बुधबारदेखि अन्तरवडा फुटसल प्रतियोगिता हुने
- जेष्ठ ४, २०८३
अछाम, ११ चैत । सुदूर पश्चिम प्रदेशको अछाम जिल्लास्थित कमलबजार नगरपालिकाको आयोजनामा नेपालको राष्ट्रिय खेल भलिबलको प्रादेशिक रेफ्री तालिम हिजो सम्पन्न भयो । उक्त तालिममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट ५७ जना प्रशिक्षार्थीको सहभागिता थियो ।
तालिमको समापन समारोहमा कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टले भलिबल खेलको विकास गर्न नगरपालिकाले खेलकुद समिति गठन गरी प्रादेशिक रेफ्री कोर्सको आयोजना गरेको उल्लेख गर्दै विभिन्न कमी कमजोरीहरू आत्मसात गरी आगामी कार्यक्रममा सच्याउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले कमलबजार नगरपालिका दुर्गम क्षेत्रको नगरपालिका भएकोले पूर्वाधार विकासलगायत पानीको पनि समस्या रहेको बताउनुभयो ।
कार्यक्रममा प्रादेशिक रेफ्री कोर्सका कोर्स डाइरेक्टर एवं अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले प्रशिक्षार्थीहरूले कोर्सबाट सिकेको कुरा व्यवहारमा उतार्नसके सार्थकता पाउने बताउनुभयो ।
उहाँले नेपालमा खेलकुद क्षेत्रमा भइरहेको पक्षपातले सही र योग्य मान्छे अवसरबाट वञ्चित भइरहेको हुँदा सबैले समान अवसर पाउन समाजवादी व्यवस्था आवश्यक भएको बताउनुभयो ।
कमलबजार नगरपालिका उपप्रमुख भूमिसरा ढकाल बजगाईंको सभापतित्वमा सम्पन्न समापन समारोहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग विष्टले दुर्गम क्षेत्रमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरू लामो समय टिक्न नसकेको बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षार्थी बिर्खबहादुर बोगटीले सिकेको सीप उपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । समापन समारोहमा उत्तीर्ण प्रशिक्षार्थीहरूलाई नगर प्रमुख ओमप्रकाश विष्टले प्रमाणपत्र र ब्याच वितरण गर्नुभएको थियो ।
Leave a Reply