आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
काठमाडौँ, २६ फागुन । कोरोना कोभीड–१९ विरुद्धको खोप लगाउनका लागि सर्वसाधारणमा उत्साह छाएको छ । अहिले खोप लगाउनका लागि बिहानैदेखि सर्वसाधारणको खोप केन्द्रमा लामो लाइन देख्न सकिन्छ ।
दोस्रो चरणको खोप फागुन २३ गतेदेखि सञ्चालन भइरहेको छ । पैँसठ्ठी वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई उपलब्ध गराइने खोपमा अहिले दैनिक दुई लाखभन्दा बढीले खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार खोपप्रति नकारात्मक धारणा परिवर्तन भएपछि खोप लगाउने सङ्ख्यामा वृद्धि भइरहेको छ । पहिले खोपबारे नकारात्मक सोचका कारण खोप लगाउन त्यति उत्साह थिएन । उहाँले भन्नुभयो, “तर, अहिले ज्येष्ठ नागरिक बिहानै खोप लगाउन खोप केन्द्र गइरहनुभएको छ ।”
उहाँले नेपालमा लगाइने खोप ‘कोभिशिल्ड’ को प्रभावकारिता पनि ७१ प्रतिशत रहेकोले खोप लगाउने सङ्ख्या वृद्धि भएको हो । अहिले भारतको सिरम इन्स्टिच्युटबाट खरीद गरी ल्याइएको खोप ‘कोभिशिल्ड’ लगाउन थालिएको छ ।
सरकारले भारतसँग अनुदानमा १० लाख मात्रा र भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट १० लाख खोप मात्रा ‘कोभिशिल्ड’ खरीद गरी ल्याइसकेको छ भने १० लाख मात्रा ल्याउन बाँकी रहेको छ । यस्तै कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार मात्रा खोप पनि नेपाल आइसकेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले खोपको पहुँच पनि पु¥याएको र खोपबारे भएको शङ्का मानिसमा हटेपछि लगाउनेको सङ्ख्या वृद्धि भएको छ ।
दोस्रो चरणको खोप अभियानमा सरकारले अहिले हिमाली भेगका १५ जिल्लाका ५५ वर्षभन्दा माथि र अन्य भेगका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई करीब चार हजार खोप केन्द्रबाट खोप लगाइरहेका छन् । सो खोप अभियानमा १६ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । नयाँखोपबारे के हुन्छ कसो हुन्छ भनेर मानिसमा केही जिज्ञासा आएको थियो । उहाँले भन्नुभयो, “तर, खोप लगाएपछि कसैलाई सामान्य असरबाहेक जटिल समस्या नदेखिएकोले मानिसमा खोप लगाउन उत्साह आएको हो ।”
खोप लगाएको ठाउँमा सुन्निने, रातो हुने, दुख्ने, थकाइ र आलस्य महसुस हुने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, मांसपेशी वा जोर्नी दुख्ने, फ्लु जस्ता लक्षण देखिने गर्दछन् । खोप शाखा प्रमुख डा. गौतमले कोभिशिल्ड खोप लगाएपछि सामान्त्न्दा जटिल समस्या नदेखिएको बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक दुई लाखदेखि दुई लाख ५० हजारसम्म मानिसले खोप लगाइरहेका छन् । अहिलेसम्म ११ लाख मानिसले खोप लगाइसकेका छन् ।
सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको छ । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म १.४ प्रतिशत जनसङ्ख्यालाई खोप उपलब्ध गराइएको छ । उक्त अभियानमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो । खोप स्वास्थ्य तथा सामाजिक क्षेत्रका तीन प्रतिशत, ५५ वर्षभन्दा माथिका १७ प्रतिशत, ४० वर्षदेखि ५४ वर्षका ९.५५ प्रतिशत, १५ देखि ३९ वर्ष उमेर समूहका ४२.६२ प्रतिशतलाई कोभीड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले मानिसको खोप लगाउने प्रति आकर्षण बढेकोले खोप पु¥याउन नसकिने हो कि भन्ने लागेको बताउनुभयो । सरकारले खरीद गरेको १० लाख मात्रा ‘कोभिशिल्ड’ चाँडै नै आउने उहाँले बताउनुभयो । यस्तै सरकारले ५० लाख मात्रा ‘कोभिशिल्ड’ खोप खरीद गर्ने प्रक्रियासमेत अगाडि बढाइसकेको छ । यसैगरी कोभ्याक्स सुविधामार्फत एक करोड ३० लाख मात्रा खोप नेपालमा आउने भएको छ । पहिलो मात्रा लगाएको आठदेखि १२ हप्ताभित्र लगाएको खोप बढी प्रभावकारी हुन्छ ।
खोप लगाएपछि पनि कोभीड–१९ बाट बच्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो । नेपालमा अहिलेसम्म कोभीड–१९ को दुई लाख ७४ हजार ८६९ जनालाई सङ्क्रमण, दुई लाख ७० हजार ९७८ जना सङ्क्रमणबाट निको र तीन हजार १२ जना सङ्क्रमणबाट निको भइसकेका छन् । यस्तै नेपालमा निको हुने दर ९८.६ प्रतिशत रहेको छ । रासस
Leave a Reply