सरकार सुशासनको वकालत गर्छ, प्रदेश र स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गर्छ
- बैशाख ३१, २०८३
नेपाल क्रान्तिकारी महिला सङ्घले वि.सं. २०३७ अर्थात् आजभन्दा ४० वर्ष अगाडिदेखि नियमित प्रकाशनमा ल्याएको बुलेटिन अध्ययन गर्दा पाठकलाई लाग्छ – ‘केटीहरू’ कामदार वर्गीय महिला आन्दोलनको सशक्त आवाज हो । श्रमिक महिलाको मुक्तिका निम्ति सङ्घर्षको झन्डा हो – ‘केटीहरू’ । बुलेटिनभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक आन्दोलनमा महिलाको सहभागिता तथा सक्रियताबारे चर्चा गरिएको पाइन्छ । अन्तर्राष्ट्रिय जगतका प्रगतिशील तथा समाजवादी क्रान्तिमा क्रान्तिकारी नेतृहरूको भूमिका उजिल्याइएको छ । महिलाको वर्तमान सामाजिक, आर्थिक, राजनीतिक अवस्था सतहमा ल्याउनुका साथै श्रमिक वर्गका महिलाका तत्कालीन र दीर्घकालीन आवश्यकताबारे विमर्श गरिएको पाइन्छ ।
विश्व मानचित्रमा महिला आन्दोलनको सफलता क्रान्तिकारी आन्दोलनबाट मात्र सम्भव भएका छन् । समाजवादी क्रान्तिले मात्र कामदार वर्गीय महिलाको मुक्ति सम्भव भएको तथ्य जगजाहेर छ । इतिहासका पुँजीवादी आन्दोलनहरूमा पनि महिलाहरूको सहभागिता नभएको होइन । सन् १७६४ देखि सुरु भएको अमेरिकी स्वतन्त्रता सङ्ग्राम होस् या अमेरिकाको दासमुक्ति आन्दोलन, सन् १७८९ को फ्रान्सेली क्रान्ति होस् या जर्मनीका मजदुर आन्दोलनहरू, पेरिसमा रोटीका लागि भोकविरुद्धको सङ्घर्ष होस् या पेरिस कम्युन सबै–सबैमा महिलाहरूको सहभागिता उल्लेख्य रहेको इतिहास साक्षी छ । ती आन्दोलनहरूले महिलाहरूका निम्ति केही कानुनी अधिकारहरू उपलब्ध गराए पनि मुठीभर शोषक वर्गका महिलाहरूलाई सहज बनाए पनि कामदार महिलाहरूका निम्ति कुनै परिवर्तन भएन ।
त्यसपछि १९१७ मा सम्पन्न अक्टोबर समाजवादी क्रान्तिले साँचो अर्थमा महिलालाई सम्पूर्ण आधारमा मुक्त बनायो । आर्थिक, सामाजिक मात्र होइन राजनैतिक क्षेत्रमा महिलाहरूलाई प्राथमिकतासाथ अघि बढायो । सन् १९१० बाट औपचारिकरूपमा नेतृ क्लारा जेट्किनको अगुवाइमा सुरु भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले क्रान्तिकारी विचारसहित अघि बढ्ने, महिला मुक्ति के हो संसारलाई देखाउने काम सोभियत रुसबाटै सम्भव भयो । तत्कालीन सोभियत रुस महिलाहरूको स्वर्ग जस्तै थियो । त्यसपछि प्रजग कोरियाली क्रान्ति, भियतनाम युद्ध, चिनियाँ क्रान्ति र क्युवाली क्रान्तिमा महिलाहरूले देखाएको अदम्य साहसको प्रशंसा यो युगले पनि गर्छ । क्रान्तिमा होमिँदा महिलाहरूले पाएको दुःख–कष्टको कथा आज पनि पढिँदै छ । यस्तै क्रान्ति र कामदार महिलाहरूबीचको सम्बन्धबारे ‘केटीहरू’ ले प्रस्ट बोलेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई पनि श्रमिक वर्गीय महिला आन्दोलनको सिलसिला मान्दछ । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘केटीहरू’ बुलेटिनको चर्चा गर्नु मनासिवै होला ।
समाज जसरी वर्गमा विभक्त छ त्यसरी नै महिला र महिला आन्दोलन पनि वर्गमा विभक्त छ – शोषक र शोषित वर्ग, पुँजीपति र मजदुर–किसान । ‘केटीहरू’ ले कामदार वर्गका महिलाको प्रतिनिधित्व गर्दछ । नेपालको महिला आन्दोलन दुई धारमा विभाजित छ – पहिलोले कामदार महिलाको प्रतिनिधित्व गर्ने जनताको क्रान्ति र समाजवादको पृष्ठपोषण गर्छ, दोस्रो धार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूबाट सञ्चालित वा सहयोगबाट चल्ने महिला आन्दोलन । दोस्रो धारको नेतृत्व आजसम्मका शासक दलका महिला सङ्गठनहरूले गरिरहेको पाइन्छ । ती महिलाभन्दा महिलावादी कुरा गर्छन् । महिलालाई अवसर मात्रको कुरा गर्छन् आवश्यक तयारीको कुरा गर्दैनन् । छोरीलाई शिक्षाभन्दा पनि सम्पत्ति दिनुपर्छ भनी वकालत गर्छन् ।
‘केटीहरू’ ले छोरीलाई अंश र सम्पत्तिभन्दा पनि शिक्षा दिनुपर्दछ भन्ने विचारको वकालत ग¥यो । छोरीलाई सम्पत्तिको नारा शोषक र सामन्त वर्गको हितमा उठाइएको हो भन्ने यसले प्रस्ट धारणा राख्यो । शोषकहरू आÇनो सम्पत्ति जोगाउन वा सीमाभन्दा बढी देखिने जग्गा लुकाउन महिलाहरू वा छोरीलाई सम्पत्तिको हक चाहन्छन् । सम्पत्ति र आम्दानीमा कर छल्न तिनीहरू छोरीहरूलाई पनि सम्पत्तिको अधिकार माग्छन् । ‘केटीहरू’ ले महिलामाथि हुने सामाजिक शोषण, महिला हिंसा (बलात्कार, बोक्सी प्रथा, छाउपडी प्रथा, तेजाव आक्रमण, दाइजो प्रथा, घरेलु हिंसा) विरुद्ध लड्नुका साथै आर्थिक असमानता र श्रम शोषणविरुद्ध पनि निरन्तर सङ्घर्ष गर्दै छ ।
‘केटीहरू’ का अनुसार साम्राज्यवादी देशहरूले तेस्रो मुलुकमा कामदार वर्गको आन्दोलन कमजोर बनाउन पुरुष र महिलाबीच भेद गराउँछन् । वर्ग सङ्घर्षलाई निस्तेज बनाउन लैङ्गिक द्वन्द्व चर्काउन साम्राज्यवादी देशहरू गैरसरकारी संस्थामार्फत तेस्रो विश्वमा पस्छन् । ‘महिला सशक्तिकरण’ र ‘महिला मुक्ति’ को चर्को नारा अघिसार्दै वर्गीत्र्न्दा जातीय अधिकारजस्ता विषय अघि सारी साम्राज्यवादीहरू जनताको साँचो क्रान्ति अर्थात् समाजवादी क्रान्तिलाई दबाउन खोज्छन् ।
मानवसमाजको विकासको सिलसिलासँगै मातृसत्तात्मक समाजको हार र पितृसत्तात्मक समाजको उत्थान भयो । दास युग सामन्तवादी युग, हुँदै पुँजीवादी युगसम्म आइपुग्दा श्रमिक महिलामाथि दोहोरो शोषण हुने गरेको देखिन्छ । कार्ल माक्र्सले पनि श्रमिक महिलामाथि दोहोरो शोषण हुने कुरा बताउनुभएको छ । यथार्थ के हो भने आधा आकास ढाकेका महिलालाई आर्थिक अर्थात् उत्पादन सम्बन्धसँग नजोड्नु देशकै निम्ति पनि हितकर हुन्न । आर्थिक सम्बन्धमा कामदार जनताको पहुँचका निम्ति कामदार महिला र पुरूष दुवैले सङ्घर्ष गर्न जरूरी हुन्छ ।
