भर्खरै :

चीन–संरा अमेरिकाबीच एन्कोरेग वार्ताः उपलब्धि के ?

अलास्का, २१ मार्च । चीन र संरा अमेरिकाबीच संरा अमेरिकाको अलास्काको एन्कोरेगमा भएको उच्चस्तरीय रणनीतिक वार्ता सम्पन्न भयो । निःसन्देह चीन–संरा अमेरिकी सम्बन्ध आजको संसारकै लागि सर्वाधिक महत्वको सम्बन्ध हो । त्यसकारण दुवै पक्षको लागि संवाद सधैँ द्वन्द्वभन्दा उत्तम हो ।
यो चरणको संवादमा दुवै पक्षले घरेलु र विदेशी नीति, चीन–संरा अमेरिका सम्बन्ध र साझा महत्वका प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा प्रस्ट, गहन र सिर्जनात्मक संवाद गरे ।
दुवै पक्षले केही विशेष क्षेत्रमा सहकार्य वा समन्वय गर्ने चाहना व्यक्त गरे । उदाहरणको लागि दुवै पक्ष जलवायु परिवर्तनको क्षेत्रमा संवाद र सहकार्य बलियो बनाउने प्रतिबद्ध भएका छन् । साथै यो विषयमा एउटा संयुक्त कार्यदल बनाउने पनि टु·ो लागेको छ । दुई पक्षीय लाभ र सम्बन्धको भावनाअनुसार चीन र संरा अमेरिकाले एकअर्काका कूटनीतिक र कन्सुलर नियोग एवम् व्यक्ति, सञ्चारकर्मीका गतिविधिमा सहज बनाउन वार्ता अघि बढाउने निधो गरेका छन् ।
एन्कोरेगको वार्ताले पुनः एकपल्ट आपसी सम्मानमा आधारित सञ्चार र संवादले दुई पक्षबीच विश्वास बढाउन, गलत बुझाइ घटाउन, मतभेदको सही व्यवस्थापन गर्न आपसी हितका सहकार्य प्रबद्र्धन गर्न टेवा पु¥याउने पुष्टि गरेको छ ।
के कुरामा स्पष्ट हुन जरुरी छ भने चीनको विकासको आधारभूत लक्ष्य भनेको चिनियाँ जनताको उत्तम जीवन र सबै मानवजातिको कल्याण सुनिश्चित गर्नु हो । सबैको जीत हुने सहकार्य नै चीनको विकासको महत्वपूर्ण सिद्धान्त र चीनको परराष्ट्र सम्बन्धको सुनौलो नियम हो । संरा अमेरिकाको राजनीतिक प्रणालीमा हस्तक्षेप गर्ने चीनको कुनै मनसाय छैन न त संरा अमेरिकाको प्रभाव र स्थानलाई चुनौती दिने वा विस्थापन गर्ने नै कुनै सोच छ ।
संरा अमेरिकी पक्षले चीनको राजनीतिक प्रणाली र विकासको बाटो, संसारमा उसको प्रभाव अनि उसका प्रमुख नीतिप्रति सही धारणा बनाउनुपर्छ ।
यसैबीच संरा अमेरिकी पक्षले सार्वभौमिकता र सुरक्षाजस्ता चीनका प्रमुख चासोका विषयलाई सम्मान गर्नुपर्छ । ताइवान तथा हङकङ र सिन्जियाङका विषयजस्ता चीनका आन्तरिक मुद्दामा संरा अमेरिकाले हस्तक्षेप बन्द गर्नुपर्छ ।
एन्काररेगमा संरा अमेरिकाले ताइवानको प्रश्नमा एक चीन नीतिप्रतिको समर्थन दोहो¥याएको छ । यसले सारा संसारलाई एउटा सही सङ्केत प्रसारण गरेको छ ।
जे जसो भए पनि चीन–संरा अमेरिकाबीचको सम्बन्धको मूल आन्तर्य भनेको आपसी हित र सबै पक्षको कल्याण हुने परिणाम हो । कसैको पनि हित नहुने शून्य नतिजाको खेल त पक्कै होइन । दुवै देशले आपसी सहकार्यबाट लाभ हासिल गर्छ र द्वन्द्वबाट दुवै देशले गुमाउँछ । द्वन्द्व र तनाव दुवै पक्षले झेल्न सक्दैन ।
