भक्तपुर नगरपालिका वडा नं. २ मा स्वास्थ्य शिविर
- बैशाख ३१, २०८३
भक्तपुर, ५ चैत । नेपाल क्रान्तिकारी किसान सङ्घ भनपा वडा नं ९ दत्तात्रय समितिको आयोजनामा अग्रज किसान कार्यकर्ता स्व. हरिलाल छुस्याबागको श्रद्धाञ्जली सभा बुधबार भयो ।
कार्यक्रममा नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले स्वर्गीय छुस्याबागको योगदानको स्मरण गर्दै मोहियानी हक आन्दोलनको कारण नै भक्तपुरका किसानहरूको जीवनस्तर माथि उठेको बताउनुभयो ।
व्यक्तिगत स्वार्थमा लाग्ने व्यक्तिको मृत्युमा कसैले पनि सदासयता व्यक्त नगर्ने चर्चा गर्दै जिल्ला अध्यक्ष दुवालले असल कार्यकर्ताको मूल्याङ्कन पार्टीले गरिरहने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “वर्गसङ्घर्षबिना कामदार जनताको मुक्ति सम्भव छैन । नयाँ पुस्तालाई वर्गीय र राजनीतिकरूपमा सचेत र सङ्गठित गर्नु आवश्यक छ । शत्रुको अगाडि नझुक्ने सङ्घर्षशील कार्यकर्ताको गुणलाई नयाँ पुस्ताले बिर्सनुहुन्न ।”
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले हरिलाल छुस्याबागजस्ता अग्रज कार्यकर्ताहरूका कारण आफू पार्टी कार्यकर्ता बनेको बताउनुभयो ।
पार्टीका अग्रज कार्यकर्ताहरूले व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा माथि उठेर काम गरेको कारण नै भक्तपुर आज शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा उदाहरणीय नगर बन्न सफल भएको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वले पार्टी प्रतिबन्धको समयमा निरङ्कुश पञ्चायतकालमा भूमिगतरूपमा काम गर्ने अग्रजहरूको योगदानको कदर गर्दैै पार्टीले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको बताउनुभयो । नेक्राकिसङ्घ सङ्घ भनपा ९ दत्तात्रय समितिका अध्यक्ष पञ्चलाल लाछिमस्युको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा भनपा ९ समन्वय समितिका अध्यक्ष कृष्णभक्त लवजू, वडा सदस्य इन्द्रबहादुर प्याठ, नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष संजय मानन्धर र रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply