भक्तपुर नगरपालिका वडा नं. २ मा स्वास्थ्य शिविर
- बैशाख ३१, २०८३
भक्तपुर, ४ चैत । २४ वर्षकी अबिना थापाको दिनचर्या व्यस्त छ । भक्तपुर नपा वडा नं ९ दुगुरेमा उनको मोटरसाइकल मर्मत पसल (वर्कसप) छ । मोटरसाइकल मर्मत र सर्भिसिङको लागि आउने ग्राहकको सेवा गर्दै उनको दिन बित्छ ।
मोटरसाइकल मर्मत र सर्भिसिङमा उनको अनुभव सात वर्ष पुरानो छ । सामान्यतः महिलाले नगर्ने मोटरसाइकल मर्मतको कार्यबाट अबिनाले भने मनग्य आम्दानी गर्दै आएकी छिन् । महिलाले पनि मोटरसाइकल वर्कसपमा उत्साहका साथ काम गरेको देखेर उनका ग्राहकले हौसला दिने गरेको अबिना बताउँछिन् ।
अबिनाले कक्षा १२ सम्म अध्ययन गरेकी छिन् । उनी १२ वर्षको छँदा आमा बितिन् । बुबाले अर्को विवाह गरे । पारिवारिक अवस्था प्रतिकूल बन्दै गएपछि जीवन चलाउन उनले आफ्नै खुट्टामा उभिने निधो गरिन् । मोटरसाइकल वर्कसप अबिनाको लागि आफ्नो खुट्टामा उभिने आधार बन्यो ।
मिहिनेती र लगनशील अबिना महिलाको लागि चुनौतीपूर्ण मानिएको पेशामा लाग्नु समाजका अन्य महिलाहरूको लागि उदाहरणीय बनेको छ ।
“भविष्यमा यही कामलाई नै निरन्तरता दिनेछु र भरपुर मिहिनेत गरी वर्कसप अझै राम्रो बनाउने विचारमा छु”, अबिनाले भनिन् ।
प्रशिक्षार्थी
Leave a Reply