नयाँ पुस्ताका प्रधानमन्त्री र मन्त्री बन्नु नै पर्याप्त होइन, विचार नयाँ हुनु जरुरी
- जेष्ठ २, २०८३
भारतमा एकै दिन ४४ हजार मानिसमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि नेपालमा पनि खतराको घण्टी बजेको छ । स्वास्थ्य मन्त्रालयले आइतबार नै ठूलो आकारका सभा सम्मेलन र भोजभत्तेर नगर्न सार्वजनिक सूचना जारी गरिसकेको छ । आशा गरौँ, नेपाली जनताले कोभिड–१९ महामारीको अर्को मार झेल्न नपरून् ।
अघिल्लो पटक पनि नेपालमा मूलतः भारतबाट नै कोभिड–१९ को सङ्क्रमण व्यापक बनेको हो । सरकारले सीमामा कडाइ गर्न नसक्दा नेपाली जनताले कोभिड–१९ को सामना गर्नुपरेको थियो । अहिले फेरि भारतमा सङ्क्रमण दर बढेपछि नेपाली जनतामा चिसो पसेको छ । त्यसकारण सरकारले तत्काल भारतसँगका सबै सीमा नाकामा आउजाउ गर्न कडाइ गर्नुपर्छ । भारतबाट नेपाल आउने व्यक्तिको पूर्ण स्वास्थ्य परीक्षणपछि मात्र आउने बन्दोबस्त गर्नुपर्छ । सीमापारि भारतीय बजारमा किनमेलमा मानिसलाई रोक लगाइनुपर्छ ।
स्वास्थ्य परीक्षणलाई झाराटार्ने काममा सीमित नगरौँ । सीमा क्षेत्रमा अहिले नै क्वारेन्टिनस्थलको व्यवस्थापन थालौँ । अघिल्लो पटक हतारमा भएका कमी कमजोरीलाई सच्याउन अहिलेबाट सरकारले तदारुकता देखाउन आवश्यक छ । अघिल्लो पटक सबैलाई अनुभवको कमी थियो । सरकारी निकायहरू पनि के गर्ने, कसो गर्ने मेलोमेसो पाएका थिएनन् । आज परिस्थिति बदलिएको छ । आजको परिस्थिति हिजोको जस्तो अनुभवहीनताको होइन । कोभिड–१९ सँग लड्न आज हामीसँग अनुभवमात्र होइन, खोप पनि छ । खाँचो छ त सरकारी तदारुकता र व्यवस्थापन । सरकारले यति सही ढ·ले व्यवस्थापन गर्न सके हामीले उपरान्त सजिलै कोभिड–१९ लाई नेपालमा प्रवेश गर्न निषेध गर्न सक्छौँ । सम्भावित सङ्क्रमण वृद्धि दरमा ध्यानमा राखी हवाई यातायातबाट नेपाल आउने पर्यटकहरूको स्वास्थ्य स्थितिमा ध्यान दिइनुपर्छ ।
सरकारले खोपको अभाव देखाई यही बेला खोप अभियान रोकेको छ । खोप नै महामारी रोक्ने सबभन्दा बलियो हतियार हो । लडाइँमा जतिबेला हतियारको सबभन्दा खाँचो पर्छ, त्यही बेला सरकारले हतियार सकेको घोषणा गर्नु खेदजनक छ । सरकारले सम्भव सबै उपाय लगाई खोपको जोहो गरी खोप अभियानलाई निरन्तरता र पूर्णता दिन जरुरी छ ।
नेपालमा पछिल्लो समय सबभन्दा ठूला मानिसको भेला शासक दलहरूबाट नै भइरहेका छन् । विशेषतः सत्तारुढ एमाले र माओवादी केन्द्रले दैनिकरूपमा ठूला आकारका सभा र भेलाहरू गरिरहेका छन् । विज्ञहरूले कोभिड–१९ महामारी अझै नसकिएको भन्दै पटक पटक सजग बनाउँदा पनि शासक दलहरू सत्ता भाँच्न र सत्ता जोगाउने खेलमा यस्ता भेलाहरू गरिरहेका छन् । तिनलाई सरकारी सूचना र आदेशको कुनै माने राख्दैन । कोभिड–१९ महामारीले पु¥याउन सक्ने क्षतिलाई उनीहरूले रतिभर ख्याल गरेको देखिएको छैन ।
संसारबाट कोभिड–१९ भाइरस पूर्णतः परास्त भइसकेको छैन । भाइरसको खोपको कारण संसारभर मानिसले केही हल्का अनुभव पक्कै गरेका हुन् । तर, सङ्क्रमणको सम्भावना पूर्णतः समाप्त भइसकेको भने होइन । ब्राजिल, युरोपेली देशहरू र जापानले अझै पनि विभिन्न सहर र क्षेत्रमा लकडाउन घोषणा गरेका छन् । सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सार्वजनिक जीवनमा लगाइएका निषेधका नियमहरूमा अझ कडाइ गरिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनाले नेपाल अर्को लहरको कोरोना भाइरस महामारीमा फस्न सक्ने सम्भावना उजागर गरेको छ । अनुभव नहुँदा गल्ती गर्दा क्षम्य हुन सक्छ । तर, जानी जानी गल्ती गर्नु भने कदापि क्षम्य र बुद्धिमानी हुन सक्दैन । सरकारले समयमै महामारीको व्यवस्थापनमा सक्रियता देखाओस् ।
Leave a Reply