सीको स्वागतमा ट्रम्पको राजकीय रात्रिभोज
- आश्विन ९, २०८३
त्रोत्स्की र बुखारिनहरूले जर्मनीलाई सोभियत गणतन्त्रले लडाइँ गर्दैन र सेनालाई विशृङ्खलित गर्दै छ भनी सूचना पठाए । यो कुरा सोभियत सङ्घको निम्ति विध्वंसात्मक विषय थियो । त्यस्तो विश्वासघात भएपछि जर्मन साम्राज्यवादीहरूको निम्ति के चाहियो ? जर्मनी सरकारले युद्धविराम भङ्ग गरी आक्रमक नीति लियो । जर्मनी सेनाको आक्रमण अगाडि पुरानो रुसी सेना छिन्नभिन्न हुँदै थियो र जर्मनहरू रुसी भूमि कब्जा गर्दै पेट्रोग्राडको नजिक पुग्यो । रुसलाई उपनिवेश बनाउने उद्देश्यले जर्मन साम्राज्यवादले सोभियत भूमिमाथि धावा बोल्दै गयो ।
बोल्शेविक पार्टी र सोभियत सरकारले ‘समाजवादी पितृभूमि खतरामा छ’ भन्ने सन्देश दिएर सारा मजदुरवर्ग र लालसेनालाई उत्साहित पार्दै अस्त्रशस्त्रले सशक्त जर्मन लुटेराहरूलाई रुसी क्रान्तिकारी जनताले बहादुरीपूर्वक रोके र पछि धकेले । पेट्रोग्राडलाई शत्रुबाट बचाइयो ।
२३ फेब्रुअरीको दिन लालसेनाको स्थापनादिवस थियो । उत्साहित लालसेनाले जर्मन साम्राज्यवादी शक्तिलाई धक्का दिँदै थियो र त्यसैबेला लेनिनले जर्मन सरकारसँग तत्काल शान्तिको निम्ति सन्देश पठाउनुभयो । २२ फेब्रुअरीको दिन जर्मनी सरकारले पहिलेको भन्दा चर्को सर्तहरू तेस्र्याउन थाल्यो । लेनिन, स्तालिन र स्भेरड्लोभ (क्खभचमयिख) ले केन्द्रीय समितिमा त्रोत्स्की र बुखारिनहरूको विरोधमा शान्ति वार्तालाई सफल पार्न दृढतापूर्वक सङ्घर्ष गर्नुभयो ।
त्यसबेला लेनिनले भन्नुभयो– “त्रोत्स्की र बुखारिनले जर्मनी सर्वहारा जनताको क्रान्तिको विरोध गरेका छन् र वास्तवमा तिनीहरूले जनताको विरोधमा जर्मन साम्राज्यवादीहरूलाई मद्दत गर्दै छन् ।
२३ फेब्रुअरी १९१८ को दिन केन्द्रीय समितिले जर्मनीका सर्तहरूलाई मानेर शान्ति सम्झौतामा हस्ताक्षर गर्ने निर्णय स्वीकार ग¥यो । त्रोत्स्की र बुखारिनको कारण सोभियत गणतन्त्रले ठूलो मूल्य चुकाउनुप¥यो । पोल्यान्डको उल्लेख नगरी लाट्भिया र इस्टोनिया जर्मनीको हातमा गयो । युक्रेन सोभियत गणतन्त्रबाट खोसियो र जर्मनीको एक मातहतको भूमिको रूपमा फेरियो । सोभियत गणतन्त्रले जर्मनीलाई हर्जाना (क्षतिपूर्ति) ति¥यो ।
बुखारिन, ओसिन्स्की, एकोभलेभा, स्टुकोभ र मान्त्सेभजस्ता ‘वाम–कम्युनिस्ट’ को अस्थायी नियन्त्रणमा मस्को प्रदेश गयो र पार्टीलाई टुक्र्याउने उद्देश्यले केन्द्रीय समितिको विरोधमा एक अविश्वासको प्रस्ताव पारित गराइयो । ब्युरोले के घोषणा ग¥यो भने अब ‘भविष्यमा छिट्टै पार्टी फुट्ने निश्चित छ ।’ ‘वाम कम्युनिस्टहरू’ ले सोभियतविरोधी अडानजस्तो प्रस्तावसमेत पारित गरे । ‘अन्तर्राष्ट्रिय क्रान्तिको हितको’ नाममा तिनीहरूले घोषणा गरे, ‘अहिले पूर्णरूपले औपचारिक देखिएको सोभियत सत्ताको सम्भावित क्षतिलाई समयोचित सहमतिको रूपमा हामीले लिनेछौँ ।’
लेनिनले त्यस निर्णयलाई ‘अनपेक्षित र विभत्स’ को संज्ञा दिनुभयो ।
त्यसबेला त्रोत्स्की र ‘वाम–कम्युनिस्टहरू’ को पार्टीको विरोधी व्यवहारको मुख्य कारण के हो भन्ने कुरा बोल्शेविक पार्टीलाई प्रस्ट भएको थिएन । तर, पछि १९३८ मा सोभियतविरोधी दक्षिणपन्थी र त्रोत्स्कीपन्थीहरूको विरोधमा चलेको मुद्दाबाट उदाङ्गियो । बुखारिनद्वारा अगुवाइ गरिएको त्रोत्स्की र ‘वाम–समाजवादी क्रान्तिकारीहरू’ को समूहले सोभियत सरकारको विरोधमा गुप्तरूपले षड्यन्त्र गर्दै थियो । त्यसबेला के थाहा भयो भने बुखारिन, त्रोत्स्की र तिनीहरूका षड्यन्त्रकारी सदस्यहरूले ब्रेस्ट–लितोभस्क शान्ति सन्धिलाई उल्लङ्घन गर्दै लेनिन, स्तालिन र वाई.एम. स्भेर्डलोभलाई पक्राउ गरी तिनीहरूलाई हत्या गर्ने तथा बुखारिन, त्रोत्स्कीपन्थीहरू र ‘वाम–समाजवादी क्रान्तिकारीहरू’ भएको एउटा नयाँ सरकार बनाउने योजना बनाएका थिए ।
क्रान्ति–विरोधी षड्यन्त्र गरिरहँदा त्रोत्स्कीको समर्थनमा ‘वाम–कम्युनिस्टहरूको’ समूहले हाकाहाकी बोल्शेविक पार्टीमाथि हमला गर्दै थियो, फुटाउन खोज्दै थियो र तल्ला सङ्गठन र कार्यकर्तालाई छिन्नभिन्न पार्न खोज्दै थियो । यस्तो गम्भीर स्थितिमा बोल्शेविक क्रान्तिकारीहरूले भने लेनिन, स्तालिन, स्भेर्डलोभको पक्षमा खडा शान्तिको प्रश्न र अन्य त्यस्तै सबै प्रश्नहरूमा केन्द्रीय समितिलाई समर्थन गरे ।
‘वाम–कम्युनिस्ट’ गुट एक्लियो र पराजित भयो । शान्तिको प्रश्नमा आफ्नो अन्तिम निर्णय घोषणा गर्नुपर्ने हुँदा पार्टीले सातौँ महाअधिवेशन आह्वान ग¥यो ।
६ मार्च १९१८ मा सातौँ महाअधिवेशनको उद्घाटन भयो । बोल्शेविक पार्टी सत्तामा गइसकेपछिको त्यो नै पहिलो महाअधिवेशन थियो । बैठकमा मताधिकार सहितका ४६ जना प्रतिनिधि उपस्थित थिए र ५८ जना प्रतिनिधि बोल्न पाउने तर मताधिकार नभएकाहरू थिए । तिनीहरूले १ लाख ४५ हजार पार्टी सदस्यको प्रतिनिधित्व गरेका थिए । वास्तवमा त्यसबेला पार्टी सदस्य २ लाख ७० हजारभन्दा कम थिएनन् । महाअधिवेशनको तत्काल जरुरी बैठक बस्नुपर्ने हुँदा पार्टी सदस्य सङ्ख्याअनुसार प्रतिनिधित्व हुनसकेन, धेरैले सङ्ख्या समयमा प्रतिनिधिहरू पठाउन सकेनन् र केही क्षेत्रहरूमा जर्मनहरूले कब्जा गरिएको हुँदा त्यहाँका सङ्गठनहरूले पनि आफ्ना प्रतिनिधिहरू पठाउन सकेनन् ।
महाअधिवेशमा ब्रेस्ट–लितोभस्क शान्ति सन्धिबारे लेनिनले भन्नुभयो, “हाम्रो पार्टीले अहिले गम्भीर सङ्कट झेल्दैछ, त्यसमध्ये वाम–प्रतिपक्षको प्रादुर्भावको कारण रुसी क्रान्तिले सबभन्दा गम्भीर सङ्कट अनुभव गर्दै छ ।
लेनिनद्वारा प्रस्तुत ब्रेस्ट–लितोभस्क शान्तिको विषयमा प्रस्ताव हुँदा ३० मतको विरोधमा १२ मत थिए र ४ जना अनुपस्थित थिए ।
प्रस्ताव पारित गरेपछि लेनिनले ‘दुःखद शान्ति’ को शीर्षकमा एक लेख लेख्नुभयो, त्यसमा भनिएको छ–
“शान्तिका सर्तहरू अत्यन्त असहनीय थिए । पछिपछि पनि इतिहासले यसबारे वास्तविकता बताउने छन् । अब हामीले गर्नुपर्ने काम हो – सङ्गठन, सङ्गठन र सङ्गठन । सारा परीक्षाहरू पछि पनि भविष्य हाम्रै पक्षमा छ ।”
