उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
कञ्चनपुर, १ चैत । सुदूरपश्चिम विश्वविद्यालयमा गरिएको शुल्क वृद्धि फिर्ताको माग गरिएको छ । पाँच विद्यार्थी सङ्गठनले आइतबार छुट्टाछुट्टैरूपमा प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले विभिन्न सङ्ख्यामा वृद्धि गरिएको शुल्क फिर्ताको माग गरेको हो ।
सहजरूपमा गुणस्तरीय शिक्षा पाउनुपर्ने ठाउँमा विभिन्न बहानामा गरिएको चर्को शुल्क वृद्धिले गरीब जनताका छोरोछारीको उच्च शिक्षा हासिल गर्ने सपनामा अवरोध सृजना गर्ने कार्य भएको विद्यार्थी नेता कैलाश चन्दले बताउनुभयो । “कोरोना महामारीका कारण आर्थिक अवस्था कमजोर भएको बेलामा शुल्क वृद्धि गर्नु हुँदैनथ्यो”, विद्यार्थी नेता कैलाश चन्दले भन्नुभयो । वृद्धि गरिएको शुल्क फिर्ता नभए आन्दोलनमा उत्रिनुबाहेक अर्को विकल्प नरहने उहाँको भनाइ रहेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार गोविन्द विष्टले आर्थिक क्याम्पसको शुल्क समायोजन गरिएको बताउनुभयो । “शुल्क वृद्धि गरिएको होइन”, उहाँले भन्नुभयो । रासस
Leave a Reply