रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
पेरिस, १४ मार्च । फ्रान्सको एउटा व्यङ्ग्य पत्रिका चार्ली हेब्दोले बेलायतकी शाहज्यादी मेगन मार्केलको घाँटीमा बेलायतकी महारानी एलिजावेथले घुँडाले थिचिरहेको कार्टुन आफ्नो मुख्य आवरणमा प्रकाशन गरेपछि नयाँ चर्चा सुरु भएको छ ।
कार्टुनमा भुइँमा पछारिएकी राजकुमार ह्यारीकी श्रीमती मार्केलले ‘किनभने मैले श्वासै फेर्न सकिनँ’ भनेको भनी लेखिएको छ ।
कार्टुनले गत वर्ष संरा अमेरिकाको मिनिआपोलिसमा त्यहाँका प्रहरी अधिकारीहरूले हत्या गरेका काला अमेरिकी नागरिक जर्ज फ्लोइडलाई इङ्गित गर्न खोजेको देखिन्छ । फ्लोइडलाई मिनिआपोलिस राज्यका प्रहरी अधिकारीले घाँटीमा घुँडाले टेकेर श्वास निस्सासिने गरी मारेका थिए । श्वास फेर्न कठिन भएपछि फ्लोडले प्रहरी अधिकारीलाई श्वास फेर्न गाह«ो भएको भन्दै जीवनदानको याचना गरेका थिए ।
त्यही घटनालाई मार्केलले गत साता दिएको एउटा अन्तर्वार्तासँग जोडेर कार्टुन प्रकाशन गरेको हो । अन्तर्वार्तामा बेलायती राजपरिवार सदस्यले आफू र आफ्नो पति ह्यारीले राजपाठ त्याग्नुपर्नाका कारणबारे प्रकाश पारेकी थिइन् । उनले बेलायती राजदरबारभित्र आफूमाथि रङ्गभेदी टिप्पणी गरेको भनेकी थिइन् । नाम नखुलाइकन मार्केलले आफ्नो छोरो गर्भमै रहँदा आफ्नो पतिलाई नयाँ जन्मने बच्चाको छालाको रङबारे टिप्पणी गरेको बताएकी थिइन् ।
मार्केलको सो भनाइलाई लिएर बेलायती राजदरबारले यसै साता एउटा वक्तव्य जारी गरी अन्तर्वार्तामा भनिएका कुराप्रति ध्यानाकर्षण भएको र राजपरिवारलाई ती विषयमा निजी ढङ्गले कुरा गर्ने बताएको छ ।
मार्केलले बेलायती राजदरबारभित्र भोगेको समयको वर्णनलाई इङ्गित गर्दै फ्रान्सेली पत्रिकाले जर्ज फ्लोइडको घटनामा आधारित कार्टुन प्रकाशन गरेको हो ।
कार्टुनको प्रकाशनसँगै सामाजिक सञ्जालमा धेरै थरी टीकाटिप्पणी हुन थालेको छ । अधिकांश टिप्पणीकारहरूले यस्तो कार्टुन अपमानजनक भएको भन्दै नकारात्मक प्रतिक्रिया दिएका छन् ।
Leave a Reply