युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
वाशिङ्टन, १५ मार्च । कोरोना भाइरस महामारीले संरा अमेरिकामा विभिन्न जातीय समुदाय र आदिवासी अल्पसङ्ख्यक जनसमुदायमा व्यापक असर पु¥याएको छ । संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को तथ्याङ्कअनुसार कोरोना भाइरस महामारीको कारण त्यहाँको स्वास्थ्य क्षेत्रमा असमानता अझ बढेको छ ।
भेदभावको कारण संरा अमेरिकामा कोरोना भाइरसको कारण अमेरिकी जनताबीच बिरामी र निधन हुनेको जोखिम बढेको छ । यसको कारण गोरा समुदाय र अल्पसङ्ख्यक तथा हिस्पानिक जनताबीच असमानता बढेको छ । सीडीसीको तथ्याङ्कअनुसार गैरहिस्पानिक गोरा जनताको तुलनामा आदिवासी अमेरिकी र अलास्काका आदिवासी जनता अस्पताल भर्ना हुने सम्भावना ३.७ गुणाले बढी छ । सीडीसीको तथ्याङ्कअनुसार कोभिड–१९ सङ्क्रमणको कारण गैरहिस्पानिक समुदायको तुलनामा आदिवासी अमेरिकी र अलास्काका आदिवासीहरूको निधन हुने २.४ गुणा सम्भावना बढी छ ।
गैरहिस्पानिक गोरा समुदात्र्न्दा काला अफ्रिकी अमेरिकी समुदायको अस्पताल भर्ना हुने सम्भावना २.९ गुणाले बढी छ । साथै त्यो समुदायका मानिसहरूको कोभिड–१९ को कारण निधन हुने सम्भावना १.९ गुणाले बढी छ ।
त्यस्तैगरी अस्पताल भर्ना हुनेमा गैरहिस्पानिक गोरा अमेरिकीभन्दा हिस्पानिक र ल्याटिन अमेरिकी समुदायका अमेरिकीहरूको सङ्ख्या ३.१ गुणाभन्दा बढी छ भने मर्नेको सङ्ख्या २.३ गुणाले बढी छ ।
यसै साता प्रकाशित सीडीसीको एक अध्ययनअनुसार २५ वर्षमुनिका मानिसहरूमा विशेषतः सन् २०२० को सुरुमा जातीय र आदिवासी समुदायबीच विभेद बढी देखिएको छ ।
सीडीसीका अनुसार स्वास्थ्यका सामाजिक निर्धारकहरूले कोभिड–१९ को जातीय तथा आदिबासी समुदायमा प्रभाव विस्तार गर्न मद्दत गरेको छ ।
असमानताले नित्याउने जातिवाद र तनावले ती सामाजिक निर्धारकहरूमा पनि असर पु¥याइरहेको छ ।
सीडीसी भन्छ, “हामी सबैले आ–आफ्नो भूमिका खेल्नुपर्छ । जनतासँग स्रोतको पहुँच पु¥याउन र उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य विकासको लागि मिलेर काम गर्नुपर्छ । शारीरिक र मानसिक स्वास्थ्य विकास गर्ने भन्नाले सूचना पु¥याउने, परीक्षणको सहजता, खोप र स्वास्थ्य सेवा आदि पर्छन् ।”
सीडीसीको अनुसार न्यायसङ्गत र समयमै रोगको रोकथाममा पहुँच दिलाउन सक्नु, परीक्षणको सुविधा, सुरक्षित काम गर्ने र पढ्ने वातावरण बनाउनु तथा खोपको व्यवस्था सुचारु गर्ने जस्ता कार्यले मात्र जातीय र आदिवासी समुदायबीच विभेद घटाउन सक्छौँ ।
Leave a Reply