ख्वप साकोसमा Ai Tools तालिम सम्पन्न
- जेष्ठ २, २०८३
हेटौँडा, ८ चैत । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति र हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतबीच आइतबार हेटौँडा उपमहानगरपालिकामा भेटघाट भयो ।
भेटमा नगर प्रमुख प्रजापतिले विभिन्न स्थानीय तहसँग अनुभव आदानप्रदानको क्रममा हेटौँडा उपमहानपामा पुगेको बताउँदै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रहरूमा गरिरहेको विविध गतिविधिबारे अवगत गराउनुभयो ।
जनताको स्वास्थ्यलाई प्राथमिकता दिई भक्तपुर नपाले ख्वप अस्पताल सञ्चालनको तयारीमा जुटेको बताउँदै उहाँले भक्तपुर नपामा सम्पदा पुनःनिर्माण, जीर्णोद्धारलगायतमा उपभोक्ता समितिमार्फत जनताको सहभागिताबाट काम अगाडि बढाइरहेको बताउनुभयो ।
हेटौँडा उपमहानपाका प्रमुख महतले हेटौँडा देशकै तेस्रो ठूलो औद्योगिक नगर भएको बताउँदै हेटौँडा उपमहानपाको क्षेत्रफल निकै ठूलो र पहाडै पहाडले घेरिएको बताउनुभयो । उहाँले भक्तपुर नपाको सुशासन र विकास निर्माणका कार्यहरू आफूहरूले पनि सिक्न चाहेको बताउनुभयो ।
१९ वटा वडामा विभाजित यस उपमहानपामा देशका विभिन्न ठाउँहरूबाट नागरिकहरू बसोबास गरिरहेको अवगत गराउँदै महानपाले सूचनाको प्रविधिको माध्यमबाट आफ्ना सेवाहरू उपलब्ध गराउँदै आएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नपाबाट प्रकाशित विभिन्न प्रकाशनहरू र फोटो पुस्तक मायाको चिनोस्वरूप प्रदान गर्नुभएको थियो । भेटमा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य सुनिता अवाललगायत हुनुहुन्थ्यो ।
हेटौँडामा कार्यकर्ता भेटघाट
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले आइतबार हेटौँडामा कार्यकर्तासँग भेटघाट गर्नुभयो ।
भेटका क्रममा उहाँले संसद् पुनःस्थापनाका कारण सरकार सञ्चालनमा अप्ठेरो परिस्थिति निम्त्याएको बताउँदै वर्तमान सरकारले पुनः निर्वाचनको घोषणा गर्ने सम्भावना रहेको बताउनुभयो ।
निर्वाचन जनताको राजनीतिक चेतनास्तर उकास्ने ब्यारोमिटर भएको हुँदा नेमकिपा निर्वाचनको पक्षमा भएको बताउँदै केन्द्रीय सदस्य प्रजापतिले नेमकिपा आकारले सानो भए पनि विचार र सिद्धान्तमा दृढ र प्रतिबद्ध रहेको प्रस्ट पार्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्थाले कामदार जनताको हित नगर्ने हुँदा समाजवादी व्यवस्था स्थापनाको निम्ति नेमकिपा सङ्घर्षरत रहेको बताउँदै भक्तपुर नगरपालिकाबाट सञ्चालित शैक्षिक संस्थाहरूले दक्ष र इमानदार जनशक्तिहरू उत्पादन गरिरहेको छ भन्नुभयो ।
सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिइनुपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य प्रजापतिले कार्यकर्ताहरूले पार्टी प्रकाशनको नियमित अध्ययन गर्नुपर्ने र कामदार जनतालाई राजनैतिकरूपले सचेत र सङ्गठित गर्न क्रियाशील हुनुपर्ने बताउनुभयो ।
Leave a Reply