सीको स्वागतमा ट्रम्पको राजकीय रात्रिभोज
- आश्विन ९, २०८३
तीस वर्षअघिको तुलनामा आज भारतका जनताको अवस्थामा पक्कै पनि सुधार आएको छ । स्वास्थ्य सेवामा सुधार भइरहेको छ । पहिलाभन्दा थप पूर्वाधारको विकास भएको छ । तथापि बाँकी काम अझै धेरै छन् । सन् २०२० को अन्त्यतिर सिङ्गो भारत कोभिड–१९ महामारीविरुद्ध लडिरहेको थियो । केही दुःखद खबरहरू बाहिरिए । सन् २०२० को विश्वव्यापी भोक सूचकाङ्कमा भारत कुल १०७ देशहरूमध्ये ९४ औँ स्थानमा सूचिकृत भएको छ । संसारकै सबभन्दा खराब अवस्थाका १३ देशलाई मात्र भारतले उछिन्न सफल भयो ।
भारतको स्वास्थ्य र भौतिक सूचकको अवस्था चिन्ताजनक छ । भारतको कुल जनसङ्ख्याको छ भागको एक भाग अझै कुपोषणबाट ग्रस्त छन् । उनीहरू हरेक दिन भोकै सुत्न बाध्य छन् । पाँच वर्षभन्दा मुनिका एकतिहाइ भारतीय केटाकेटी राम्ररी हुर्कन सकेका छैनन् । विश्वका एकतिहात्न्दा बढी कुपोषित मानिस भारतमा बस्छन् । उनीहरूमध्ये आधाको तौल उमेरअनुसार भन्दा कम छ । भारत संसारकै दोस्रो ठूलो खाद्य उत्पादक देश हो । तर, म्यानमार, नामिबिया, सेनेगल, ग्वाटेमाला र इराकभन्दा भारतका जनता भोकै छन् । सन् १९९५ यता झन्डै तीन लाख भारतीय किसानहरूले आत्महत्या गरेका छन् । २५ वर्षसम्म भारतमा दैनिक ३३ जना किसानहरूले आत्महत्या गरे ।
प्राथमिकताको गरिबी
यति हुँदाहुँदै पनि भारतका टीभी समाचार च्यानल हेर्दा र भारतीय अखबारहरू पढ्दा यस्तो कुराबारे चर्चा हुने गरेको छैन । भारतका अधिकांश नाफामुखी सञ्चारमाध्यमहरू कुल गार्हस्थ उत्पादन (जीडीपी) र शेयर बजारको मूल्य बढाउने विषयमा बढी चासो राख्छन् । उनीहरूको लागि गरिबी र स्वास्थ्यका सूचकाङ्क न्यून प्राथमिकताका विषय हुन् । संरा अमेरिकी सरकारको पैसाले चलेको गैरसरकारी संस्था फ्रिडम हाउसले भारतलाई हालै ‘आंशिक स्वतन्त्र’ भनेको छ । भारतीय सञ्चारमाध्यमको लागि यो विषय अब केही दिनको लागि छलफलको मसला बनेको छ । कथा सधैँको उस्तै छः करोडपति टीभी कार्यक्रम सञ्चालक सधैँ निन्याउरो मुख लिएर देखापर्छ । सम्भ्रान्त पण्डित भारतमा ‘फरक मत राख्ने खुम्चिँदो स्थान’ प्रति चिन्ता व्यक्त गर्छन् । आत्ी–लिगका केही विज्ञहरूबीच बहस चल्छ । सरकारको आलोचना हुन्छ । अनि, सबै जना आ–आफ्ना घर जान्छन् । अर्को दिन सञ्चारमाध्यमलाई यी विषयप्रति कम चासो हुन्छ । अनि, अर्को समाचारको खोजी हुन थाल्छ ।
विश्वव्यापी भोक सूचकाङ्कमा भारतको स्थानबारे चियाउने फुर्सद नभएका धेरै मानिसहरू ‘फ्रिडम हाउस’ को प्रतिवेदनमा भारतको गिर्दो अवस्था देखेर चिन्ता पोख्ने गर्छन् । भारतमा ‘असहिष्णुता’ (हिजोआज यो शब्द निकै चल्ती छ) को उक्लिँदो अवस्थालाई आलोचना गर्ने उही सम्भ्रान्त भारतीय टिप्पणीकारले भारतमा बढ्दो कुपोषणको अवस्थाबारे कमैमात्र वास्ता गर्ने गर्छन् । भारतका धेरै विद्वान र नीति निर्माताहरूको सोचाइ पश्चिमी शैलीको छ । उनीहरूलाई गरिबी र भोकभन्दा ‘स्वतन्त्रता’ र ‘प्रजातन्त्र’बारे धेरै चिन्ता लाग्ने गरेको छ ।