महिलालाई खालि सामाजिकरूपले मात्रै हेरेर पनि महिला समानताको मुद्दा बलियो हुन्न । श्रमिक वर्गका महिलाहरूको राजनैतिक आन्दोलनबाटै आर्थिक र सामाजिक समानताको सवाल बलियो बन्दछ । ‘केटीहरू’ ले श्रमिक महिलालाई सङ्गठित बनाई राजनीतिक सुझबुझ दिने विषयलाई महत्वका साथ उठाउँदै छ । वास्तविक महिला मुक्ति के हो भन्ने विचार ‘केटीहरू’ मा पाइन्छ ।
‘केटीहरू’ ले अन्तर्राष्ट्रिय क्रान्तिकारी नेतृहरूसँग साक्षात्कार गराउँछ । ‘केटीहरू’को प्रवेशाङ्कले चिनियाँ जनताका नेतृ सुङ चिङ लिङ (सन यात सेनका जहान) र च्याङ चिङलाई चिनाएको छ । बुलेटिन दुईले रोजा लक्जेम्वर्गको जीवन र व्यक्तित्व समेटेको छ । पोल्याण्ड र जर्मनीमा उहाँको वैचारिक र साङ्गठनिक सङ्घर्ष उजागर गरेको छ । रोजाको सङ्क्षिप्त जीवनीबाट जर्मनी, रुस र पोल्याण्डको तात्कालीन राजनैतिक अवस्था बुझ्न सघाउँछ । अध्ययनशील, प्रखर वक्ता र आÇनै वैचारिक अडान भएकी नेतृको रूपमा रोजा चिनिनुहुन्छ । यसै अङ्कभित्र दक्षिण भियतनामकी अतुलनीय महिला सेना नेतृ न्गुयनले पाएको दुखकष्टले सङ्घर्षमा समर्पित र निडर बन्न हौस्याउँछ । जस्तै परिस्थिति र आँधीहुरीसँग जुझ्दै सङ्घर्षलाई मूर्त रूप दिनुपर्छ भन्ने शिक्षा मिल्छ । अङ्क ३ मा प्रजग कोरियाली क्रान्तिकारी नेतृ किम जङ सुकसँग साक्षात्कार गर्न पाइन्छ । क्रान्तिमा उनको योगदान र देशप्रेमबाट पाठकलाई ऊर्जा मिल्छ । अङ्क ४ ले फ्रान्सका देशभक्त र विराङ्गना जोन अफ आर्क चिनाउँछ । प्रजग कोरियाका पहिलो महिला फुटबल रेफ्री याङ्ग मी सुन चिनाउँछ । अङ्क ५ मा स्तालिनको युगमा महिलाको चर्चा छ । चर्चित अमेरिकी पत्रकार अन्ना लुइ स्ट्रङको व्यक्तित्व प्रस्तुत छ । उनले पत्रकारकै रूपमा १९२१ देखि १९४४ सम्म सोभियत सङ्घमै काम गरिन् । स्ट्रङले चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष माओ त्से तुङसँग येनानको गुफामा एक अन्तर्वार्ता लिएकी थिइन् । त्यस अन्तर्वार्तामा अध्यक्ष माओले भन्नुभएको थियो –“साम्राज्यवाद अणुबम जस्तै कागजी बाघ हो । त्यसलाई जित्न सकिन्छ ।”
अङ्क ६ मा फ्रान्सेली क्रान्तिका महिलाहरूसँग भेट गर्न पाइन्छ । यस अङ्क ‘भक्तपुर काण्ड’को संस्मरणमा प्रकाशित छ । पत्रिकामा भुक्तभोगी र महिलाहरूका अनुभव छापिएका छन् । अङ्क ७ मा अन्तर्राष्ट्रवादी महिला क्लारा जेट्किनको सङ्क्षिप्त जीवनी समेटिएको छ । यस अङ्कमा का. रोहित महिला मुक्तिबारे यसो भन्नुहुन्छ –“समाजवाद र साम्यवादी समाजमा मात्र महिलाहरूको मुक्तिले पूर्णता पाउँछ ।” ‘केटीहरू’ ले महिलाका स्वास्थ्य समस्याहरूको समाधानका लागि अभिमुखीकरण गरेको अनुभूत हुन्छ । पत्रिकाका १ देखि ७ अङ्कभित्र थुप्रै–थुप्रै स्वास्थ्यसम्बन्धी लेखरचना सङ्ग्रहित छन् । साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र समसामयिक विषयमा लेखरचना छापिएका छन् । ।
‘केटीहरू’ का सम्पूर्ण अङ्कहरू उत्तिकै पठनीय र सङ्ग्रहणीय छन् ।
Leave a Reply