भर्खरै :

‘मजदुर’ का मजदुरसँग भलाकुसारी

तपाईँ कति वर्षदेखि ‘मजदुर’ र ‘श्रमिक’ मा काम गर्दै हुनुहुन्छ ?
‘मजदुर’ दैनिक २२ वर्षबाट २३ मा लाग्दै छ ‘मजदुर’ दैनिक प्रकाशन भएको दुई तीन महिनादेखि नै काम गर्दै छु ।
त्यसबेला कति जना साथीहरू थिए ? अनि तिनीहरू के के काम गर्दै छन् ?
‘मजदुर’ दैनिकमा काम गर्दा १०–११ जना साथीहरू थिए । धेरैजसो साथीहरू पढाइमा जानुभयो । कोही इन्जिनियर भए, कोही बैङ्कमा काम गर्न गए । धेरै वर्षसम्म काम गर्दा धेरै साथीहरूसँग भेट भयो । सबै साथीहरूको नाम सम्झना भएन । पत्रिकामा काम गर्दा तपाईँलाई कस्तो अनुभव हुन्छ ? काममा उत्साह कसरी प्राप्त हुन्छ ?
सुरुमा त रमाइलो लाग्यो । धेरै व्यक्तिहरूसँग घुलमिल हुने र बाहिरको ठाउँ र समाज कस्तो छ भनेर बुझ्न पाउँछ । तर, धेरै वर्ष एउटै ठाउँमा काम गर्दा र कहिलेकाहीँ त साथीहरूसँग कुरा नमिल्दा अलि नरमाइलो हुने गर्छ । सुरुमा काम गर्दा मेहनतको पैसा पाउने भएर हो । पछि मैले दुई तीन वटा समाचार पनि लेखेँ । मैले लेख्न नजानेकोले सरहरूबाट सहयोग पाएँ । एउटा कथा पनि लेखेँ । आफूले लेखेका लेखहरू पत्रिकामा प्रकाशित हुँदा धेरै खुसी हुनेरहेछ ।
आफ्नो पत्रिकामा सबभन्दा राम्रो स्तम्भ के हो ?
सुरुमा काम गर्दा पत्रिका हेर्ने बानी थिएन । स्कूलबाट आएर पत्रिका वितरण गर्न जाने गर्थेँ । पछि अफिसमा काम गर्दा मैले विज्ञापन शाखामा काम गरेँ । विज्ञापन शाखामा काम गर्दा सुरुमा म विज्ञापनलाई प्राथमिकता दिन्थँे र पछि अगाडिदेखि सरसरतीमात्र हेर्थेँ । अहिले म पत्रिकाको वितरण शाखा हेर्ने भएकोले पत्रिकामा आएको विज्ञापन र अफिसमा आउने सबैजसो पत्रिकाहरू पूरा नपढे पनि सबै समाचारका शीर्षकहरू सरसरती हेर्ने गरेको छु । तर, म आफ्नो ग्राहकसँग पैसा उठाउन जान्छु । सबैसँग राम्रै कुराकानी गर्छु ।
तपाईँहरू अध्ययन कसरी गर्नुहुन्छ ?
पत्रपत्रिका तथा पुस्तकहरू म सरसरतीमात्र हेर्ने गर्छु । केही साथीहरू राम्रै लेख्ने र पढ्ने गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *