रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
काठमाडौँ, १ चैत । एसियाली देशहरूमा कोरोनाको महामारी निरन्तर गम्भीर बन्दै गएको छ ।
मार्च १३ मा भारतीय स्वास्थ्य मन्त्रालयबाट प्रकाशित तथ्याङ्कअनुसार, विगत २४ घण्टामा भारतमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या २४ हजार ८ सय ८२ थपिएर एक करोड १३ लाख ३३ हजार ७ सय २८ पुगेको छ । जसबाट थप १४० जनाको मृत्यु हुनुका साथै कुल १ लाख ५८ हजार ४ सय ४६ जनाको मृत्यु भइसकेको छ । हाल भारतका धेरै क्षेत्रमा फेरि लकडाउन गरिएको छ ।
दक्षिण कोरियाबाट प्रकाशित सूचनाअनुसार, मार्च १३ सम्म कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ९५ हजार १ सय ७६ पुगेको छ । सरकारले वर्तमान महामारी प्रतिरोधी प्रतिक्रिया स्तरलाई दुई साता विस्तार गर्ने निर्णय गरेको छ । साथै दक्षिण कोरियाले दोस्रो त्रैमासिकमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि खोप लगाउने योजना बनाएको छ ।
फिलिन्पिसको स्वास्थ्य मन्त्रालयले मार्च १३ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ५ हजार थपिएको जानकारी दिएको छ । यो सङ्ख्या सात महिनासम्म प्रतिदिनको नयाँ रेकर्ड सिर्जना भएको हो । त्यसबाहेक फिलिपिन्समा ए।घ उत्परिवर्तित नयाँ कोरोना भारस पत्ता लागेको छ ।
जापानबाट प्रकाशित जानकारीअनुसार, फिलिपिन्सबाट जापान पुगेका एकजना पुरूषलाई फिलिपिन्समा पत्ता लागेको नयाँ उत्परिवर्तित भाइरस सङ्क्रमित भएको छ । यो जापानमा पहिलोपटक यस प्रकारको भाइरस पत्ता लागेको हो । (सीआरआई)
Leave a Reply