चामुण्डा बिन्द्रासैनीमा समाजवाद र साम्यवादको अपरिहार्यताबारे अन्तरक्रिया
- जेष्ठ ३, २०८३
वीरगञ्ज, ९ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसँग भेट गर्नुभयो । भेटको क्रममा दुई नगरपालिकाबीच अनुभव आदानप्रदान भयो ।
भेटमा नगर प्रमुख प्रजापतिले सांस्कृतिक नगर भक्तपुरको विभिन्न पक्षबारे अवगत गराउँदै ऐतिहासिक एवं सांस्कृतिक नगर भक्तपुरमा अवस्थित औद्योगिक क्षेत्र काठमाडौँ उपत्यका बाहिर स्थानान्तरणको निम्ति आवश्यक पहल भइरहेको बताउनुभयो ।
उहाँले नगरपालिकाबाट सञ्चालित कलेजबाट दक्ष जनशक्ति उत्पादन गर्नुका साथै भनपाले कोभिड नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारको मापदण्डअनुरूप सुविधासम्पन्न व्यवस्थित आइसोलेसन सञ्चालन गरेको अनुभव सुनाउनुभयो ।
वीरगञ्ज महानपामा भक्तपुर नपाको टोलीलाई स्वागत गर्दै वीरगञ्ज महानपाका प्रमुख सरावगीले फोहर व्यवस्थापनमा महानपाले निकै चुनौती सामना गरिरहेको बताउँदै महानपाले कुहिने फोहर सङ्कलन गरी महिनाको ६ लाख आम्दानी गरिरहेको बताउनुभयो । उहाँले कोभिड सङ्क्रमणको जोखिम अहिले पनि यथावत भएको बताउँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरूमा कडाइ गर्न जरूरी रहेको बताउनुभयो ।
“वीरगञ्ज महानपामा ५७ प्रतिशत नागरिक स्थानीय रहेको र ४३ प्रतिशत नागरिक अन्य ठाउँहरूबाट बसोबास गर्दै आएको हुँदा नागरिकहरूका सेवा प्रवाहमा विभिन्न प्रकारका चुनौतीहरू सामना गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
प्रमुख सरावगीले वीरगञ्जमा कृषि इन्जिनियरिङ खोल्ने चाहना भएको तर स्वीकृति प्राप्त नहुँदा समस्या भइरहेको बताउनुभयो ।
सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाका प्रकाशनहरू, सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारको फोटो पुस्तिका उपहारस्वरूप प्रदान गर्नुभयो ।
Leave a Reply