चीन र संरा अमेरिकाले एक अर्कालाई आपसमा शङ्का होइन, विश्वास गर्नुपर्छ । आपसमा आरोप प्रत्यारोप होइन समझदारी बनाउनुपर्छ । एक अर्काको तगारो होइन, सहकार्य गर्नुपर्छ ।
बितेका पाँच वर्षमा चीनका वैधानिक अधिकार र चासोप्रति संरा अमेरिकाको जिद्दीपूर्ण दमनको कारण चीन र संरा अमेरिकाबीचको सम्बन्धमा अभूतपूर्व चुनौती आइपरे । यो अवस्था लामो समयसम्म कायम रहनुहुन्न । पछ्याउनुपर्ने एउटा सिद्धान्त भनेको द्वन्द्वहिनता, तनावहिनता, आपसी सम्मान र सबै पक्षबीचको सहकार्य नै हो ।
विश्वव्यापी प्रभावका दुई प्रमुख खेलाडीहरू चीन र संरा अमेरिकाबीच समन्वय र सहकार्य प्रबद्र्धन गर्नु शान्ति र विकासका विश्वव्यापी प्रवाह पछ्याउनु हो । यसले अन्तर्राष्ट्रिय समुदायको अपेक्षा पनि पूरा गर्छ ।
इतिहासका गति उल्टो घुमाएर गुटबन्दी गर्नु, वैचारिक विभाजनको रेखा कोर्नु वा आपसी द्वन्द्व फराकिलो बनाउनुले कसैलाई कहीँ पु¥याउँदैन ।
असल बहुपक्षवाद अघि बढाउन संरा अमेरिकासँग काम गर्न चीन तयार छ । त्यस्तै अन्तर्राष्ट्रिय समुदायको लागि उत्तम गुणस्तरको थप सार्वजनिक वस्तु उपलब्ध गराउन चीन तयार छ ।
अन्तर्राष्ट्रिय समुदायले आज सामना गरिरहेका तीन महत्वपूर्ण पक्षमा दुई देशबीच सहकार्य हुन सक्छः कोभिड–१९ महामारीविरुद्धको लडाइँ, जलवायु परिवर्तनको सामना र विश्वको आर्थिक पुनःस्थापनाको प्रबद्र्धन । त्यस्तै बृहत् स्तरमा सहकार्य विस्तार गर्न प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा संवाद र सहकार्य प्रभावकारी बनाउन पनि दुई देशको सहकार्य पनि आजको आवश्यकता हो ।
दुईपक्षीय वार्ताको क्रममा दुई देशका प्रतिनिधिहरूले २० देशको समूह र एसिया–प्रशान्त आर्थिक सहकार्यजस्ता बहुराष्ट्रिय ढाँचाभित्र रहेर समन्वय र सहकार्यका गतिविधि अघि बढाउने बताए ।
उनीहरूबीच जलवायु परिवर्तन, इरानी आणविक मुद्दा, अफगानिस्तान, कोरिया प्रायःद्विप र म्यानमार आदि विषयमा आपसी दृष्टिकोण आदानप्रदान गरे । साथै यी विषयमा संवाद र सहकार्य कायम र प्रबद्र्धन गर्न सहमति भएको छ ।
सन् १९७० को दसकमा चीन र संरा अमेरिकाका तत्कालीन दूरदर्शी नेताहरूले दुईपक्षीय सम्बन्धको यथास्थिति भत्काउन र दुई पक्ष सहकार्य सुरु गर्न सहकार्य गरे ।
आज चीन–संरा अमेरिकी सम्बन्ध इतिहासकै अत्यन्त गम्भीर बिन्दुमा पुगेको छ । पेइचिङ र वाशिङ्टनको काँधमा फरक राजनीतिक प्रणालीबीच एकआपसमा मिलेर काम गर्ने जिम्मेवारी, क्षमता र विवेक छ । त्यसको निम्ति बृहत् दृष्टिकोण र राजनीतिक हिम्मतको खाँचो छ ।
सारमा एक आपसलाई पछार्नुको सट्टा मिलेर काम गर्नु अनि विभाजनका पर्खालहरू बनाउनुभन्दा विभाजनका पर्खाल भत्काउनु निकै उत्तम कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *