाका पात्रको सङ्गत गर्न पनि हिच्किचाउँदैनन् । जनता पनि फोहर लाग्ला भन्ने कुनै सङ्कोच नमानी त्यस्तै नेताको पछि लागेका छन् । जनता क्षणिक स्वार्थका लागि आफ्नो भाग्य लुटाउँदै छन् । जनताले बेलैमा नपु¥याउँदा पनि देश बर्बाद भइरहेको छ ।
हिटलरको सभामा पनि भीड हुन्थ्यो । हिटलरले पनि आफ्नो पार्टीको नाम समाजवादी पार्टी राखेका थिए र उनलाई भीडले नै सत्ताको सिँहासनमा पु¥याएको थियो । इदि अमिनहरू पनि सत्तामा लामो समयसम्म टिकेकै थिए । त्यसलाई जनताको जीत भन्न सकिँदैन । त्यसलाई दुर्घटना भन्न सकिन्छ । यस्ता दुर्घटना संसारमा धेरै भएका थिए र अहिले पनि हुँदै गरेका अनेक उदाहरण छन् । भीड जम्मा पारेर नेपालमा पनि चुनाव जितेकै छन्, पार्टीको नाम कम्युनिस्ट राखेकै छन् जुन एउटा दुर्घटनाबाहेक केही होइन भन्ने कुरा सरकारमा गएका कम्युनिस्ट पार्टीहरूको पछिलो गतिविधिले पुष्टि गरेको छ ।
हामी नेपालीहरूमा नेताहरूको बदमासीलाई पनि सापेक्षिकरूपमा हेर्ने बानी भइसकेको छ । कुनै अमुक नेताको कुकर्मको कुरा उठ्दा झनै बदनाम । अर्को कुनै नेताको नाम अगाडि ल्याएर पहिलोलाई प्रतिरक्षा गर्ने चलन बनिसकेको छ । जनताले यी नेताहरूको विगतमा गरिएको कुकर्म थाहा हुँदाहुँदै देशमा समृद्धि ल्याउने जिम्मेवारी यिनीहरूलाई सुम्पिनु भनेको कागजको डुङ्गाको सहारामा नदी तर्नुजस्तै हुनेछ । नेताहरूको कुतर्क सुन्नुपर्दा “केही समय तिमी सबै मानिसलाई मूर्ख बनाउन सक्छौ, कसै–कसैलाई सधैँ मूर्ख बनाउन सक्छौ, तर सबै मानिसलाई सधैँ मूर्ख बनाउन सक्दैनौ”, यो लिङ्कनको भनाइ याद गर्दै आगामी दिनमा हामी नेपालीहरूको चेतनाको स्तर बढ्नेछ भनेर आशावादी हुनुपर्छ ।
असल व्यक्ति बन्नु र असल नेता बन्नुमा धेरै अन्तर छ । असल व्यक्ति बन्न कसैलाई चित्त दुख्ने व्यवहार नगरे पुग्छ । मनले नमाने पनि मुखले ठिक्क पारे पुग्छ । यस्तो व्यवहारले आफूमाथि कुनै घाटा हुँदैन । उल्टै खराब मान्छेको भीडमा समेत ‘आँखामा राखे नि नबिझिने मान्छे’ भनेर प्रशंसित हुन्छ । कुनै जोखिम नलिइकनै प्रिय हुन पाइन्छ । तर, असल नेता हुन थुप्रै अपजस झेल्न सक्नुपर्छ । जनताको भलाइ हुने निर्णय गर्दा केही आफ्नै नजिकका व्यक्ति असन्तुष्ट हुनसक्छ । ती नजिकका मान्छेहरूप्रति मोलाइजा नराख्न नेताहरूलाई गा¥हो हुन्छ । स्वार्थ पूर्ति नहुँदा ती नजिकका व्यक्तिबाट हुने आलोचनाबाट हुने क्षतिलाई सहन सक्ने आँट नेतामा हुनुपर्छ । नेपाल मजदुर किसान पार्टी भीडको राजनीति गर्दैन । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँको सभामा लोभ लालच देखाएर कार्यकर्ता ल्याएको हुँदैन । आर्थिक अनुशासनमा सतिसालको रूखजस्तै उभिरहन सफल भएका सच्चा देशभक्त वरिष्ठ नेता रोहितप्रति जन्मदिनको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *