भर्खरै :

कमलविनायक आवास क्षेत्रमा बजार अनुगमन

भक्तपुर, ९ चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार कमलविनायक आवास क्षेत्रमा २५ वटा पसलहरू अनुगमन गरेकोमा ८ वटा दर्ता नभएकोले सोही स्थानमै पसल दर्ता गराएको बुझिएको छ ।
अनुगमनको क्रममा समितिले म्याद नाघेको सामान बरामद गर्नुका साथै दर्ता नभएका पसल दर्ता गर्न निर्देशन दिएको थियो । त्यस्तै पसलहरूलाई साइनबोर्ड राख्न, मूल्यसूची राख्न, प्याकेजिङ सामानमा खाद्य अनुज्ञा पत्र लिई लेवल राखी बिक्री वितरण गर्न, पसल व्यवस्थित र सरसफाइमा ध्यान दिन निर्देशन दिइयो ।
अनुगमनमा सदस्य हरिराम सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेवी व्याञ्जू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक अमिर श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका लक्ष्मीप्रसाद बाटी, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका पोष्टराज पोखरेल, उद्योग वाणिज्य सङ्घ भक्तपुरका विश्वराम दुवालको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *