विश्व पर्यटन दिवसमा भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटक टोलीलाई स्वागत
- आश्विन ११, २०८३
भक्तपुर, ८ चैत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने राजनीतिक कार्यकर्ता कामदार वर्गबाटै तयार गर्न सके देश र जनताको हित हुने बताउनुभएको छ ।
नेपाल क्रान्तिकारी किसान सङ्घका अग्रज किसान कार्यकर्ता केशव कोजूको श्रद्धाञ्जली सभामा सचिव सुवालले शोकलाई शक्तिमा बदल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आजको नयाँ पुस्ता शिक्षित हुनुको साथै देश र जनताप्रति समर्पित भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले कामदार वर्गका जनतालाई धोका दिने धोकेबाजहरूको हातमा सरकार रहेसम्म देशमा आमूल परिवर्तन सम्भव छैन भन्नुभयो ।
अग्रज, सङ्घर्षशील, निःस्वार्थी र इमानदारीपूर्वक राजनीतिमा लागेका कार्यकर्ताहरूको बाटोमा नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिँदै सचिव सुवालले भन्नुभयो, “राजनीतिक कार्यकर्ताहरूले जानी नजानी गल्ती गरेमा समयमै आलोचना गरेर सच्याउनुपर्छ ।”
ठूलठूला सहर विकास गरेर उपत्यकामा जनसङ्ख्याकेन्द्रित बनाएर स्थानीयवासीलाई उठिबास गर्ने योजना फिर्ता लिनुपर्ने विचार व्यक्त गर्दै उहाँले विकासको नाउँमा सार्वजनिक जग्गा, वनज·ल र पानीको मुहान नासेर खेलमैदान बनाएर भूमाफिया पोस्ने काम सरकारले गरिरहेकोमा आपत्ति जनाउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले देश र जनताको सेवामा लाग्ने कार्यकर्ताहरूको स्मरण गर्नु हरेक कार्यकर्ताको कर्तव्य हो भन्नुभयो ।
किसान आन्दोलनले नै किसानहरूको जीवनस्तर उठेको चर्चा गर्दै उहाँले देश अराजनीतिक र अन्योलको स्थितिमा पुग्नुमा शासकहरू नै दोषी छन् भन्नुभयो ।
सभामा स्वास्थ्यकर्मी सत्यकुमार दुवालले समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिँदै टोल–टोलमा नर्समार्फत वडावासीहरूको स्वास्थ्य परीक्षण कार्य राम्रो पक्ष हो भन्नुभयो ।
नेक्राकिसङ्घ नगर समिति भक्तपुरका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा भएको उक्त सभामा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा, वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल, पूर्णभक्त सुवाल र देवकुमार अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply