सीको स्वागतमा ट्रम्पको राजकीय रात्रिभोज
- आश्विन ९, २०८३
भक्तपुर, २९ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा निओ फ्युजन स्कूल अफ कम्प्युटर इन्स्टिच्युटले सञ्चालन गरेका भिडियोग्राफी, फोटोग्राफी, वेभपेज डिजाइन, अकाउन्टिङ्ग प्याकेजलगायतका तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशंसापत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै नगर प्रमुख प्रजापतिले नयाँ नयाँ प्रविधिको प्रयोगबाट नयाँ जीवन उपयोगी सीप र ज्ञान सिक्ने अवसर प्राप्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अर्थपूर्ण फोटोग्राफीले व्यक्तिलाई सफलताको चुलीमा पु¥याउन सक्छ ।”
नगर प्रमुख प्रजापतिले फोटोग्राफी र भिडियोग्राफी संवेदनशील विषय भएको हुँदा जथाभावी फोटो, भिडियो खिच्ने प्रवृत्तिले साइबर अपराधको सङ्ख्या बढाइरहेको उल्लेख गर्दै आफ्नो ज्ञान र सीपको प्रयोग जिम्मेवारीपूर्वक प्रयोग गर्न सुझाव दिनुभयो । आफ्नो ज्ञान र सीप समाजकेन्द्रित ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आफ्नो पेशामा सफल बन्न इमानदार, अनुशसित र नैतिकतावान हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले तालिमबाट सिकेको सीप र ज्ञानबाट समाजको सेवा गर्न प्रेरित गर्दै युवाहरू देशको राजनीतिक घटनाक्रमबारे सचेत र जानकार हुनुपर्ने बताउनुभयो । उहाँले प्रविधिको माध्यमबाट देश र समाजलाई अगाडि बढाउने नयाँ युवा पुस्ताको खाँचो रहेको बताउँदै भक्तपुर नपाले युवाहरूलाई सीपमूलक तालिम सँगसँगै व्यवहारिक ज्ञान पनि सिकाइरहेको छ भन्नुभयो ।
इन्स्टिच्युटका निर्देशक एवम् कार्यक्रमका सभापति बालकृष्ण वनमालाले भक्तपुरलगायत देशका विभिन्न जिल्लाका प्रशिक्षार्थीहरूलाई इन्स्टिच्युटले विभिन्न तालिमहरू प्रदान गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भिडियोग्राफीका प्रशिक्षक श्रीकृष्ण तुईतुई, वेभपेज डिजाइनका प्रशिक्षक निरञ्जन बेकोजु, कम्प्युटरका प्रशिक्षक राधा ब्यान्जु र कार्यक्रम सञ्चालिका सन्ध्या हेंग्वजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रजापति र वडाध्यक्ष कवांले प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई प्रशंसापत्र र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply