बैङ्ककमा भीषण बाढी, हजारौँ नागरिक विस्थापित
- आश्विन ११, २०८३
फ्रान्सेली क्रान्तिमा सार्वजनिक ‘मानव अधिकारको घोषणापत्र’मा लेखिएको छ : “मानिस जन्मदेखि सधैँ नै स्वतन्त्र हुन्छन्, सबै अधिकारमा समानता हुन्छ ।”
अमेरिकी ‘स्वतन्त्रता घोषणा’मा भनिएको छ, “सबै मानिसहरू जन्मदेखि समान छन् ।”
तर वास्तविकतामा यो साँच्चै होला त ?
सयौँ वर्षदेखि मानव जातिको विकासमा जातीय विभेद, जातीय उत्पीडन र नरसंहार यथावत छ र जसले इतिहासमा एकपछि अर्को दाग लगाउँदै गएको छ ।
सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको ट्रान्सभालको शार्पेभिले सहरमा काला मान्छेहरूले जातीय भेदभाव विरोधी जुलुस निकालेका थिए । दक्षिण अफ्रिकी सेना र प्रहरीले प्रदर्शनकारीलाई गोली हान्दा ७० जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए । यस घटनाको सम्झना र जातीय विभेदको विरोध गर्न सन् १९६६ मा संयुक्त राष्ट्र सङ्घले प्रत्येक मार्च २१ जातीय भेदभाव उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस भनेर प्रस्ताव पारित ग¥यो ।
तर स्थापनाको ६० वर्षमा पनि जातीय भेदभाव उन्मूलन भएन ।
विगत केही वर्षयता अमेरिकामा अफ्रिकी अमेरिकीप्रति धेरै हिंसात्मक घटना भएका थिए । सन् २०२० मा भएको फ्रायड घटनाले अमेरिकाभरि प्रदर्शन भएको छ । यसले अमेरिकाको तथाकथित ‘स्वतन्त्रता, प्रजातन्त्र र समानता’ को नकाव उतारेको छ ।
हाल ब्रिटिश शाही परिवारमा जातीय विभेदबारेको सूचनाले युरोप र अमेरिकाको जनमतलाई गम्भीर ध्यानाकृष्ट गरेको छ ।
कोभिड–१९ महामारीले जातीय विभेदलाई अझ सार्वजनिक गरेको छ । जातीय विभेद विश्वको शान्ति तथा मेलमिलापमाथि प्रभाव पार्ने अदृश्य भाइरस बनेको छ ।
चर्चित अमेरिकी सङ्क्रामक रोग विशेषज्ञ एन्थोनी फौसीले भन्नुभयो, “यस महामारीको असामान्य विषय जाति जातिबीचको असमानता हो ।”
गत वर्ष जूनमा निर्वाचन एजेन्सी प्यू रिसर्चले अध्ययन गरेर प्रकाशित गरेको प्रतिवेदन अनुसार, महामारी फैलिएदेखि लगभग एकतिहाइ एसियाली अमेरिकी जातीय विभेदपूर्ण टिप्पणी वा उपहासले पीडित थिए । एसियालीहरू ‘नयाँ जातीय भेदभाव’ र ‘घृणा अपराध’ को नयाँ तारो बनेका छन् । एसियाली अमेरिकीमाथि लक्षित अपराध दरको वृद्धि अमेरिकी राजनीतिज्ञले चीनलाई आरोपित गर्ने गतिविधिसित सम्बन्धित रहेको जानकारी सीएनएनले दिएको छ । यसले एसियालीविरूद्ध सामाजिक भेदभाव र पूर्वाग्रहलाई बढाएको छ । हालसालै सयौँ मान्छेहरूले एसियाली अमेरिकीहरूमाथि लक्षित आक्रमणको निन्दा गरेका छन् ।
अस्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालयबाट ३ हजारभन्दा बढी एसियालीमा गरिएको सर्वेक्षणअनुसार, ८४.५ प्रतिशत उत्तरदाताले सन् २०२० जनवरीदेखि अक्टोबरसम्म भेदभावको सामना गरेको बताए ।
उपचार, चिकित्सा तथा खोप लगाउने क्षेत्रमा पनि जातीय विभेद र भेदभाव भएका छन् ।
केही पश्चिमा राजनीतिज्ञ र मिडियाले चीनको सिनच्याङमा ‘नरसंहार’ को झूटो आरोप लगाएका छन् । ४० वर्षयता सिनच्याङमा युगुर जातिको जनसङ्ख्या दोब्बर भएको छ, ६० वर्षयता आर्थिक विकास २०० गुणा बढेको छ । यी तथ्यप्रति पश्छिमा यी राजनीति र ‘विशेषज्ञहरू’ले कुनै चासो राखेका छैनन् ।
चीनका दार्शनिक कन्फ्युसियसले भनेका छन्, एक भद्र मानिसले अरूलाई सच्याउनुअघि सर्वप्रथम आफैलाई सच्याउनुपर्छ । यदि आफू गलत छ भने कसरी अरूलाई सच्याउनसक्छ ?
आज मार्च २१ जातीय भेदभाव उन्मूलनको अन्तर्राष्ट्रिय दिवस हो । जातीय विभेद हटाउन हामीले दृढ प्रयास गर्नुपर्छ र एकता तथा विकासमा व्यावहारिक कार्य गर्नुपर्छ । यो उक्साउने वा विज्ञापन गर्ने विषय होइन । संसारका विविध रङ र सांस्कृतिक पृष्ठभूमिका सबै जातिहरू हातमा हात मिलाएर एक भएमा हामी साँच्चिकै जातीय विभेद हटाउन सक्दछौँ । समस्त मानवजातिको सामञ्जस्य र साझा विकास गर्न सक्दछौँ ।
–सीआरआई
Leave a Reply