भर्खरै :

चीनद्वारा दश जना युरोपेली र चार संस्थामाथि नाकाबन्दी

पेइचिङ, २४ मार्च (सीआरआई) । चिनियाँ सार्वभौमिकता र फाइदामाथि क्षति पु¥याउने र दुष्ट भावनाका साथ झुटा तथा नक्कली सूचना फैलाएको जस्ता कारण देखाउँदै चीनले मार्च २२ मा दश जना यूरोपेली र चार संस्थामाथि नाकाबन्दी गर्ने निर्णय गरेको छ ।
यी दश जनामा युरोपेली सांसद रेइनहार्ड बाटिकोफर, जेलर, ग्लुक्सम्यान, कुचुक, लेक्सम्यान, होल्यान्डका सांसद शेरज्मा, बेल्जियमका सांसद कोग्राटी, लिथुआनियाली सांसद् साकारेनी, जर्मनी विद्वान एड्रियन जेन्ज र स्विडेनी विद्वान ब्जोर्न जर्डन छन् । चीनको मुख्य भूमि, हङकङ, मकाउमा उनीहरूसमेत सम्बद्ध व्यक्ति र उनीहरूका परिवारलाई प्रवेश निषेध गरिएको छ । उनीहरू र उनीहरूसँग सम्बन्धित उद्यमहरू, संस्थाहरू र चीन बीचको आवातजावतलाई पनि सीमित पारिने छ ।
त्यसमध्ये जर्मन विद्वान एड्रियन जेन्जलाई केही पश्चिमा शक्तिबाट सिनच्याङसम्बन्धी ‘अनुसन्धान प्राधिकरण’ उल्लेख गरिएको छ । तर वास्तवमा उनी सिनच्याङबारे धेरै झूटा कुरा सिर्जना गर्दछन् । उनी अमेरिकी चरम दक्षिणपन्थी सङ्गठन कम्युनिजम् पीडित स्मृति कोषका सदस्य र चीनविरोधी अमेरिकी अनुसन्धान संस्थाका मुख्य सदस्य पनि हुन् ।
केही वर्षयता एड्रियन जेन्जले सामाजिक सञ्जालमा झिनजियाङ्ग ‘सिनच्याङले अल्पसङ्ख्यक जातीय समुदायमाथि जबरजस्ती श्रम’ भन्ने गलत अनुसन्धान नतिजा प्रस्तुत गरेका थिए । उनीहरूको झूटो हल्लाबाट केही देश र उद्यमीले सिनच्याङबाट कपास र कपास उत्पादनको आयात घटाएको वा बन्द गरेका थिए । सिनच्याङमा कपास किसान र प्रशोधन व्यवसायले ठूलो आर्थिक क्षति भोग्नुपरेको छ । गत जुनमा, एड्रियन जेन्जले तथाकथित ‘सिनच्याङमा जन्म नियन्त्रण र अनिवार्य बन्ध्याकरण कार्यक्रम’ शीर्षकको प्रतिवेदन प्रकाशित गरे ।
हाल सनच्याङ युगुर स्वायत्त प्रदेशका केही व्यवसायी र सर्वसाधारणले वकिलद्वारा जर्मनी एड्रियन जेन्जलाई अभियोजन गरेका छन् । एड्रियन जेन्जबाट फैलिएको झूटो हल्लाले उनीहरूको प्रतिष्ठा र आर्थिक फाइदामाथि क्षति पु¥याएको जिकिर गरेका छन् ।
नाकाबन्दी सूचिमा अर्का युरोपेली सांसद रेइनहार्ड बाटिकोफरले पनि धेरैपटक चीनको सिनच्याङ नीतिमाथि निराधार रूपमा आक्रमण गरेर चिनियाँ अधिकारीमाथि नाकाबन्दी लगाउन र चीन–यूरोप चौतर्फीलगानी सन्धि रोक्न उक्साएका छन् ।
चीनले नाकाबन्दी गरेका चार संस्थाले पनि सक्दो प्रयास गरी चीनमाथि हिलो छ्यापेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *