युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
पेरिस, १७ मार्च । फ्रान्समा कोरोना भाइरसको ‘तेस्रो लहर’ आएको त्यहाँका प्रधानमन्त्री जिन कास्टेकले बताएका छन् । उनले फ्रान्समा भाइरसका धेरै थरी भेटिएको बताए । भाइरसको सङ्क्रमण रोक्न सरकारले खोप अभियानलाई उच्च प्राथमिकतामा राख्ने रणनीति बनाएको बताए ।
“महामारी अझै लम्बिने अवस्था छ”,फ्रान्सको तल्लो सदनमा बोल्दै उनले भने ।
“व्यापक स्तरमा खोप अभियानले लकडाउनबाट बाहिर आउन मद्दत गर्नेछ”, प्रधानमन्त्रीले भने ।
सरकारले अप्रिल महिनाको मध्यसम्ममा कम्तीमा एक करोड खोप, मे महिनाको मध्यसम्ममा दुई करोड खोप र गर्मी महिनासम्ममा तीन करोड खोप लगाउने लक्ष्य घोषणा गरेको छ ।
फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कअनुसार मङ्गलबारसम्ममा ५२ लाख ९५ हजार ७३५ जना मानिसले कम्तीमा एक पल्ट खोप लगाइसकेका छन् ।
प्रयोग गरिएको खोपमध्ये १३ लाख खोप भने एस्ट्राजेनेका खोप हो । फ्रान्सले पनि युरोपका २० अरू देशहरूले जस्तै एस्ट्राजेनेका खोपको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ । एस्ट्राजेनेका खोपको प्रयोगले रगत जम्ने समस्या आएको भन्दै अहिले संसारका विभिन्न देशहरूले यो खोपमाथि प्रतिबन्ध लगाएका छन् । खोपमाथिको प्रतिबन्धले युरोपमा खोप अभियानको रणनीतिलाई प्रभावित बनाउने पर्यवेक्षकहरूको भनाइ छ ।
Leave a Reply