जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
पेइचिङ, २२ मार्च । चीनको कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले कोरियाली प्रायःद्विपमा राजनीतिक स्थायित्वको लागि तथा त्यहाँ शान्ति र स्थायित्व कायम गर्न प्रजग कोरिया र अन्य सम्बन्धित देशसँग काम गर्न चीन इच्छुक रहेको बताउनुभएको छ । यस्तो प्रयासले क्षेत्रीय शान्ति, स्थायित्व, विकास र समृद्धिमा योगदान गर्ने उहाँले बताउनुभयो ।
कोरियाली मजदुर पार्टीका महासचिव किम जङ उनसँगको मौखिक संवादको क्रममा महासचिव सीले यस्तो अभिव्यक्ति दिनुभएको हो । चीनको राजधानी पेइचिङमा सोमबार चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका सचिव सोङ ताओ र चीनका लागि प्रजग कोरियाका राजदुत रि ¥योङ नामबीच भएको भेटवार्तामा सीको सन्देश प्रवाह गरिएको थियो ।
सन्देश आदानप्रदानमा किमले सीको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताले विश्वव्यापी जनस्वास्थ्य सङ्कटको विरोधमा भएको लडाई र निरपेक्ष गरिबी निवारणमा हासिल गरेका उपलब्धिको उच्च प्रशंसा गर्नुभयो ।
किमले कोरियाली मजदुर पार्टी र कोरियाली जनताले चीनमा समाजवादको विकास अघि बढाउन र सम्बन्ध विकास गर्न दरिलो साथ सहयोग गर्ने बताउनुभयो ।
उहाँले प्रजग कोरियाले संयुक्त प्रयासले चीन र प्रजग कोरियाबीचको सम्बन्ध जनताको इच्छाअनुसार अझ उचाइमा पुग्ने र दुई देशका आधारभूत हित हुने बताउनुभयो ।
किमलाई सीको मौखिक सन्देश प्रवाह गर्ने क्रममा सचिव सोङले कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएकोमा बधाईज्ञापन गर्नुभयो । सीले चीन र प्रजग कोरियाबीचको पुराना मित्रता दुई देश, दुई पार्टी र दुई देशका जनताको लागि अमूल्य निधि भएको बताउनुभयो ।
चीन–प्रजग कोरियाबीचको सम्बन्ध कायम, विस्तार र विकास गर्न नयाँ परिस्थितिमा चीन प्रजग कोरियाको पक्षमा उभिने र दुवै देशका जनताको लागि थप हितको लागि दुई देशका समाजवादी विचारका नयाँ उपलब्धि हासिल गर्न मिहिनेत गर्ने सीले आफ्नो सन्देशमा बताउनुभयो ।
Leave a Reply