मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने : इरानी विदेशमन्त्री
- जेष्ठ १, २०८३
जुम्ला, १ चैत । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ जुम्ला सिंजाको आयोजनामा आइतबार सिंजामा खुला सभा भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले राजनीतिक दलको स्थापना देश र जनताको सेवा गर्ने उद्देश्यले हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल र भारतबीचको खुला सीमाको कारण भारतीय विस्तारवादले नेपाली भूमि मिचेको छ, सिमानामा भारतले अग्लो तटबन्ध बनाएर नेपाली भूमि बर्सेनि डुबानमा पारेको छ । भारतीय तस्कर र अपराधीहरूले नेपाली भूमिमा अपराध गरिरहेका छन् । नेमकिपाले नेपाल–भारत सीमा नियमित गर्नुपर्ने सुझाव निरन्तररूपमा सरकारलाई दिइरहेको छ । तर, शासक दलहरू भारतीय विस्तारवादको दलाली गर्छन्, जनताको आवाज सुन्दैनन् ।”
जुन देशमा महिलाको सम्मान हुँदैन र युवाहरूलाई विदेशी भूमिमा दास बनाइन्छ, त्यो देशको विकास नभएको संसारको इतिहासले देखाएको चर्चा गर्दै केन्द्रीय सदस्य काफ्लेले नेपालको स्थिति त्यस्तै रहेको बताउनुभयो ।
सरकार जनताको अभिभावक भएकोले युवाहरूलाई शिक्षा र सीप दिएर रोजगारी दिनु सरकारको कर्तव्य भएको उहाँको कथन थियो ।
नेमकिपा त्यागेर अन्य पार्टीमा लोभिएर गएका विश्वासघातीहरू नक्कली धातुजस्तै खिया लागेर समाप्त हुने धारणा उहाँले राख्नुभयो ।
केन्द्रीय सदस्य काफ्लेले भन्नुभयो, “सरकारमा बसेको दल आपसमा फुट्दा र आपसी कलहमा फस्दा देशको सार्वभौमसत्ता कमजोर हुन्छ । शासक दलको अकर्मण्यताको कारण अहिले नेपालमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको चलखेल बढ्दो छ ।”
सिद्धान्तहीन एकताभन्दा फुट नै राम्रो हुने धारणा राख्दै उहाँले दुइतिहाइ मत पाएको दलले देश विकास गर्न नसक्नुले ओली सरकारको वास्तविकता छर्लङ्ग भएको बताउनुभयो ।
केन्द्रीय सदस्य काफ्लेले भन्नुभयो, “संसद् पुनर्बहालीपछि सरकार बनाउने र ढाल्ने खेलमा सांसद खरिद–बिक्री हुने सम्भावना बढेको छ । सांसद खसी–बोकाजस्तै बिक्री हुनु पुँजीवादी व्यवस्थाको विकृति हो । कृषिमा विदेशी लगानी भित्रिएमा देशको स्वाभिमान र स्वतन्त्रता खोसिने निश्चित छ ।”
संरा अमेरिकी साम्राज्यवाद नेपाललाई प्रयोग गरेर चीनविरुद्ध गतिविधि गर्न खोजिरहेको स्पष्ट पार्दैै उहाँले भन्नुभयो, “एमसीसी सम्झौतापछि संरा अमेरिकाले नेपाललाई आर्थिक सहयोग गर्ने रू. ५५ अर्ब नेपाल र नेपाली जनताको निम्ति होइन भारत र अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिको लागि हो । एमसीसी नेपालको हितमा छैन ।”
नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले गणतन्त्रमा समेत नेपाली महिलाहरू वैदेशिक रोजगारीको नाममा विदेशी भूमिमा दास बनिरहेको र घरेलु मजदुरको रूपमा शारीरिक र मानसिक यातना भोग्न विवश रहेको बताउनुभयो ।
शोषणलाई जरैदेखि उखेल्नका लागि श्रमिक जनता एकजुट भएर क्रान्तिमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जात, भाषा र लिङ्गको आधारमा नेपाली समाजलाई विखण्डित पार्ने र आपसी विभेद गराउने कार्य शासक दलहरूबाट भइरहेकोले सचेत हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
केन्द्रीय अध्यक्ष थापामगरले भन्नुभयो, “महिला राष्ट्रपति, सभामुख र न्यायाधीश बन्दैमा कामदार महिलाको मुक्ति हुन्छ भन्ने भ्रममा नपरौँ ।”
हजारौँ महिलाहरूलाई रोजगारी दिन सबै स्थानीय निकायले प्रत्येक वडाहरूमा शिशुशाला तथा बाल विकास केन्द्र स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी देशहरूमा महिला हिंसाका घटनाहरू कहिल्यै सुन्नुपर्दैन । महिलाहरू बलात्कृत भएको वा आत्महत्या गरेको सुनिँदैन । तर, पुँजीवादी देशहरू जतिसुकै विकसित र समृद्ध भएको भनिए पनि लैङ्गिक हिंसा बढेको समाचार प्रशस्त सुनिन्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले शिक्षा–स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइलाई
विशेष जोड दिँदै कार्य गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार निःस्वार्थपूर्वक जनताको सेवा गरिरहेका छन् ।”
आयोजक समितिका कन्नी रावतको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा नेक्रामहिला सङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवाल, निर्मला खत्री र नवराज खत्रीले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको बीचमा सांस्कृतिक प्रस्तुतिहरू देखाइएका थिए ।
Leave a Reply