महाअधिवेशनको प्रस्तावमा के खुलासा गरिएको थियो भने सोभियत गणतन्त्रमाथि साम्राज्यवादी राज्यहरूले फेरि पनि सैनिक हमलाहरू गर्ने निश्चित छ । त्यसकारण, महाअधिवेशनले पार्टीको मुख्य कार्य सबभन्दा प्रभावशाली ढङ्गले मजदुर र किसानहरूको आत्मअनुशासन र पार्टीअनुशासनलाई सुदृढ पार्नु हो । समाजवादी देशलाई जोगाउन व्यापक जनतालाई आत्म बलिदानको निम्ति तयार गर्न, लाल सेनालाई सङ्गठित गर्न र अनिवार्य सैनिक तालिम लागू गर्नु हो ।
ब्रेस्ट–लितोभक्स शान्ति सन्धिको ध्यानमा राखेर लेनिनको नीतिलाई अनुमोदन गर्दै महाअधिवेशनले त्रोत्स्की र बुखारिनको अडानलाई निन्दा ग¥यो र बैठकमा तिनीहरूको फाटोवादी गतिविधिहरूको निरन्तरतालाई र ‘वाम–कम्युनिस्टहरू’ को प्रयत्नलाई पराजित गर्न ठूलो सङ्घर्ष ग¥यो ।
बे्रस्ट–लितोभक्स शान्ति सन्धिले पार्टीमा सोभियत शक्तिलाई बलियो बनाउन र देशको आर्थिक जीवनलाई सङ्गठित गर्न समय दियो ।
त्यस शान्ति सन्धिले साम्राज्यवादी शिविरमा (अगाडि बढ्दै गएको अष्ट्रिया र जर्मनीको सम्झौतामा) आएको मतभेदबाट फाइदा लिने सम्भावना बढायो र शत्रुको शक्ति विभाजित भयो । सोभियत आर्थिक व्यवस्थाको बन्दोबस्त गर्न लाल सेना निर्माण गर्ने सम्भावना बन्यो ।
त्यस शान्ति सन्धिले सर्वहारा वर्गलाई किसानको समर्थन प्राप्त गर्न सम्भव बनायो र गृहयुद्धमा प्रतिक्रियावादी स्वेत सेनाका जनरलहरूलाई पराजित गर्न र शक्ति सञ्चय गर्न सम्भव तुल्यायो ।
अक्टोबर क्रान्तिको अवधिमा लेनिनले बोल्शेविक पार्टीको नेतृत्वमा कसरी निडर भएर तथा दृढतापूर्वक अगाडि बढ्नुपर्छ भनी सिकाउनुभयो । ब्रेस्ट–लितोभक्स शान्ति सन्धिको अवधिमा लेनिनले पार्टीलाई शत्रुको शक्ति आफ्नोभन्दा बढी भएको बेला कसरी राम्रोसँग पछि हट्नुपर्छ भनी सिकाउनुभयो, नयाँ आक्रमणको निम्ति भएभरको शक्ति लगाएर कसरी तयारी गर्नुपर्छ भनी सिकाउनुभयो ।
लेनिनको नीतिलाई इतिहासले पूर्णरूपले सही भएको सावित ग¥यो ।
सातौँ महाअधिवेशनले पार्टीको नाम फेर्ने र अर्को पार्टी कार्यक्रम बनाउने निर्णय ग¥यो । पार्टीको नाम रुसी कम्युनिस्ट पार्टी (बोल्शेविक–रु.क.पा (वो) मा फेरियो । साम्यवाद प्राप्तिको निम्ति लेनिनले पार्टीको उद्देश्यसँग सो नाम उपयुक्त भएको बताउनुभयो ।
लेनिन र स्तालिन भएको एक विशेष आयोग चुनियो, जसले लेनिनको खेस्रा कार्यक्रमलाई नयाँ पार्टीको कार्यक्रमको आधारको रूपमा स्वीकारियो ।
यसप्रकार सातौँ महाअधिवेशनले अत्यन्त ठूलो ऐतिहासिक महत्वपूर्ण कार्य पूरा ग¥यो । पार्टीभित्रको ‘वाम–कम्युनिस्टहरू’ र त्रोत्स्कीजस्तो लुकेको शत्रुलाई पराजित ग¥यो, साम्राज्यवादी युद्धबाट देशलाई बचाउन सफल भयो, यसले शान्तिलाई सुनिश्चित ग¥यो, लालसेनाको सङ्गठन गर्न समय प्राप्त भयो, समाजवादी व्यवस्थाअनुसार राष्ट्रिय अर्थतन्त्र लागू गर्न पार्टीलाई सघायो ।
Leave a Reply