रुखोपना र आक्रोश
त्यसो भए भारतमा आज गरिबीलाई सामान्यकरणको यो विचारधारालाई कसरी बुझ्नुपर्छ ? त्यसको एउटा कारण त सार्वजनिक नीतिमा सम्भ्रान्त वर्गको असन्तुलित प्रभाव हुन सक्छ । जस्तैः जिन ड्रेज र आमत्र्य सेनले त्यसलाई ‘सम्भ्रान्त वर्गको पूर्वाग्रह’(इलाइटिस बायसनेस) भनेका छन् । आफ्नो पुस्तक ‘लुकिङ फर्वार्डः इनइक्वेलिटी, प्रिजुडिस एन्ड इनडिफ्रेन्स इन न्यु इन्डिया’ मा हर्ष मान्डरले ‘जन्मनासाथ भोकबाट पीडित करोडौँ बालबालिकाप्रति भारतका बहुमत धनीहरूबीच सद्भावको अभाव’ देखेर दुःख व्यक्त गरे । एक जना वस्तुगत बाह्य पर्यवेक्षक भारतका मध्यम वर्गको अन्याय र पीडालाई टुलुटुुलु हेरेर बस्न सक्ने क्षमता देखेर चकित पर्छन् । असमानताप्रति हाम्रो समाजको सांस्कृतिक सहजता देखेर ती मानिसहरूका आँखा विस्फारित हुन्छन् ।
निःसन्देह भारत गरिबीप्रति मध्यम वर्ग र शासक वर्गको यस्तो रुखो प्रतिक्रियाको अनुभव गर्ने एउटैमात्र देश पक्कै होइन । भारतमा घट्दो ‘स्वतन्त्रता’ र ‘असहिष्णुता’ को कुरा गर्दा कोही प्रगतिशील र आधुनिक देखिन सक्छ । गरिबीको कुरा गर्दा भने कोही पुराना जमानाको र असान्दर्भिक देखिन सक्छ ।
शासन गर्ने अधिकार
भारत र चीनबीच यही छ भिन्नता । चीनको सरकार आफ्नो जग जनताको सेवामा भएको विश्वास गर्छ । भारत सरकारले आफ्नो जग चुनावको मतपेटिकामा देख्छ । भारतका पत्रकार एवम् लेखक पल्लवी अयर तर्क गर्छिन्, “भारतमा वैधता प्रक्रियाबाट आउने गर्छ । चीनमा भने त्यही कुरा कामको नतिजाबाट ।”
भारतका जनताको जीवन र भौतिक अवस्थामा कुनै ठूलो सुधार नदेखिएकोले भारतका वाचाहरू खोक्रो सुनिन्छ र उसको प्रगति भ्रमपूर्ण । यदि भारतीय जनतासमक्ष गरिएका वाचाअनुसार केही भौतिक लाभ हासिल हुँदो हो त भारतको ‘स्वतन्त्रता’ बारे टिप्पणी गर्ने केही भाले स्वभावका आत्मप्रशंसक भारतीय टिप्पणीकारहरूका भ्रमपूर्ण आत्मसम्मान तथा अपेक्षित प्रगतिको केही अर्थ रहने थियो । वाक् स्वतन्त्रताले मात्र मानिसको पेट भरिँदैन ।
यद्यपि आशाको किरण भने मरिसकेको छैन । बितेका २ हजार वर्षको अधिकांश समय भारत संसारकै दोस्रो ठूलो अर्थतन्त्र थियो । चीन र युरोपभन्दा ठूलो । अब फेरि भारत त्यो स्थानमा पुग्न नसक्ने कुनै कारण छैन । भारतका नीति निर्माताहरू केही सही कदम चालिरहेका छन्, तर चिप्लेकीराको गतिमा हिँडिरहेको छ । भारतमा संरचनागत प्रगति र नीतिगत परिवर्तनले केही फल दिनुअघिको अवस्था धेरै भारतीय जनताको लागि नर्कवासजस्तै हुन सक्छ । भारतीय जनताले प्राप्त गरेको र खुलारूपमा उपभोग गरिरहेको भारतीय प्रजातन्त्र र स्वतन्त्रताको गौरवबारे केही बेपर्वाह पण्डितहरूले पक्कै पनि हल्ला गर्नेछन् । तर, धेरैभन्दा धेरै भारतीयहरूले पेटभरि खान पाए भने उनीहरूको हल्लाको सार्थकता रहनेछ ।
स्रोत :सीजीटीएन
नेपाली अनुवाद : सुमन
Leave a Reply