रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
लण्डन, १४ मार्च । महिनौँ लामो लकडाउन, बन्द सीमा र व्यक्तिगत स्वतन्त्रतामा कटौतीपछि खोप राहदानीको अवधारणा सरकारहरूबीच आकर्षक बन्दै गएको छ । कोभिड–१९ महामारीको नयाँ चरणसँग सामनाको लागि यसलाई अर्को बाटो बनाउन उनीहरू उत्सुक देखिएका छन् ।
बहराइन र चीनलगायत केही देशहरूले भविष्यमा अन्तर्राष्ट्रिय यात्रा सहज बनाउन वा पर्यटनजस्ता अर्थतन्त्रका सबभन्दा बढ्दा प्रभावित क्षेत्रलाई पुनःस्थापना गर्न कुनै प्रकारको प्रमाणीकरणका पद्धति कार्यान्वयनमा ल्याइसकेका छन् ।
अरू केही देशहरू भने नोबेल कोरोना भाइरसविरुद्ध खोप लगाइसकेकाहरूको अभिलेखीकरण गर्ने पद्धति पछ्याउन उपयुक्त हो वा होइन भनी छलफल गरिरहेका छन् । तर, यो पद्धतिका आलोचकहरू भने यसका सम्भावित नकारात्मक प्रभावको समाधान हुनुपर्नेमा जोड दिने गरेका छन् ।
खोप राहदानी भनेको सामान्यतः कुनै पनि व्यक्तिले नोबेल कोरोना भाइरसविरुद्ध खोप लगाएको भनी प्रमाणित गर्ने प्रमाणपत्रको रूपमा व्याख्या गरिएको छ । यसलाई स्मार्टफोनमा सङ्ग्रह गर्न सकिने कुइक रेस्पन्स (क्युआर) कोडको चिह्न वा छाप भएको प्रमाणपत्र मान्न सकिन्छ ।
यस्तो प्रमाणपत्र अन्तर्राष्ट्रिय यात्रा गर्नदेखि थिएटर, रेस्टुराँ आदिमा पस्न आवश्यक हुने छ । रोजगारीको लागि पनि खोप लगाएको यो प्रमाण अनिवार्य मानिनेछ । समाजमा निश्चित स्वतन्त्रता अभ्यास गर्न सार्वजनिक क्षेत्रको प्रयोग अथवा देशभित्रै यात्रा गर्न पनि यस्तो दस्तावेजको आवश्यकता पर्नेछ ।
धेरै देशमा कोभिड–१९ प्रतिरोधी खोप व्यापक स्तरमा लगाउन थालिएसँगै अन्तर्राष्ट्रिय यात्राको लागि सीमा खोल्न खोप राहदानीको महत्व अझ बढ्दै गएको छ । लामो समयदेखिको लकडाउनले क्षतिग्रस्त बनाएका अर्थतन्त्रका विभिन्न क्षेत्रको विस्तारको निम्ति यसको खाँचो बढेको छ ।
सिद्धान्ततः खोप लगाएको प्रमाण देखाउन सक्ने क्षमता महामारीको कोशेढुङ्गा हुनेछ । यसले विभिन्न देशहरूलाई खोप लगाएका देशहरूलाई स्वागत गर्नसक्ने बनाउनेछ । विशेषतः लकडाउनको कारण सबभन्दा बढी प्रभावित बनेको सेवा उद्योग पुनःसुरु गर्न मद्दत पु¥याउनेछ ।
Leave a Reply