लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
एमाले र माओवादी केन्द्र अलग अलग भएपछि एमालेका नेताहरूले ओली प्रवृत्ति या ‘एकतर्फी’ निर्णयको विरोध गर्न छोडेका छैनन् । आफ्नै दलका आफ्नै नेताहरूले विरोध गरेपछि संस्थापन पक्षले ती नेताहरूलाई छायामा राख्नु र जिम्मेवारीविहीन बनाउनु स्वाभाविक हो । एमालेकै नेताहरूले एमालेकै नेताहरूको विरोध गर्ने र जिम्मेवारीविहीन बनाएकोे कारण एमालेभित्र नेताहरूको मतभेद फेरि चर्केको छ । एमालेभित्र माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधरले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ भने संस्थापन पक्ष एमालेले चैत ७ गते केन्द्रीय समिति बोलाएको छ ।
पार्टीभित्र नेताहरूबीच मतभेद हुनसक्छ । पार्टीभित्रको मतभेदलाई भित्रभित्रै रहेर आलोचना प्रत्यालोचना गरेर सुल्झाउने हो । तर, एमालेका संस्थापन पक्ष र असन्तुष्ट पक्षका नेताहरू सार्वजनिकरूपमै एकले अर्काको विरोध गर्दै छन् । एमालेकै नेताहरूले एकले अर्कोलाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् । माधव–खनाल पक्षले ओली अतिवादको अन्त्य गर्ने जनाएको छ । यता ओलीले माधव–खनाल पक्षहरूको रूवावासी भएको बताएका छन् । यही बेला एमालेका उपाध्यक्ष वामदेव गौतम ओली र माधव–खनाललाई एकै ठाउँमा ल्याउने तर्खरमा छन् । एमालेबाट अलग पार्टी खोलेर माले बनेका नेता गौतमको यो दम कहिलेसम्म रहने हो र त्यो व्यवहारमा लागू हुन्छ कि हुँदैन ? हेर्न बाँकी छ ।
नेताहरूले मनपरी बोलेर असन्तोष पोख्नु ठीक होइन । असन्तोष पोख्दा या असन्तुष्टहरूप्रति व्यवहार गर्दा अस्वाभाबिक हिसावले काम गर्नु पनि ठीक होइन । माधव–खनालहरूले केपी ओलीको जथाभावी विरोध गरे भनेर आफ्नो इज्जत र प्रतिष्ठामा आँच पुग्ने खालको काम गर्नु जायज हुँदैन । एमालेका अध्यक्ष केपी ओलीले खुला सभामार्फत पार्टीका केन्द्रीय सदस्यहरूलाई बैठकमा आह्वान गर्नु कति ठीक हो ? खुला आह्वान गरेपछि के ती नेताहरू बैठकमा आउँछन् ? के एमालेको केन्द्रीय समितिको बैठकमा यस्तै सभामार्फत खुला आह्वान गरेरै चलेको हो ?
एमाले अध्यक्ष केपी ओलीले माधव–खनाल पक्षधर केन्द्रीय समितिका सदस्यहरूलाई त्यो खबर हेपेरै गरेको भन्ने भनाइ छ । केन्द्रीय समितिको बैठक कुनै सभामार्फत खुलारूपमा आह्वान गर्दैन भन्ने उनीहरूको गुनासो हो । ओलीले त्यो खबर खनालहरूको व्यवहार हेरेरै बैठकमा नआउने भनेरै गरेका हुन् भन्ने भनाइ पनि छ । तर, यसरी आह्वान गर्दा माधव–खनाललाई भित्तेजवाफ भए पनि यसले आफूलाई पनि नमज्जा हुन्छ । आफ्नो व्यक्तित्वमा असर पार्ने या केटाकेटी पारामा यसरी बैठक आह्वान गरेर के प्रम ओलीलाई सुहाउँछ ? आफ्नै लागि नसुहाउने काम गरेर किन असन्तुष्टहरूको रिसको घ्युमा आगो सल्काउने ? पार्टी विधान, पार्टी निर्णयविपरीत काम गरेमा पार्टी अनुशासनको कारबाही गरे हुन्छ नि !
Leave a Reply