तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कीर्तिपुर, १ चैत । जरुंहिटी विचा गुठी र आमा समूह पाँगाको साधारणसभा चन्द्रागिरी नगरपालिका थानकोटस्थित त्रिभुवन पार्कमा शनिबार सम्पन्न भयो ।
उक्त साधारणसभामा गुठीका अध्यक्ष एवं सभाका सभापति कान्छाबाबु महर्जनले वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सनातनमा आइपर्नसक्ने समस्याबारे बोल्नुभएको थियो ।
सभामा कोषाध्यक्ष केशराम महर्जनले आर्थिक प्रतिवेदन र सचिव दीपक महर्जनले गुठीको विधान स्मरण गराउनुभएको थियो । सभाबाट कान्छाबाबु महर्जनको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित गरिएको थियो ।
त्यसैगरी जरुंहिटी आमा समूहको साधारणसभामा सचिव मिरिना महर्जनले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । सभामा कोषाध्यक्ष रविता महर्जनले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । महिलाहरूको साधारणसभामा ३० जना सदस्यहरूलाई प्रतिसदस्य दुई हजार नगद लाभांश संस्थाका अध्यक्ष अष्टमाया महर्जनले प्रदान गर्नुभएको थियो ।
महिलाहरूको सभाबाट अष्टमाया महर्जनको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित गरिएको थियो । संस्थाका अध्यक्ष अष्टमाया महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सुन्दरी महर्जनले पनि बोल्नुभएको थियो ।
नारायण महर्जनले धन्यवाद दिनुभएको थियो । आम्दानी रहेको नगद रु. ५९ हजार आमा समूहका सचिव मिरिना महर्जनले समूहकै अध्यक्ष अष्टमाया महर्जन र गुठीका अध्यक्ष कान्छाबाबु महर्जनलाई हस्तान्तरण गर्नुभएको थियो ।
Leave a Reply